पीडितहरूको पीडामा मलमपट्टी

सम्पादक
जेठ ८, २०७२

१. वैशाख १२ र २९ गते आएको विनाशकारी भूकम्पबाट पीडित भएका मलमपट्टी गर्न अहिले धेरै सङ्घसंस्था अघि सारेका छन्। तिनीहरूले पीडितहरूको घर टहरा मनाउने उद्देश्यले गाउँहरूमा जान थालेका छन्। त्यसरी गएका स्वयंसेवकले विद्यालयको लागि अस्थायी टहरादेखि व्यक्तिको लागि घर टहरा निर्माण गरेका छन्।

२. स्वयंसेवकहरूले गाउँघरमा गरेका त्यस किसिमका कार्यले १९९० सालको भूकम्पमा काठमाडौंमा परोपकार संस्थाका स्वयंसेवकले गरेका कार्यलाई सम्झाएको छ। त्यसबेला परोपकारका स्वयंसेवकहरूले पुरिएका मान्छे निकाल्नेदेखि स्ट्रेचरमा विरामी राखी वीर अस्पताल पुर्‍याउने गर्दथे। त्यसबेला उनीहरूको निस्वार्थ कामको ठूलो प्रशंसा भएको थियो।

३.अहिले पनि केही युवाहरू स्वयंसेवकका रूपमा भूकम्प प्रभावित ठाउँहरूमा खटिएका छन्। कतिपय ठाउँमा उनीहरूले उल्लेख काम गरेको पनि बुझिएको छ। यस्तैमा महत्त्वपूर्ण एवं ठूला राजनीतिक पार्टीरूले पनि युवा पुस्तालाई स्वयंसेवकका रूपमा गाउँ-गाउँमा जान निर्देशन दिएका छन्।

४. ती पार्टीरूले आफ्ना युवाहरूलाई यसरी जाऊ र उसरी जाऊ भनेर सिकाएका पनि छन्। युवाहरूमा पनि यसबेला एक किसिमको जोश र जाँगर देखा परेको छ। राजनीतिक नेताहरू भूकम्प पीडितकोमा आएन भनेर गुनासो बढेको बेलामा युवाहरूलाई त्यसरी पठाउनुलाई सकारात्मक मान्नुपर्दछ।

५. केही स्वयंसेवीले गाउँमा उत्कृष्ट काम गरी गाउँलेको मन जित्न थालेका छन्। स्वयंसेवकका लागि पनि स्वेच्छाले र निस्वार्थ भावले काम देखाउने यो राम्रो अवसर हो। १९९० सालको भूकम्पमा परोपकारका अध्यक्ष दयावीर सिंह कंसाकार, त्रैलोक्यनाथ श्रेष्ठ, प्रयागराज सिंह सुवालहरूले उत्कृष्ट काम गरेर नाम कमाएका थिए।

६. राजनीतिक पार्टीका केही बुढा नेताहरू पनि गाउँ जान थालेका छन्। नेताहरूको उपस्थितिले कार्यकर्ताको हौसला निश्चय नै बढ्न सक्छ। उनीहरूको काममा गति थपिन सक्छ। केही ठाउँमा त्यसो भएको पनि छ। सुरुवात राम्रो छ तर यसलाई अरु लम्ब्याउनु आवश्यक छर सुदुर गाउँसम्म पुर्‍याउनुपर्दछ।

७. घर टहरा बनाउने काम बलले मात्र हुँदैन। यसमा प्राविधिक ज्ञानको पनि आवश्यकता पर्दछ। समूहमा ‘प्राविधिक’ ज्ञान भएकालाई पनि समावेश गरिनुपर्दछ। अर्को, यस्तो काममा फोटो खिचेर सस्तो प्रचार गर्ने काम गर्नुहुँदैन। समाजसेवीहरूको आफ्नै आचारण र नैतिक मूल्य र मान्यता हुन्छन् र त्यसको पालना गर्नुपर्दछ। उनीहरूले सादगीपूर्ण जीवनयापन गर्नु पनि आवश्यक हुन्छ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width