पोखरा । तमु धिं नेपालले गण्डकी विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङलाई शैक्षिक सम्मान अर्पण गर्ने भएको छ । संस्थाको ४० औं स्थापना दिवस अवसरमा यही ५ जेठमा हुने विविध कार्यक्रमबीच उनलाई नगद १ लाख ११ हजार ११ रुपैयाँसहित शैक्षिक सम्मान अर्पण गरिने तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले बताए ।
शिक्षाविद् एवं समाजसेवी गणेशबहादुर गुरुङ स्मृतिकोषबाट प्रदान गरिने शैक्षिक सम्मानबाट यसअघि शैक्षिक व्यक्तित्व जोर्ज जोन र सामाजिक व्यक्तित्व भद्रकुमारी सम्मानित भइसकेका छन् ।
संविधानसभा सदस्य समेत रहेका प्राडा गणेशमान गुरुङको शैक्षिक क्षेत्रमा ठूलो योगदान छ । स्याङ्जाको आँधिखोला १, सिरुवारी गाउँ भई उनी त्रिवि समाजशास्त्र मानवशास्त्र केन्द्रीय विभागका पूर्व प्रमुख, राष्ट्रिय शिक्षा आयोगका पूर्व सदस्य, विश्वविद्यालय अनुदान आयोगका पूर्व अध्यक्ष भइसकेका छन् ।
पोखरा ९, नयाँबजारमा केन्द्रीय कार्यालयको तमु धिं नेपालले दिवसको अवसरमा सरसफाइ, रक्तदान कार्यक्रम, शुभकामना आदानप्रदान, बधाई ज्ञापनसहित विविध सांस्कृतिक कार्यक्रम समेत गर्ने भएको छ । ५ गते गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको प्रमुख आतिथ्यमा हुने शुभकामना आदानप्रदानमा सम्मानसहित गण्डकी प्रदेश सरकारमा पुनः नियुक्त भएका मुख्यमन्त्री अधिकारीसहित मन्त्रीहरुलाई बधाई ज्ञापन गरिने कार्यक्रम छ ।
Related News
सम्बन्धित समाचार
पुतलीबजार र अर्जुनचौपारी जोड्ने पुल उद्घाटन
गुरुङ दम्पत्तीले बनाए बुद्ध मूर्ति
प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही
अनुपम म्युजिकद्वारा १० हजारभन्दा बढीलाई तालिम
शिशु कल्याण र डेभिडफल क्लबद्वारा वातावरण सचेतना कार्यक्रम
hero news full width
मुख्य समाचार
अपहरण शैलीमा ल्याइएको रविको गुनासो
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
मंसिर २२, २०८१आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१