सिल्दुजुरेको पहिरो र उद्धार कार्य

सम्पादक
वैशाख १४, २०७१

१. कास्की जिल्लाको उत्तरपूर्वमा रहेको सिल्दुजुरे गाविसस्थित उपल्लो मादी जलविद्युत आयोजनाको सुरुङ खन्ने क्रममा शुक्रबार अकस्मात ठूलो पहिरो आई सुरुङ थुनिएपछि ठूलो समस्या आइपर्‍यो। सुरुङको अघिल्लो भाग पहिरोले थुनिएपछि १६ जना कामदारहरु भित्र थुनिन पुगे। ठूलो प्रयास पछि उनीहरु मध्ये १३ जनाको उद्धार गरिएको छ।

२. घण्टौंसम्म उनीहरु सुरुङ भित्र थुनिदा अनेक शंका, उपशंका गरिएको थियो। पहिरो भयानक थियो। त्यहाँ यस अघि भाद्र महिनामा पनि पहिरो गएको थियो र पहिरोमा परि एक जनाको ज्यान गएको थियो। त्यो घटना घटेपछि त्यो सुरुङ खन्ने काम रोकिएको थियो।

३. सुरुङमा त्यसरी थुनिनेहरु अधिकांशत : अक्सिजन र पानीको अभावमा मर्ने भएकाले उद्धार टोलीले हतार-हतार फलामे पाइपबाट सुरुङ भित्र अक्सिजन र पानी पठाउने व्यवस्था मिलाएको थियो। उद्धार टोलीले त्यसरी पाइप भित्र पसाल्न सफल भएपछि भित्रबाट आफूहरु सकुशल भएको सन्देश बाहिर आयो।

४. थुनिएकाहरु जीवितै भएको कुरा थाहा पाएपछि उद्धार टोलीमा उत्साह आयो र छिट्छिटो काम भयो। उद्धार टोलीमा लागेका नेपाली सेना, प्रहरी र स्थानीयवासीहरुको रातदिनको प्रयासबाट राति अबेर पहिरो पन्र्छाई थुनिएकाहरुलाई बाहिर निकाल्न सकिएको हो। उनीहरुको प्रशंसनीय कार्यबाट ठूलो विपत्तिको उद्धार भएको छ।

५. त्यसरी उद्धार गरिएकाहरु मध्ये १२ जना नेपाली र एक चीनियाँ रहेका छन्। यो लेखिदासम्म तीन जना हराइरहेकाहरुको खोजी कार्य जारी छ। १३ जना कामदारहरु ठूलो दुर्घटनाबाट बचेका छन्। तर त्यहाँ काम गर्नेहरुले उनीहरुको सुरक्षा व्यवस्था राम्रो नभएको सिकायत गरेका छन्।

६. अको एउटा के कुरा पनि उल्लेखनीय छ भने सुरुङ निर्माण गर्ने क्रममा ब्लाष्टिङ गर्दा त्यस वरपरको संरचना थर्किएर कमजोर भएको छ। भिरालो जमिनको भित्री संरचना कमजोर भएपछि त्यहाँ फेरिफेरि पनि पहिरो आउन सक्छ। त्यसको साथै त्यहाँ वस्ती पनि नजिकै छ। नजिकै रहेको बस्तीको लागि पनि केही सोच्नुपर्ने आवश्यकता छ।

७. डाँडाकाँडा र त्यसमा पनि सुरुङ खन्ने काम त्यसै पनि खतरा हुन्छ। त्यहाँको त्यो स्थिति हेरेर त्यहाँ काम गर्नेहरुलाई हेल्मेट, बुट र पञ्जा आदिको राम्रो व्यवस्था हुनुपर्दछ। त्यहाँ ती कामहरु स्तरीय नभएको  सिकायत पनि सुनिएको छ। सुरुङ खन्ने काम अझ बँाकी छ। अब त्यहाँ बढी सुरक्षाको व्यवस्था गर्न सजग र सतर्क हुनुपर्दछ। नजिकको बस्तीको विशेष व्यवस्था गरिनु पर्दछ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width