सडकबाट समाधान खोज्ने प्रवृत्ति

सम्पादक
चैत्र १६, २०७९

अहिले हाम्रो देशमा जनताले बनाएको संविधान छ । संविधानअनुसार निर्वाचित जनप्रतिनिधि र जनप्रतिनिधिहरूले छानेको सरकार छ । ती सबै भएर पनि किन हो जनता असन्तुष्ट छन् । त्यो असन्तोषको स्वर बराबर सडकमा पोखिने गरेको छ । एक जमना थियो, मानिसहरू पञ्चायतको विरोधमा सडकमा उत्रेका थिए । त्यसपछि फेरि निरंकुश राजतन्त्रको विरोधमा जनताले सडकमा नाराजुलुस गरेका थिए । अब त्यो स्थिति रहेन । तैपनि जनता अझै सडकमा देखिने गरेका छन् । नाराजुलुस गर्ने गरेका छन् । एक दिनको नारा जुलुस र बन्द हड्तालले के कति नोक्सान हुन्छ भन्ने कुरा थाहा नै नपाए झैं गरी मानिसहरू सडक तताइरहेका छन् । सरकारमा बस्नेहरूले पनि सडकमा उग्र विरोध नगरेसम्म त्यस विषयमा वास्तै नगरी बसिरहन्छन् । हिजो पनि मानिसहरू सडकमा नै समाधान खोज्थे भने आज पनि त्यो प्रवृत्ति हराएको छैन । बरु थप मौलाउँदै गएको छ । त्यसो भएकाले नयाँपन नै के देखियो र खै भन्नुपर्ने अवस्था छ ।

उद्योगी व्यापारीहरू बैंकको ब्याजदर घटाऊ भनेर सडकमा उत्रे । लघुवित्तबाट पीडितहरू पनि सडकमा उत्रे । अहिले मिटरब्याजबाट पीडितहरू काठमाडौंको सडकमा सुतिरहेका छन् । उता कोशी प्रदेशमा नाम कोशी राखेको र त्यसबाट आफ्नो पहिचान सम्बोधन नभएको भनी उग्ररुपले नाराजुलुस गरिरहेका छन् । त्यहाँ प्रहरीले लाठी चार्ज र हवाइ फायरसमेत गरेको छ । एक जना आन्दोलनकारीको मृत्युसमेत भएको छ । त्यत्तिमात्र होइन, कहिले किसानहरूले आफ्नो उत्पादनले बजार नपाएकोमा गोलभेंडा, काउली आदि सडकमा फाल्ने गरेको छन् । कहिले दूध उत्पादन गर्ने किसानले सडकमा दूध पोखेर विरोध जनाउने गरेका छन् । हामीले विरोध जनाउने नाममा आफैंलाई नोक्सान हुने काम गरिरहेका छौं ।

देशमा तीनै तहमा जनताको सरकार छ । जनताको सरकारले जनताको दूध, पीडा, बुझ्नुपर्ने हो, शोषण, अन्याय, अत्याचार कहाँ कसरी भइरहेको छन्, वास्तविकता पहिचान गरी त्यसको उपचार समयमै गर्नुपर्ने हो । तर कुनै सरकारले त्यसो गरेको पाइँदैन । सरकारमा पुग्नासाथ जनप्रतिनिधिको हैसियत फेरिने अचम्मको रोग हामी कहाँ छौं । देशको विकास निर्माण र समृद्धिका लागि यो प्रवृत्ति हानिकारक छ । मानिसले विकल्प देख्दादेख्दै आत्महत्या गरेका छैनन् । सहिनसक्नु भएपछि, उपाय केही नभएपछि र भविष्य अन्धकारै अन्धकार देखिएपछि निराश भएर आखिरीमा आत्मघाती बाटो अवलम्बन गर्ने गरेका छन् । स्थिति गम्भीर छ । त्यसकारण सडकमा नै समाधान खोज्ने परम्परा तोडेर केही नयाँ विचार र नयाँ उपाय अपनाएर राष्ट्र, समाज र सर्वसाधारण कसैलाई पनि हानि नोक्सानी नहुने मार्ग अवलम्बन गरेर ठाउँको ठाउँ समस्या समाधान गर्ने उपाय अपनाउनु आवश्यक देखिन्छ ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width