संविधान माघ ८ मा आउनु पर्दछ

सम्पादक
पौष १, २०७१

१. माघ ८ गते संविधान बन्छ भनी पहिलेदेखि जनतालाई आश्वस्त पार्दै आएका नेताहरुले अहिले कुरा फेर्न थालेका छन्। उनीहरुमध्ये केहीले माघ ८ गते संविधान घोषणा हुन सक्दैन भन्न थालेका छन् भने केहीले माघ ८ गते घोषणा गर्न समय पुगेन भन्न थालेका छन्। प्रधानमन्त्री सुशील कोइरालालगायत कसैले पनि अब माघ ८ भन्ने उच्चारण गरेका छैनन्।

२. पार्टीरुका बीच संविधानको अन्तरवस्तुमा कुरा मिल्न नसकेको भन्ने उनीहरुको एकमात्र भनाई रहेको छ। उनीहरुले यो कुरा हिजो पनि भन्दै आएका थिए भने आज पनि भन्दैछन्। त्यसो भए यो एक वर्षमा संविधान निर्माण सम्बन्धमा उनीहरुले के काम गरे, त्यो सबैले सोध्ने प्रश्न भएको छ।

३. यो एक वर्षमा उनीहरुले धेरै बैठक गरे। संविधान राजनीतिक संवाद तथा सहमतिमा पनि उनीहरुले खुब बुद्धि खियाएको बताए। संवाद समितिका सभापति डा. बाबुराम भट्टराईले त झन् सबभन्दा बौद्धिक अभ्यास गरेको हुनुपर्ने हो। तर त्यो समितिले अधुरो प्रतिवेदन संविधान सभामा पठाएर संविधान सभालाई नै अप्ठ्यारो स्थितिमा पुर्‍याएको छ।

४. पार्टीरुले आफ्नो अडान भनेर जे जति कुरा भन्दैछन्, त्यो देश जनताका बृहत्तर हितको अगाडि केही होइनन्। सङ्घीय राज्य दश हुनुमा र सात हुनुमा खास अन्तर छैन।  शासकीय स्वरुपमा पनि त्यत्ति धेरै अन्तर छैन। मुख्य कुरा देशलाई हाक्ने नेताहरुको नियत हो। कुशलता हो, विभिन्न देशले विभिन्न किसिमले विकास गरिरहेको हामीले देखिरहेका छौँ।

५. नेताहरुले पार्टीभन्दा ठूलो देश हो भन्ने सम्झनु पर्दछ, देश लामो समयदेखि अन्तरिम कालबाट गुज्रिरहेको छ। विकास र निर्माण ठप्प छ। अरु देशको उन्नती र प्रगति कहाँ पुगिसक्यो। हामी कहाँ छौँ। यत्ति कुरा मात्र सम्झन सक्यो भने नेताहरुले अडान भनेर भन्ने अवस्था रहदैन।

६. पार्टीरुको अडानमा वास्तविकता छैन। खास भेद छैन। अतिकति तलमाथिको कुरामा अमूल्य समय नष्ट गर्नु बुद्धिमानी हुँदैन। फेरि आज चित्त नबुझेको कुरा छ भने र जनताले पनि त्यसलाई मन पराएनन् भने भोलि संविधान संशोधन गरेर त्यसलाई हटाउन सकिन्छ, आवश्यक कुरा राख्न राख्ने सकिन्छ।

७. नेताहरुले संविधान संशोधन गर्न सकिन्छ भन्ने भावना मनमा राख्नु पर्‍यो। आज सहमतिमा पुग्न नसकेको कुरा भोलि पुग्न सकिन्छ भन्ने कुरालाई मनमा राखी अघि बढ्नु पर्दछ। तर जसरी भए पनि संविधान माघ ८ गते घोषणा गर्नु पर्दछ। त्यसैमा सबैको भलो छ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width