सगरमाथा आरोहणलाई निरन्तरता दिने

सम्पादक
वैशाख १२, २०७१

१. केही दिनदेखि अन्यौल र अनिश्चित भएको सगरमाथा आरोहणलाई सरकाले निरन्तरता दिने भएको छ। सरकारले सगरमाथा आरोहणको काम एक वर्ष रोकिराख्दा त्यसले विश्वमा नराम्रो सन्देश जाने भएकाले आरोहणको कामलाई निरन्तरता दिने विचार गरेको हो। तर त्यो काम कहिले सुरु हुन्छ, त्यो भने निश्चय भएको छैन।

२. गत साता सगरमाथामा अकस्मात ठूलो हिम पहिरो गई त्यसबाट १३ जना सहयोगी शेर्पाको अकल्पनीय मृत्यु भएपछि सगरमाथा वेश क्याम्प वरपरका सबै शेर्पा भेला भई यस वर्ष कालो वर्ष मनाउने निर्णय गरी सगरमाथा आरोहणको काम यस वर्ष रोक्ने निर्णय गरेका थिए।

३. शेर्पाहरूको त्यो निर्णयले सगरमाथा आरोहणका  विधिवत रूपमा इजाजत पाएका पर्वतारोहण टोलीहरू अन्यौलमा परेका छन्। उनीहरू न पर्वतारोहण कार्य परित्याग गरी र्फकन सकछन्, न कि सहयोगी शेर्पाबिना आरोहण जान नै सक्छन्। उनीहरूमध्ये कोही सगरमाथा आरोहणको मार्गमा छन् भने कोही त्यतातिर जाने तरखरमा छन्।

४. शेर्पाहरूको त्यस निर्णयले सरकार पनि असामञ्जस्यान परेको छ। सरकारले ती पर्वतारोहण टोलीबाट मोटो रकम सलामी लिएर उनीहरूलाई इजाजत दिएको हो। सरकारमा बस्ने केहीले पर्वतारोहण टोलीको इजाजत अर्को वर्षका लागि सार्ने विचार पनि गरेका छन्। तर सबै पर्वतारोहण टोली अर्को वर्ष सार्न मान्छन् कि मान्दैनन्। त्यो पनि ठूलो प्रश्न छ।

५. ती सबै अन्यौल र अनिश्चयलाई चिर्दै सरकारले सगरमाथा आरोहण रोकिँदैन भन्न थालेको छ। खास गरेर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भीम आचार्य सगरमाथा आरोहणलाई निरन्तरता दिने पक्षमा छन्। उनले आरोहण नगर्ने भन्ने हल्ला सत्य नभएको काठमाडौंमा आयोजित एक कार्यक्रममा भनेका छन्।

६. सरकारले यसैबीच सहयोगी शेर्पाहरूलाई दिइने बीमा रकम दशलाखबाट बढाएर प्रतिव्यक्ति १५ लाख पुर्‍याएको छ। साथै सरकारले अन्य सुविधा पनि बढाएको छ। त्यसको साथै त्यसले हिम पहिरो राहत कोषको व्यवस्था पनि गर्ने भएको छ। हिम पहिरोमा परी मृत्यु भएकाहरूको उचित सम्मान पनि गर्ने भएको छ।

७. पर्वतारोहण कार्यलाई निरन्तरता दिने सरकारको कदम सकारात्मक हुन सक्दछ। तर त्यसको लागि त्यससँग सम्बन्धित पर्वतारोहण टोली, सहयोगी शेर्पा लगायत सबैको र विश्वास प्राप्त गर्न सक्नुपर्दछ। शेर्पालाई एकातिर राखेर आरोहणको काम सुरु गराउनुहुँदैन। आरोहण गर्ने काम टीम स्पिरिटको काम हो। आत्मविश्वासको काम हो। इच्छाशक्तिको काम हो। यस्तो बेलामा सरकार आफू एक्लैले निर्णय गरेर अघि बढ्नुहुँदैन। सबै पक्षलाई विश्वासमा लिनुपर्दछ र सबैको सहयोग उपलब्ध गराउनुपर्दछ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width