शहीदप्रति श्रद्धाञ्जली

सम्पादक
माघ १६, २०७३

१. आज शहीद सप्ताहको अन्तिम दिन शहीद दिवस हो। राष्ट्रको इतिहासमा शहीद दिवसको ठूलो महत्व हुन्छ र शहीद दिवस भव्यताका साथ मनाउने गरिन्छ। आजको दिनमा देश र समाजको कार्यमा लागेकाहरूले शहीदको बलिदानीबाट प्रेरणा प्राप्त गर्दछन् र आफूले पनि त्यसैगरी उनीहरूले गरेझंै निस्वार्थपूर्वक काम गर्ने प्रतिवद्धता जनाउने गर्दछन्।

२. नेपालको इतिहासमा जहानियाँ राणा शासनको विरुद्धमा आवाज उठाउने र राणाहरूको एकतन्त्रीय शासन अन्त गरी प्रजातन्त्र ल्याउने प्रण गरेर आन्दोलन गर्ने नेताहरूले सहादत प्राप्त गरेको स्मरणमा शहीद सप्ताह र शशहीद दिवस मनाउने गरिएको छ। शहीद सप्ताहको आखिरी दिन आज माघ १६ गते शहीद दिवस हो।

३. राणाहरूले १९९७ साल माघ ९ गतेको दिन पहिलो पटक आर्य समाजका गतिविधिमा लागेका शुक्रराज शास्त्रीलाई काठमाण्डौमा झुण्ड्याएका थिए। माघ ११ गते धर्मभक्त माथेमालाई सिफलमा झुण्ड्याएका थिए भने दशरथ चन्द र गंगालाललाई गोलीको शिकार बनाएका थिए। राणा शासकले उनीहरूलाई माफी माग्न पटक-पटक भनेता पनि उनीहरूले माफी मागेनन्। उनीहरूले छाती थापेर आफूलाई मार्न भनेका थिए। उनीहरूको निडरता र पराक्रमलाई नेपालीले सधै शिर निहुर्‍याएर वन्दना गर्नु पर्दछ।

४. त्यस बेला राणा शासनकाृ विरुद्धमा संगठन गर्ने टंकप्रसाद आचार्य, गणेशमान सिंह, रामहरि शर्मा, चूडाप्रसाद शर्मालगायतलाई आजीवन कैद र अंश सर्वस्वको फैसला गरिएको थियो। प्रजातन्त्रका लागि उनीहरूको योगदान पनि नेपालको राजनीतिक इतिहासमा स्वर्णक्षरले लेखिएको छ। संगठन कर्ताका रुपमा उनीहरूले गरेको प्रयास अविस्मरणीय छ।

५. शहीदलाई हामीले जे-जसरी सम्झनु पर्दथ्यो, त्यसरी सम्झेको छनौँ भन्ने कुरा धेरै पटक उठेको छ। पञ्चायत कालमा प्रजातन्त्रको ‘प’ उच्चारण गर्दा पनि शंकाको दृष्टिले हेरिन्थ्यो। त्यस बेला शहीद दिवस मान्ने कुरै भएन। त्यसपछि शहीदको संख्या निरन्तर बढ्दै गयो। पार्टीपार्टीे आ-आÇनै किसिमले शहीद बनाउन थालेपछि शहीदको अवमूल्यन भयो। १० लाख पाउन पनि शहीद घोषणा गराउने प्रचलन बढ्यो।

६. वास्तवमा १९९७ साल, २००७ साल, २०१७ सालपछि, २०४६ र २०६२/०६३ सालको आन्दोलनमा धेरैले सहादत प्राप्त गरे। उनीहरूले पुनित उद्देश्य राखी देश र समाजका लागि ज्यान अपेका हुन्। तर केही स्वार्थ तत्वले तथा नाम शहीद घोषणा गरिदिँदा त्यसको अवमूल्यन भएको देखिएका हो। अन्यथा उनीहरूको बलिदानको उच्च मूल्याङ्कन गर्नु पर्दछ।

७. शहीद दिवसको उपलक्ष्यमा सरकारले बिदा दिएर आÇनो जिम्मेवारी पूरा भएको सम्झेको छ। शहीद दिवस काठमाण्डौ महानगरपालिकाले मनाउने गर्दछ। अरुले कहिलेकाँही मनाउने त गर्दछन् तर त्यसमा निरन्तरता छैन। हाम्रा राजनीतिक पार्टीर नेताहरूले पनि यसमा विशेष वास्ता गरेका छैनन्। आज हामीले जुन स्वतन्त्रता र समानताको उपयोग गर्न पाएका छांै, त्यो शहीदको उर्त्र्सगकै प्रतिफल हो भन्ने कुरा नेताहरूले बिर्से जस्तै भएको छ। यीनै पंक्तिका साथ हामी देश र देशवासीको स्वणिर्म् भविष्यका लागि सहादत प्राप्त गरेका सम्पूर्ण शहीदको बलिदानको उच्च मूल्याङ्कन गरी उनीहरूप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछौँ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width