पोखरा । सार्दीखोला पोखरा सम्पर्क समितिको चौथो अधिवेशन तथा १३ औं वार्षिक साधारण सभा पोखरामा भएको छ । अधिवेशनले बमबहादुर गुरुङको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
समितिको प्रथम उपाध्यक्षमा लोकनाथ आचार्य, द्वितीय उपाध्यक्ष मनसुबा गुरुङ, सचिव अनिल गुरुङ, सहसचिव धनबहादुर गुरुङ र कोषाध्यक्षमा भोजराज आचार्य चयन भए ।
कार्यसमिति सदस्यमा शेरबहादुर गुरुङ, आशकुमारी गुरुङ, कमला गुरुङ, तेजबहादुर गुरुङ, हिराबहादुर घले, ईन्द्रकाजी गुरुङ, हर्कबहादुर गुरुङ, लीलाबहादुर क्षत्री र दुर्गालक्ष्मी गुरुङ सर्वसम्मत बने । कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य गणेशमान गुरुङले सार्दीखोला पोखरा सम्पर्क समितिले गरेका काम प्रशंसनीय रहेको बताए ।
सम्पर्क समितिका अध्यक्ष बमबहादुर गुरुङको अध्यक्षतामा भएको समारोहमा माछापुच्छ्रे गाउँपालिकाका प्रवक्ता एवं वडा नं २ का वडाध्यक्ष गणेश आचार्य, माछापुच्छ्रे माविका प्रधानाध्यापक सन्तोष आचार्य, सम्पर्क समितिका सल्लहाकार समिति संयोजक अम्बरबहादुर गुरुङ, सदस्य मित्रलाल आचार्य र प्रथम उपाध्यक्ष लोकनाथ आचार्यले सम्पर्क समितिले शैक्षिक र सामाजिक क्षेत्रमा पु¥याएको भूमिकाको चर्चा गरेका थिए । अधिवेशनमा अध्यक्ष गुरुङको समितिको प्रतिवेदन र कोषाध्यक्ष भोजराज आचार्यले पेश गरेको आर्थिक प्रतिवेदन पारित भएको सचिव अनिल गुरुङले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
पुतलीबजार र अर्जुनचौपारी जोड्ने पुल उद्घाटन
गुरुङ दम्पत्तीले बनाए बुद्ध मूर्ति
प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही
अनुपम म्युजिकद्वारा १० हजारभन्दा बढीलाई तालिम
शिशु कल्याण र डेभिडफल क्लबद्वारा वातावरण सचेतना कार्यक्रम
hero news full width
मुख्य समाचार
अपहरण शैलीमा ल्याइएको रविको गुनासो
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
मंसिर २२, २०८१आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१