नगरपालिकाहरूको सङ्ख्या बढ्यो

सम्पादक
मंसिर १८, २०७१

१. सरकारले नगरोन्मुख गाविसहरूलाई जोडेर फेरि ६१ नगरपालिका घोषणा गरेको छ। सरकारले थप नगरपालिका घोषणा गरेपछि अब देशभर नगरपालिकाको सङ्ख्या १९१ पुगेको छ। त्यसैगरी सरकारले उप-महानगरपालिकाको सङ्ख्या पनि बढाएको छ। हाल पोखरा ललितपुर, विराटनगर र वीरगञ्ज गरी चार उप-महानगरपालिका भएकोमा अहिले धरान, इटहरी, जनकपुर, हेटौंडा, भरतपुर, बुटवल र नेपालगञ्जको स्तर वृद्धि गरी उप-महानगरपालिका बताएको छ।

२. सरकारले १० हजार जनसङ्ख्या र वाषिर्क पाँच लाख रुपैयाँ आम्दानी हुने तथा विद्युत्, खानेपानी, सञ्चार, शिक्षा, स्वास्थ्यलगायत सुविधा र पूर्वाधार पुगेका क्षेत्रलाई नगरपालिका घोषणा गरेको जनाएको छ। सरकारको यो घोषणा अनुसार काठमाडौं र भक्तपुर जिल्ला गाविसविहीन भएका छन्। तराईमा भने अर्कै नियम निर्धारण गरिएको छ।

३. तराईमा २० हजार जनसङ्ख्या र ५० लाख आम्दानी हुने तथा विद्युत्, खानेपनी, सञ्चार, शिक्षा, स्वास्थ्यलगायत सुविधा र पूर्वाधार पुगेका क्षेत्रलाई नगरपालिका घोषणा गरिएको छ। त्यस्तै एक लाख जनसङ्ख्या र वाषिर्क १० करोड आम्दानी भएका नगरपालिकालाई स्तरोन्नति गरी उप-महानगरपालिका बनाइएको छ।

४. पोखरा उप-महानगरपालिकामा १० वटा गाविस गाभिएका छन्। त्यसरी गाभिएका गाविसमा हेमजा, लामाचौर, भलाम, काहूँ, आर्वाविजय, निर्मलपोखरी, कृस्ती, पुम्दीभुम्दी, सराङकोट र अर्मला रहेका छन्। त्यस्तै लेखनाथ नगरपालिकामा भरतपोखरी गाभिएको छ। यसरी गाविसको सङ्ख्या घटेर अब तीन हजार दुर्इ सय ७६ भएको छ।

५. सरकारले नगरपालिकाको सङ्ख्या यसरी बढाएकोमा मिश्रति प्रतिक्रिया आएको छ। नगरको चिन्ह नै नभएकोलाई पनि नगरपालिका बनाएको आरोप एकथरिले लगाउने गरेका छन् भने अकोर्थरिले यसले ती ठाउँको विकासको गति थपिने विचार व्यक्त गरेका छन्। सरकारको यो घोषणाले स्थानीयको महत्त्वकांक्षा भने निश्चत नै बढाएको छ।

६. नगरपालिकाको सङ्ख्या वृद्धि भएपछि मुलुकमा नगरमा बस्ने जनसङ्ख्या ४५ प्रतिशतको हाराहारीमा पुगेको बताइएको छ भने देशको एक तिहाई भूभाग नगर क्षेत्रले ओगटेको छ। मुलुकको एक तिहाई भूभाग नगर क्षेत्रमा परिणत हुनु एक खुसीको कुरा हो।

७. पोखरा उप-महानगरमा १० गाविस गाभिएकोमा यहाँ धेरैले सन्तोष मानेका छन्। सरकारको यो प्रयासले उप-महानगरपालिका भोलि महानगरपालिकामा स्तरोन्नति हुने मार्ग प्रशस्त गरेको देखिन्छ। यस कार्यमा सबैले आ-आफ्नो ठाउँबाट सघाउ पुर्‍याउनु आवश्यक छ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width