पोखराको पहिलो आर्क ब्रिज

सम्पादक
श्रावण ५, २०७६

१. पोखराको बढ्दो जनसंख्या र जनसंख्या बढे अनुसार यातायातका साधनहरु पनि तीव्र रुपले बढ्दै गएका छन् । मानिसहरु र यातायातका साधनहरुको बढ्दो आवागमनले हेर्दा–हेर्दै पोखराका बाटा–घाटा, चोक र पुलहरु साना र साँधुरा भएका छन् । जसले गर्दा आवागमनमा बाधा अवरोध उत्पन्न हुने गरेको छ ।

२. महत्वपूर्ण चोकहरु–महेन्द्रपुल, पालिखेचोक, पृथ्वीचोक, सभागृहचोक, सिर्जना चोकहरुमा बराबर यातायात जाम हुने समस्या उत्पन्न भएको छ । पालिखे चोकका घरहरु हटाएर बाटो फराकिलो पारिएको छ भने महेन्द्रपुलमा हुने आवागमनको चाप घटाउने वैकल्पिक उपाय पनि गरिएको छ ।

३. त्यो वैकल्पिक उपाय हो– नारायणस्थानको नयाँ पुल, नारायणस्थानमा पहिलेको पुल पनि छ । तर त्यो साँघुरो र सानो भएकोले त्यो भन्दा ठूलो र लामो आर्क ब्रिज बनाइएको छ । ११ करोड २३ लाखको लागतमा निर्मित सो पुल ८० मिटर लम्बाइ र साढे ११ मिटर चौडाइको छ । त्यसको भारवहन क्षमता ७० टन भएको बताइएको छ ।

४. आर्क ब्रिज हेर्दा सुन्दर छ । पोखरामा यस्तो किसिमको यो पहिलो पुल हो । पुलको दायाँ–बायाँ राखिएको साइडबार होचो छ । साइडबार होचो भएकोले यसले खतरा निम्त्याउने सम्भावना छ । स्थानीय बासिन्दा त्यसलाई जोखिम पूर्ण मान्दछन् र त्यसलाई केही अग्लो पार्नुपर्ने विचार व्यक्त गर्दछन् ।

५. साथै पुलको पूर्वपट्टिको सडक ओरालो र अत्यन्त साँघुरो रहेको छ । त्यसले पनि अप्ठेरो निम्त्याउने निश्चित छ । यो वैकल्पिक पुल भएकोले यो धेरै वर्षको लागि हो । धेरै वर्षको लागि भएकोले यसलाई धेरै किसिमले सोच्नु आवश्यक छ र देखिएका कमीकमजोरीहरु तुरुन्त हटाएर सुधार गर्नुपर्दछ ।

६. आजभोलि ठेकेदारले जताततै समयमै काम गरेन, निर्धारित समयमा आप्mनो काम पूरा गरेन भन्ने आरोप लाग्दै गरेको बेला यो पुल समयमै पूरा भएको छ । २०७३ सालमा ठेक्का सम्झौता गरिएको पुल मुक्तिनाथ कम्पनी प्रा.लि.ले निर्धारित अवधिमा सम्पन्न गरेको छ । यो पनि यसको विशेषता हो ।

७. यो पुलको निर्माणले महेन्द्रपुलमा यातायातको सवारी साधन जाम हुने समस्या हट्ने अपेक्षा गरिएको छ त्यसको साथै आगामी दिनमा मध्य पहाडी लोकमार्ग जोडिने योजना पनि भएकोले यसको महत्व धेरै छ । यस्तो महत्वपूर्ण पुललाई अरु सुरक्षित पार्नु आवश्यक छ । यसको दायाँ–वायाँको बारलाई अग्लो पारेर स्थानीयले आँैल्याएको कमी कमजोरी हटाएर सुधार गरियो भने यो वास्तवमा नै वैकल्पिक पुल बन्नेछ ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width