नपीडितहरूको आत्मबल बढाउने काम गर

सम्पादक
जेठ १०, २०७२

१. देशमा विनाशकारी भूकम्प आएको एक महिना पुग्न लागेको छ। एक महिना पुग्न लागेर पनि  त्यो भूकपम्पको कम्पनहरू हटिसकेका छैनन्। अझै कम्पनहरू आउँदै गरेका छन्। जसले गर्दा सर्वसाधारणमा भूकम्पको त्रास हटेको छैन। मानिसहरू त्यसै-त्यसै पनि डराइरहेका छन्।

२. एक त यसरी प्रकृतिले हामीलाई त्रसित गराएका छन् भने अकोर्तिर कथित ज्योतिषहरूले अझै ठूलो भूकम्पको सम्भावना भएको, ग्रह राम्रो नभएको आदि भनेर तसारहेका छन्। उनीहरूको बिनाआधारको समाचार हल्लाको भरमा चारैतिर फैलिने गरिएको छ। त्यस्तो भविष्यवाणी धेरैपटक झुठ सावित भएका छन्। तैपनि कमजोर भएको हाम्रो मन कतै भइहाल्छ कि भनी त्रास र शंकामा बित्ने गरेको छ।

३. सञ्चार क्षेत्रका श्रव्य दृश्य माध्यमहरूले पनि कहिलेकाहीँ अतिशयोक्ति किसिमले प्रचार-प्रसार गरिदिँदा सवसाधारण अरु आत्तिने गरेका छन्। कतिपयले अब त भूकम्पको कारणले भएको त्यो विनाश र विभत्स दृश्य  देख्न पनि नसक्ने भएका छन्। त्यस्तो दृश्य देख्नासाथ झस· हुने र टोलाउनेहरू धेरै छन्।

४. त्यो घटनाबाट देशमा मानसिक र मनोवैज्ञानिक त्रास बढेको छ। मानिसको यो कमजोर अवस्थाबाट फाइदा उठाउन निहित स्वार्थ भएकाहरू सलबलाएका छन्। बारपाकलगायतका अत्यन्त क्षति भएको ठाउँमा बाइबल बाँड्दै गरेको पनि देखिएको छ। हाम्रो कमजोरीको फाइदा उठाउन खोज्नु अवसरवादी हो। यो कदापि सह्य हुँदैन।

५.हामीलाई यो भन्न उचित लाग्दैन कि चर्चमा बाइबल पाठ गरिरहेका ठूलो जमात भूकम्पको शिकार भएका छन्। बाइबलले उद्धार गर्ने भए उनीहरूको एक चिहान हुने थिएन। एकातिर सत्य तथ्य यस्तो छ भने अकोर्तिर राहतको नाममा बाइबल बाँड्नु सोझा साझा तथा कमजोर अवस्थाका भूकम्प पीडितको शोषण गर्नु हो।

६. कमजोरीको फाइदा कसैले उठाउनुहुँदैन। धर्ममा लागेकाहरूले झन् यस्तो कुरामा बढी ध्यान दिनुपर्दछ। अहिलेको यो यस्तो बेला हो, जुन बेलामा हामीले पीडितलाई सहयोग गर्ने र उनीहरूको कमजोर मनस्थितिलाई बलियो बनाउने काम गर्नुपर्दछ। उनीहरूलाई भविष्यप्रति आस्थावान बनाउनुपर्दछ।

७. पीडितहरूको मनोबल जे जसरी बढाउनुपर्ने हो, त्यो भएको छैन। केही चिकित्सकले त्यो काम गरिरहेका छन्। तर उनीहरूको सङ्ख्या थोरै छ। सरकार र सामाजिक सङ्घसंस्थाले उनीहरूलाई आशा भरोसा दिएर उनीहरूको आत्मबल बनाउने काम छिट्टै गर्नुपर्दछ र उनीहरूलाई त्रास उत्पन्न हुने खालको सबै प्रचारबाजी बन्द गर्नुपर्दछ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width