विदेशी सहयोगको चलखेल

सम्पादक
वैशाख १६, २०७१

१. अहिले देशमा अर्थ र आर्थिक विकासका कुरा चलिरहेको छ। विदेशी सहयोगको पनि चर्चा चलेको छ। विदेशी सहयोग कसले लिन पाउने कसले नपाउने भन्ने कुरा पनि निस्केको छ। यो विषय यसरी निस्केको छ कि मानौँ अब देशमा राजनीतिक समस्या समाधान भयो र अब देववासीको सम्पूर्ण ध्यान अर्थ र आर्थिक विषयमा केन्द्रीत गर्नु परेको छ।

२. प्रधानमन्त्री सुशील कोइरालाले पनि अब ८/१० वर्षमा नेपालले काँचुली फेर्ने बताउनु भएको छ। अर्का मन्त्री डा.रामशरण महत आर्थिक वृद्धि गर्ने बजेट तर्जुमा गर्ने काममा लागेका छन्। उनी जेठ महिना भित्रै बजेट पेश गर्ने प्रयासमा छन् त्यस्तो प्रयास यसअघि पनि नभएका होइनन्, तर सकेनन्।

३. कानून तथा न्यायमन्त्री नरहरि आचार्यले सवोर्च्च अदालतले सिधै विदेशी सहयोग लिन खोजेकोमा असन्तोष जाहेर गरेका छन्। मन्त्री आचार्यले सवोर्च्च अदालतलाई आवश्यक रकम सरकारले उपलब्ध गराउने आश्वासन दिएका छन्। सिधै त्यसरी विदेशी सहयोग लिनमा अब कर्डाई गर्न लागेको आभास भएको छ।

४. सञ्चार क्षेत्रमा शान्ति कायम राख्ने उद्देश्यले विदेशी सहयोग आउने गरेको रहस्योद्घाटन पनि भएको छ। त्यसलाई पनि गम्भीर विषय ठहर्‍याइएको छ। त्यसरी विदेशी सहयोग लिनु वैध र अवैध भन्ने प्रश्न पनि उत्पन्न भएको छ। फेरि त्यसरी सहयोग आउने गरेको सरकारलाई थाहा नभएको पनि होइन।

५. धर्म र एनजीओको नाममा डलर भित्रिने गरेको सबैले थाहा पाएको कुरा हो। धर्म प्रचारको नाममा आएको रकम केही नेताहरूको भागमा पनि जाने गरेको चर्चा पनि सर्वत्र छ। धर्म निरपेक्ष घोषणा गर्ने बेलामा केही नेताहरूले ठूलो रकम कुम्लाएका हल्लाले बजार गरम भएको थियो।

६. समाज सेवाको नाममा एनजिओहरूले डलर भित्र्याउने गरेका छन्। ठूला एनजिओहरूले नेताहरूलाई विभिन्न कार्यक्रमहरूमा भाग लिन विदेश लैजाने गरेको पनि सर्वविदितै कुरा हो। यो सबै बुझदा विदेशी सहयोगको स्वाद नचाख्ने को होला भन्ने प्रश्न अघि सर्छ। त्यो अति भयो भन्ने पनि छन्।

७. राजनीतिक क्षेत्रमा पनि विदेशी सहयोग आउने गरेको छ। एउटा काम विशेषका लागि भनेर एक जना नेताले विदेशी मान्छेसँग पचास करोड रकम मागेको पनि एकताका चर्चित भएको थियो। अब कम्युनिष्ट पार्टीकाई सखाप पार्न पनि बाहिरबाट रकम आएको बताइएको छ। यी सबै हेर्दा विदेशबाटै ज्यादै ठूलो धनराशी आउने गरेको बुझिन्छ। त्यसलाई रोक्नु एक समस्या हो। तर ढिलो चाडो त्यो समस्याको समाधान भने हामीले गर्नुपर्दछ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width