राष्ट्रिय विपत्तिको घडीमा राजनीति

सम्पादक
वैशाख २९, २०७२

१. राष्ट्रिय विपत्तिको यस्तो बेलामा राजनीति गर्नु हुँदैन भन्दा-भन्दै पनि राजनीति हुन थालेको छ। संसदमा राष्ट्रिय सरकारको आवश्यकताको चर्चा हुनासाथ राजनीति प्राणीहरू आ-आफ्नै किसिमले सलबलाउन थालेका छन्। केहीले समूहगत मन्त्रणा गर्न थालेका छन् भने कतिपयले गोटी चाल्ने बेला यही हो भनी केही प्रयोग गर्न थालेका छन्।

२. यस्तो बेलामा सशक्त र सक्षम सरकारको आवश्यकता हुन्छ, यो सबैले भन्ने कुरा हो। यो सरकारको काम कारवाहीका सम्बन्धमा प्रधानमन्त्री सुशील कोइरालाको पार्टीनेपाली काङ्ग्रेसले नै आलोचना गरेको समाचार बाहिर आएको छ। नेपाली काङ्ग्रेसमा एक पक्ष प्रधानमन्त्री फेर्न पाए आफ्नो पालो आउँछ भन्नेमा छ।

३. संविधान बनाउनका लागि प्रधानमन्त्री बताइएका कोइराला संविधान नबनेसम्म प्रधानमन्त्रीको आसनमा बसिरहने सोचमा देखिन्छ। संविधान कहिले बन्छ, निश्चित छैन। प्रधानमन्त्ती कोइराला अनिश्चित भाविष्यसम्म त्यो पदमा बसिरहून भन्ने एमालेका शीष्ा नेताहरू चाहँदैनन्। अकोर्तिर प्रधानमन्त्री कोइरालाको काम गर्ने शैलीबाट एमाले नेताहरू वाक्कदिक्क भएका छन्। सरकारको नेतृत्व छिटो फेर्र्नुमा उनीहरूले आफ्नो भविष्य देखेका छन्।

४. उता, एकीकृत माओवादी पार्टीसत्तादेखि बाहिर प्रतिपक्षमा रहँदा-रहँदै वाक्क भएर छटपटाइरहेको छ। उनीहरू अहिले पानी विनाको माछाझैं भएका छन्। राष्ट्रिय सरकारको स्वर चर्किदै गयो भने आफू पनि सत्ताको साझेदार हुने मौका पाउने उनीहरूको आशा छ। यस किसिमले सबैले आ-आफ्नै विश्लेषण र भनाइ सार्वजनिक गरिरहेका छन्।

५. हिजोभन्दा आज राष्ट्रिय सरकरको महत्व र औचित्यबारे नेताहरूले ठूल्ठूला स्वरमा बोल्न थालेका छन्। उनीहरू राष्ट्रिय सरकार गठन भएमा संविधान छिट्टै बन्ने कुरा पनि बताउन थालेका छन्। उनीहरूको त्यस भनाइबाट राष्ट्रिय सरकार किन गठन नगर्ने भन्ने प्रश्न अब सबैका सामु आएको छ।

६. राष्ट्रिय विपत्तिको घडीमा राजनीति गर्न हुँदैन भन्दा-भन्दै राजनीतिले जोड पक्रेको छ। यो चर्चा कहाँसम्म पुग्छ र कसरी टुङगिन्छ, त्यो निश्चय छैन। तर आगामी केही दिन यो विषय चर्चाको शिखरमा पुग्छ। यो अनुमान गर्न सकिन्छ किनभने यो नेताहरूले आशा गरेको कुरा हो।

७. राष्ट्रिय सरकारको चर्चाले भूकम्प पीडितहरूको उद्वार, राहत सड्ढलन र वितरणमा प्रभाव नपरोस्, यो सबैले भन्ने कुरा हो। त्यसका साथै राष्ट्रिय सरकार गठन नभएमा त्यसले नेताहरूबीच वैमनस्यता नल्याओस् र संविधान लेखन कार्य अरु दुरुह र जटिल नहोस्। नेताहरूले हामीले भनेको भएन क्यारे भन्दै असहयोग र विरोध गर्ने काम गनरून्।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width