राष्ट्रघाती काम नगर

सम्पादक
माघ १३, २०७३

१. केपी ओलीले राष्ट्रियताको मामिलामा भारतसँग अडान लिएकै कारण ओली सरकारको पतन भएको हो र भारतको स्वार्थका लागि माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा अको सरकार गठन भएको भन्ने व्यापक छ। त्यो चर्चा चलिरहेका बेला भारतले नेपालबाट के स्वार्थपूर्र्ति गर्न खोजेको छ भन्ने धेरैले नियालिरहेका छन्।

२. प्रधानमन्त्री दाहाल प्रखर वक्ता, चतुर नेता र राष्ट्र एवम् राष्ट्रियताको भावनाले भरिएको नेताका रुपमा आफूलाई देखाउन कहिल्यै पनि पछि पर्दैनन्। त्यसमा पनि उनको पार्टी माओवादी केन्द्र भारतलाई विस्तारवादी भन्दै सधैं आलोचना गर्दै आएको पार्टी हो। यस्तो अवस्थाको सरकार राष्ट्र र राष्ट्रियताको सवालमा चिप्लिन सक्दैन भन्ने धेरैको अनुमान छ।

३. तर यसैबीच भारतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय हवाई सुरक्षा बल र एयर मार्शललाई बस्न दिन स्वीकृति मार्गको कुराबाहिर आएको छ। यो विषय ८/१० वर्ष पहिलेदेखि उठ्दै आएको छ। सरकार परिवर्तन हुनासाथ भारतले यो प्रस्ताव राख्दै आएको छ। नेपालले राष्ट्र र राष्ट्रियताको विषय मानेर त्यसलाई त्यो स्वीकृति दिने कामलाई पन्छ्ाउँदै आएको छ।

४. पहिले माओवादीको नेतृत्वको सरकारमा हिसिला यमी पर्यटनमन्त्री हुँदा पनि भारतले त्यो प्रस्तावअघि सारेको थियो। त्यति बेला माओवादी पार्टीकै निर्णयमा त्यो प्रस्तावलाई पन्छाइएको थियो तर अहिलेको सरकारले भारतको त्यो प्रस्तावलाई स्वीकृति दियो भन्ने कुरा बाहिर आएको छ। त्यो कुरा बाहिर आउनासाथ हल्लीखल्ली मच्चिएको छ।

५. एक सातादेखि यो हल्ला मच्चिएको छ। विरोधी पार्टी रूले यसको विरोधमा बोलिरहेका छन्। संसदमा पनि यसको सत्य-सत्य के हो भनी प्रश्न उठाइएको छ। तर सरकार, सरकारमा रहे बसेका पार्टी र तिनीहरूका नेताहरूले यस विषयमा स्पष्ट पारेका छैनन्। सरकार मौन बसेकाले त्यस सम्बन्धमा अन्य आशंका उत्पन्न भएको छ।

६. भारतका नेताहरूदेखि शन्त, महन्तसमेत बाहिर नेपाल र नेपालीप्रति खूब उदारता देखाएको जस्तो गर्दछन्।, उनीहरूको त्यही “उदार” बोलीमा मख्ख परेर हामी कोही धर्मको नाममा, कोही राजनीतिक सत्ता स्वार्थको नाममा उतातिर झुकाव राख्छौं। तर उनीहरुले हामीबाट के-कसरी फाइदा उठाउँदछन्, त्यसको ख्यालै गर्दैनौं। त्यसो भएर हामी ठगिँदै आएका छौं।

७. तर अब नेपाली जनताले धेरै कुरा बुझिसकेका छन्। भारतबाट पटक-पटक नाकाबन्दीको मार पनि खाइसकेका छन्। उसको एउटा स्वार्थपूर्र्ति भएन भने उसले हामीविरुद्ध के-कस्तो सम्म गर्न सक्छ भन्ने पनि देखिसकिएको छ। अब नेपाली जनता सजग र सतर्क हुनुपर्दछ। सरकार पनि चनाखो हुनुपर्दछ। राष्ट्रघाती काम गर्नु हुँदैन। इतिहासलाई कलंकित गर्ने काम कसैले गर्नु हुँदैन।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width