बहुउद्देश्यीय कभर्ड हल पोखराको उपलब्धि

सम्पादक
वैशाख १५, २०७१

१. पोखरा र·शाला परिसरमा बहुउद्देश्यीय कभर्ड हल निर्माण गरिन लागेको समाचारले यहाँका खेलाडी र खेलप्रेमीहरूमा एउटा उत्साह पलाएको छ। उक्त पोखरा बहुउद्देश्यीय कभर्ड हल निर्माणको थालनी गत शुक्रबार राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव युवराज लामाले गरेका थिए। अन्तर्राष्ट्रियस्तरको यो कभर्र्ड हल पोखराको एक उपलब्धि मानिएको छ।

२. कास्की जिल्ला खेलकुद विकास समितिले जनाए अनुसार अन्तर्राष्ट्रियस्तरको यो निर्माणाधीन कभर्ड हल तीन हजार दुर्इ सय ७६ वर्ग मिटर क्षेत्रफलभित्र करिब ७८ मिटर लम्बाई ५० मिटर चौर्डाईको हुनेछ। करिब दुर्इ हजार एक सय दर्शक क्षमताको हल निर्माण गर्न १४ करोड ३२ लाख ६२ हजार लाग्ने अनुमान गरिएको छ।

३. अन्तर्राष्ट्रियस्तरको कभर्ड हल भएकोले यसमा फुटबल, हक्की र क्रिकेट बाहेकका इण्डोर खेल त्यसमा खेल्न सकिने छ। यसअघि राष्ट्रिय खेलकुद परिषद्ले ८४ लाख रूपैयाँको लागतमा सेमिकभर्ड हल निर्माण गरेको थियो। अहिलेसम्म पोखरामा खेलाउने इण्डोर खेलहरू त्यसैबाट निर्वाह गरिएको छ।

४. यो अन्तर्राष्ट्रियस्तरको कभर्ड हल १५ महिनामा सिध्याउने लक्ष्य राखिएको छ।यो सिद्धिएपछि नेपालले आयोजना गर्ने साग खेलकुदको क्षेत्रमा पोखराको नाम अरु चर्चित हुनेछ र त्यसले गर्दा खेल  पर्यटनको क्षेत्रमा पनि सघाउ पुर्‍याउनेछ।

५. पोखरा र·शालामा विस्तारै विस्तारै पूर्वाधार निर्माण भइरहेका छन्। यहाँ २०४० सालमा निर्मित भीआईपीसहितको प्यारापिट निर्माण भएको थियो। तर त्यहाँ निर्मित प्यारापिट मर्मतको अभावमा जीर्ण जस्तै भएको छ। त्यसको निर्माण गरिनु आवश्यक छ। क्रिकेट खेल मैदानले पनि पोखराको महत्त्व बढाएको छ।

६. खेलकुदको लागि पोखरा उर्वर भूमि हो। यहाँ ठूलठूला प्रतिस्पर्धा सञ्चालन गर्ने गरिएको छ। यहाँको फुटबल प्रतियोगितामा विदेशी टीमहरूले पनि सहभागिता जनाउने गरेका छन् र प्रतिस्पर्धाहरू निरन्तर हुने गरेका छन्।यहाँ हुने खेलकुद आयोजनाले गर्दा यहाँको खेलाडीहरू राष्ट्रिय स्तरमा नै चर्चित हुने गरेका छन्।

७. यो बहुउद्देश्यीय कभर्ड हल पोखराको एक आवश्यकता हो। यो आवश्यकताको पूर्र्तिले खेलकुदको क्षेत्रमा पोखराको महत्त्व पनि बढाउने छ। त्यसले पोखरालाई खेलकुद सहरको रूपमा विकास गर्न पनि सघाउ पुर्‍याउनेछ। यति महत्त्व बोकेको बहुउद्देश्यीय कभर्ड हल निश्चित समयमा निर्माण पूरा होस् यही हाम्रो कामना छ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width