बुद्धको शिक्षा र सिद्धान्तको अनुशीलन आवश्यक

सम्पादक
वैशाख २१, २०७२

१. आज वैशाख पूणिर्मा। शाक्यमुनि बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण भएको दिन। तीन संयोग भएकोले यस दिनको विशेष महत्त्व छ। विश्वभरि आज उनको जीवन, उनले प्रतिपादन गरेको धर्म र समाजमा शान्ति स्थापना गर्न उनले पुर्‍याएको योगदानको चर्चा परिचर्चा गरी उनको जयन्ती मनाउने गरिन्छ।

२. शाक्यमुनि बुद्धले पञ्चशीलको शिक्षा दिए, शील, समाधि र प्रज्ञाले युक्त आर्य अष्टा·कि मार्ग दिए र प्रतित्य समुत्पादको सिद्धान्त दिए। उनले आफ्नो धर्ममा मैत्री भावमा जोड दिएका छन्, अहिंसा मार्गमा लाग्न उत्प्रेरित गरेका छन् भने शान्ति मार्गमा लाग्न आह्वान गरेका छन्।

३. उनको शिक्षा, सिद्धान्त र दर्शन हिजो जति आवश्यक थिए, आज पनि उत्तिकै आवश्यक छन्। त्यसैले उनका ती कुराहरूलाई महत्त्वका साथ मनन गर्ने गरिन्छन्। उनका ती ज्ञानगुणका कुरा मात्र होइनन्, उनले प्रतिपादन गरेको विपश्यना ध्यानले पनि ठूलो सङ्ख्यामा मानिसलाई आकषिर्त गरिरहेको छ र शान्ति र सद्भावको बाटो देखाइरहेको छ।

४. उनको महत्त्वलाई दृष्टिगत गरी संयुक्त राष्ट्रसङ्घलगायतका संस्थाहरू उनको पवित्र जन्मभूमि लुम्बिनीको विकास गर्नमा सघाउ पुर्‍याइरहेछन्। राष्ट्रसङ्घले बुद्ध जयन्ती मनाउन आफ्नो कार्यालयमा बिदा दिने गरेको छ। अन्तर्राष्ट्रिय न्यायलय र युनेस्कोको मुख्यालयमा उनको प्रतिभा राखिएको छ। यी कुराहरू कुनै पनि नेपालीले गर्व गर्ने विषय हुन्।

५. यी सबै काम कुराबाट यो प्रष्ट भएको छ कि भगवान बुद्ध नेपालको एक पहिचान भएको छ। विशेषता भएको छ। विश्वमा बुद्ध धर्मको जति प्रचार-प्रसार बढ्दै जान्छ, उति नेपाल र नेपालीको मान, सम्मान र प्रतिष्ठा पनि बढ्दै जान्छ। यो यस्तो महत्त्वपूर्ण कुरा भएकोले यसलाई सबै नेपालीले आत्मसात गर्नु आवश्यक छ।

६. तर यहाँ बत्तिमुनि अँध्यारो जस्तो भएको छ। भगवान बुद्ध नेपालका राष्ट्रिय विभूति हुन्। आफ्नो राष्ट्रिय विभूतिद्वारा प्रतिपादित धर्म दर्शन जुन शान्ति, मैत्री र अहिंसाको धर्म दर्शन हो, त्यो नेपाल र नेपालीको आफ्नै दर्शन हो, साझा हो र मौलिक हो। तैपनि नेपालमा यसलाई प्राथमिकताको रूपमा लिने गरिएको छैन।

७. वास्तवमा भन्ने हो भने बुद्ध धर्मसँग नेपाल र नेपालीको भावनात्मक सम्बन्ध गाँसिएको छ, आत्मीयता जोडिएको छ र राष्ट्र र राष्ट्रियता टाँसिएको छ। यो यत्ति महत्त्वपूर्ण भएकोले नेपालको संविधानमा भगवान बुद्धलाई कहीँ न कहीँ स्थान दिनु आवश्यक छ र साथै उनको शिक्षा, सिद्धातको अनुशीलन एवं अनुशरण गरी समाजमा शान्ति र सद्भाव सर्म्बर्द्धन गर्ने काममा सघाउ पुर्‍याउन आवश्यक छ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width