सुरक्षा व्यवस्थापनलाई गम्भीर चुनौती

सम्पादक
वैशाख १७, २०७१

१. पोखराको व्यस्त एवं सुरक्षाकर्मी परिचालन गरिएको हिसाबले सम्भवत सबभन्दा सुरक्षित मानिने न्यूरोडको एक सहकारीबाट दिनदहाडै गोली हानी पैसा लुटिएको छ। अत्याधिक बैङ्कहरू भएको न्यूरोडमा दिनहूँ करोडौँको रुपैयाँको कारोबार हुने गर्दछ। त्यस्तो ठाउँबाट दिउँसै लुटिनु सुरक्षा व्यवस्थालाई गम्भीर चुनौती हो।

२. न्यूरोडस्थित मेगा बचत तथा ऋण सहकारीबाट सभागृह चोकस्थित यति विकास बैङ्कमा लैजान यतिका कर्मचारी भगवान बराल र बैङ्कका गार्ड गोविन्दबहादुर थापा रकम लिएर भर्‍याङ झर्दै गर्दा लेटाराहरूले गार्ड थापालाई आफ्नो नियन्त्रणमा लिएर कर्मचारी बरालमाथि गोली चलाएका थिए। गोली बरालको कन्चटमा लागेको छ र उनी मणिपाल अस्पतालमा गम्भीर अवस्थामा छन्।

३. गार्ड थापाबाट लुटेराहरूले ३१ लाख ४२ हजार लुटेर लगेको बताइएको छ। यी पंक्ति लेखिँदासम्म प्रहरीले लुटेराहरूलाई पक्रन सकेको छैन। यसअघि पनि पोखराको एक पसलबाट दिउँसै लुटपाट भएको थियो। व्यवसायीहरूको सटर फोडेर र उधारेर धेरै थोर नगद र सामान चोर्ने घटना यहाँ धेरै हुने गरेका छन्।

४. पोखराको न्यूरोडको घटनाले सनसनी मच्चाएको छ। मेगा बचत तथा सहकारी संस्था जिल्ला प्रहरी कार्यालय, कास्कीबाट करिब ५०० मिटरको दूरीमा छ। नजिकै महेन्द्रपुल र पृथ्वीचोकमा गस्ती प्रहरी रहेका हुन्छन्। प्रहरी भ्यानहरू छिन-छिनमा गुडिरहेका देखिन्छन्। यस्तो ठाउँबाट दिउँसै लुटिनुलाई सामान्य कुरा भन्न मिल्दैन।

५. उपप्रधान तथा गृहमन्त्री वामदेव गौतम दुर्इ दिन पहिले मात्र पोखरा आउँदा उनले शान्ति सुरक्षाको स्थिति सुधार भएको उद्गार व्यक्त गरेका थिए। त्यस्तै सुधारका कुरा अन्य सम्बन्धित पक्षबाट व्यक्त हुँदै आएको छ। ती सबैलाई गलत सावित गर्दै न्यूरोडमा त्यो घटना भएको  छ।

६. नहुनुपर्ने घटना भयो, त्यसमा कसैलाई दोष दिनु उचित हुँदैन। तर यत्ति त भन्नैपर्ने हुन्छ कि अपराधीहरूलाई छिटो पक्राउ गर्न सक्नुपर्दछ। अपराधीहरू उम्कन नपाउन,् यो सबैको प्रयास हुनुपर्दछ र तत्परता र सजगता भएमा तिनीहरू उम्केर धेरै दिन रहन पाउने छैनन्।

७. पहिले माओवादी युद्धको बेला एक-दुर्इपटक पोखरामा बैङ्क लुट्ने प्रयास भएको थियो। तर त्यसबेला सुरक्षागार्डको सजगता र बहादुरीताको कारण लुटेराहरू पराजित भई भागेका थिए। यस्तोमा सुरक्षा गार्डहरूलाई आवश्यक तालिम प्रशिक्षण दिएर निर्भिक र आत्मविश्वासी बनाएर जस्तोसुकै परिस्थितिमा पनि मुकाविला गर्न सक्ने पार्नुपर्ने आवश्यकता छ। अन्तमा हामी घाइते बरालको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै लुटेराहरूलाई छिटो नियन्त्रणमा लिनुपर्ने कुरामा जोड दिन चाहन्छौँ।

आत्मबल, आत्मविश्वास बढ्नेछ। आफन्तहरू भेटहुने सहयोगको आदन-प्रदान हुनेछ। आदरसत्कारको साथै मिष्ठान्न भोजनको योग छ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width