१. प्रदेश नम्बर ५ ले सन् २०१९ लाई लुम्बिनी भ्रमण वर्षको रुपमा मनाइरहेको छ। लुम्बिनी भ्रमण वर्ष घोषणा गरेदेखि त्यस प्रदेशमा एउटा उत्साहपूर्ण वातावरण आएको छ। लुम्बिनी क्षेत्र वरपरका नगरपालिका र गाउँपालिकाहरुले आफ्नो क्षेत्रमा के कसरी बौद्ध वातावरण ल्याउन सकिन्छ भनेर सोच्दै त्यस अनुसार काम गर्दैछन्।
२. सिद्धार्थ नगरले आफ्नो नगरका घरहरुमा बौद्ध झण्डा राख्ने निर्णय गरी एउटा वातावरण बनाएको छ। त्यहाँका घरहरुको अगाडि पहिलो रंगले रंगाउने पनि गरेको छ। त्यसले गर्दा त्यहाँ जाने जो कोहीले पनि आफू भगवान बुद्धको पवित्र जन्मस्थलको प्रदेशद्वारमा आएको अनुभूति गर्न सक्छन्।
३. लुम्बिनी संस्कृति नगरपालिकाले आफ्नो क्षेत्रमा पञ्चशीलको पालना गराउने अठोट गरेको छ। त्यो अठोट पालना गर्न/गराउन शुरुमा कठिन भए पनि अहिले यसले राम्रो परिणाम दिन थालेको बताइएको छ। त्यस नगरपालिकाका मेयर मनमोहन चौधरी स्पेनको म्याड्रिड शहरमा जाँदा म्याड्रिड पार्कमा बुद्धको मूर्ति राख्ने सम्झौता गरेको समाचार सार्वजनिक भएको छ।
४. त्यसरी लुम्बिनी क्षेत्र वरपरका नगरपालिका र गाउँपालिकाहरुले आफ्नो ठाउँमा केही न केही गर्दैछन्। त्यसरी बौद्धमय वातावरण बनाउने क्रममा तिलोत्तमा नगरपालिकाले आफ्नो क्षेत्रको ६ लेनको सडकमा २२ ओटा बुद्धमूर्तिहरु निर्माण गरेका छन्। ती मूर्तिहरुले एकातिर नगरपालिकाको शोभा बढाएकाछन् भने अर्कोतिर लुम्बिनी भ्रमण वर्ष प्रवद्र्धन गर्ने काममा सघाउ पुर्याएका छन्।
५. त्यहाँ त्यसरी बनेको वातावरण कसै कसैलाई सह्य भएनछ। त्यस्ता असहिष्णुहरुले के कसरी विघ्नबाधा तेस्र्याउने भन्दै त्यहाँ निर्मित २२ ओटा मूर्तिहरु मध्ये मध्यरातमा ५ ओटा मूर्तिहरु निर्ममतापूर्वक तोडफोड गरे। बुद्धको जन्म भूमिमा बुद्धको मूर्ति तोडफोड गर्नु असामयिक, अधार्मिक र आततायी कार्य हो, त्यो कायरता हो।
६. मध्यरातमा त्यसरी तोडफोड गर्नु अपराध हो। त्यसरी तोडफोड गरिएको ठाउँमा नगरपालिकाले फेरि अर्को मूर्ति स्थापना गनेर्छ। यसमा शंका छैन। तर मूर्ति तोडफोड गरेको पापको आगोले तोडफोड गर्ने गिरोह जहाँ जस्तो अवस्थामा भए पनि सुख, शान्ति र चैनसाथ बस्न सक्नेछैन। पाप धुरीबाट कराउँछ, यो निश्चय हो र त्यहाँ देखिने छ।
७. त्यस आपराधिक कार्यको बौद्ध संघसंस्थाहरुले घोर भत्र्सना र निन्दा गरिरहेका छन्। अन्य धार्मिक संस्थाहरुले त्यसको विरोध गरेका छन्। कुनै संस्थाले दुःख गरेका छन्। सरोकारवाला सबैले अपराधको छिटो पहिचान गरी त्यसलाई कारबाही गर्नु पर्ने जनाएका छन्। लुम्बिनी भ्रमण वर्ष मनाउने क्रममा बुद्धका मूर्तिहरु तोडफोड गर्नु धर्मको मात्र नभई विकासको विरोध गर्नु पनि हो। त्यस्तालाई कानूनको कठधारामा ल्याउनु आवश्यक छ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
भलिबलमा अटल हिमाल
वैशाख २३, २०८१गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
वैशाख २३, २०८१गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
वैशाख २३, २०८१मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
वैशाख २३, २०८१