सार्कको तयारी

सम्पादक
मंसिर ९, २०७१

१. दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) र नेपालको विशेष सम्बन्ध छ। सार्कको गठनमा नेपालको सक्रियता उल्लेखनीय छ। नेपालले पहिलेदेखि यो संगठनबाट धेरै आशा-अपेक्षा गरेको छ। त्यसैले यसको प्रत्येक क्रियाकलापमा नेपालको सक्रिय सहभागिता रहेको मात्र होइन कि नेपालकै अनुरोधमा यसको सचिवालय पनि नेपालमा नै स्थापना गरिएको छ।

२. सार्क सम्मेलनलाई नेपालले विशेष किसिमले लिने गर्दछ। यो सम्मेलनको आयोजना गर्न नेपाल सधै उत्साहित हुने गरेको सर्वविदितै छ। यस पटक १८ औँ  सार्क सम्मेलन नेपालमा आयोजना गर्न र त्यसको तयारीमा नेपालले धेरै परिश्रम गरेको छ। जुन कुरा सार्क आयोजना स्थल काठमाडौंको स्थितिले देखाएको छ।

३. काठमाडौंका बाटाघाटा र सार्कसँग सम्बन्धित भवन आदिमा रंगरोगन गरिएका छन्। सार्क मुलुकका राष्ट्रिय झण्डाले बाटो सिंगारिएका छन्। सार्कका राष्ट्रप्रमुख र सरकार प्रमुखहरुका फोटाले बाटाहरु सजाइएका छन्। सरकारले सकेसम्म कही पनि कमी कमजोरी नहोस् भनी प्रयास गरेको प्रष्ट देखिएको छ।

४. ती सबै तयारीका अतिरिक्त, नेपालीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको धार्मिक क्षेत्रको भ्रमणलाई पनि उत्साहपूर्वर्क लिएका थिए। जनकपुर, लुम्बिनी र मुक्तिनाथमा विशेष तयारी गरिएका थिए। तर आÇनो व्यस्तताका कारण उनले धार्मिक क्षेत्रको भ्रमण स्थगित गरे।

५. उनको त्यो प्रस्तावित भ्रमणका सम्बन्धमा जनकपुरमा विवाद नै उत्पन्न भयो। सुरुमा केही नेताहरुले उनले जनकपुरमा गर्ने भनिएको सम्बोधनलाई अनावश्यक ठाने भने स्थानीय जनता भने उनलाई अभिनन्दन गर्न नै तयार भए। त्यस सम्बन्धमा नेताहरुबीच विवाद पनि उत्पन्न भयो। कतिपयले त्यसलाई कमजोर कुटनीतिको परिणाम पनि भने।

६. सार्क सम्मेलन स्थल राष्ट्रिय सभागृह पूर्णरुपले सजाइएको छ। त्यहाँ सीट आदि पनि नयाँ जडान गरिएको छ। रातोदिन काम गरेर सभागृह सिंगारिएको छ। सरकारले यसलाई नेपालको प्रतिष्ठा सम्झेर जे-जसरी काम गरी तयारी पूरा गरेको छ, त्यसलाई उल्लेखनीय मान्नुपर्दछ।

७. भौतिक तयारी मात्र गरिएको होइन, नेपालीहरु आÇना पाहुनालाई स्वागत गर्न पनि तयार भएका छन्। स्वागत-सरकारमा कुनै कमी नहोस् भन्ने सबको कामना र चाहना छ। “अतिथि देवो भव” भन्ने उक्तिलाई स्मरण गरेर सम्पूण्ा नेपालीहरु स्वागत अभियानमा जुटेको कुरा उल्लेख गर्न पाउँदा हामीलाई विशेष खुशी लागेको छ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width