१. सरकारले देशमा कोरोना भाइरस संक्रमण फैलिन नदिन एक पछि अर्काे कठोर कदम थालेकोछ । केही दिन पहिले मात्र सरकारले विभिन्न स्थलहरुमा २५ जना भन्दा बढी मानिस भेला हुनुमा प्रतिबन्ध लगाएको थियो भने अहिले मुलुकभरका सार्वजनिक, समुदाायिक तथा निजी सेवा प्रदायक संस्थाबाट प्रदान गरिने सेवा चैत्र ९ देखि २१ गतेसम्म बन्द गरेको छ ।
२. प्रधानमन्त्री केपीओलीले शुक्रवार राष्ट्रका नाममा संम्बोधन गर्दै त्यो बन्दको घोषणा गरेको हो । प्रधानमन्त्री ओलीले आम नागरिकको स्वास्थ्य र सुरक्षालाई ध्यानमा राखेर यस्तो बाध्यकारी अवस्थामा आएको प्रष्ट पारेका छन् । उनले महामारीको अवस्था हेरेर थप कदम चाल्न सकिने पनि बताएका छन् ।
३. प्रधानमन्त्री ओलीले महामारीबाट उत्पन्न जटिल अवस्थाका कारण सिंगो विश्व इतिहासकै सर्वाधिक कठिन मोडबाट गुज्रिरहेको चर्चा गर्दै यो जोखिमबाट हामी ढुक्क भएर बस्ने अवस्था छैन भने । उनले गम्भीर भएर सरसफाइमा उचित ध्यान दिन,साबुन पानीले पटक पटक हात धुन र भीडभाडबाट टाढा रहन, सकेसम्म घरमै रहन आग्रह गरे ।
४. प्रधानमन्त्री ओलीले अत्यावश्यक बस्तुको अधिक सञ्चय नगर्न, हल्ला र अफवाहबाट भ्रमित र प्रभावित नहुन तथा चिकित्सक र विज्ञ तथा प्राविधिकको सल्लाह पालना गर्न पनि आग्रह गरे । प्रधानमन्त्रीको घोषणा अनुसार नेपाल भित्रिने सबै अन्तर्राष्ट्रिय हवाई उडान १८ गतेसम्मलाई स्थगित गरिएको छ ।
५. नेपाल भित्रिने स्थल मार्गमा अनिवार्य स्वास्थ्य जाँचको व्यवस्था, केही अवधिका लागि नेपालभर चल्ने सबै प्रकारका लामोदूरीका यात्रुवाहक सवारी सधानहरु सञ्चालनमा रोक लगाइएको छ भने मानिसहरुको भीडभाड हुने स्थान सिनेमा घर, विद्यालय, विश्वविद्यालयहरु बन्द गरिएको छ ।
६. सरकारको यो कदमबाट निश्चिय नै मानिसहरु धेरैलाई अप्ठ्यारो पर्न सक्छ । कतै जान लागेकाहरुको कार्यक्रम रद्द गर्नुपर्ने अवस्था आएको हुनसक्छ । तर यो सरकारको बाध्यता हो । चीन र पश्चिमी मुलुकमा कोरोनाले जुन महामारी ल्याएको छ, त्यो देख्दा कठिन कदम चाल्नु आवश्यक नै भएको मान्नु पर्दछ ।
७. सरकारले एकपछि अर्काे कदम चालेर जनस्वास्थ्यप्रति गम्भीर भएको संकेत गरेको छ । यो खुशीको कुरा हो । यस्तै कठोर कदम सीमा नाकामा पनि चाल्नु पर्दछ । त्यहाँको स्वास्थ्य जाँचमा कुनै किसिमको लापर्वाही गरिनु हँुदैन । त्यसको साथै सरकारले बजारको राम्रो व्यवस्था गर्नुपर्दछ । दैनिक उपभोग्य बस्तुहरुको अभाव हुन दिनु भएन ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
भलिबलमा अटल हिमाल
वैशाख २३, २०८१गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
वैशाख २३, २०८१गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
वैशाख २३, २०८१मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
वैशाख २३, २०८१