दूरगामी महत्वको चुनाव

सम्पादक
मंसिर २, २०७९

आज फेरि देशमा चुनाव आएको छ । देश चुनावमय भएको छ । जहाँ गएपछि चुनावकै कुरा सुनिन्छ र जोसँग भेट्दा पनि चुनावकै कुरा हुन्छ । लोकतन्त्रको सुन्दर पक्ष चुनाव हो । आवधिक चुनावले नेतालाई अवसर दिन्छ । चुनाव जितेको पार्टीले सरकार गठन गर्दछ र त्यसका नेताले सरकारको नेतृत्व गर्दछन । नेतृत्व गर्नेले चाहे भने देश बनाउन सक्छन् । त्यसले देश बनाउन सक्ने भएकाले चुनावमा सक्षम, सबल एवं विकासप्रेमी नेताको खोजी हुन्छ । त्यस्तो खोजी नेपालीले विगत ७ दशकदेखि खोज्दै छन् तर पाउन सकेका छैनन् । चुनाव र चुनावबाट निर्वाचित नेताको चर्चा गर्दा २०१५ सालको आमचुनाव सम्झनै पर्ने हुन्छ । नेपालको इतिहासमा त्यो पहिलो चुनाव हो । त्यो चुनावमा नेपाली कांग्रेसले दुइतिहाइ मतसहित विजयी हासिल गरेको थियो । र, त्यसका नेता विश्वेश्वरप्रसाद कोइराला प्रधानमन्त्री भएका थिए । उनीप्रति सबैको आशा थियो र उनले पनि दूरगामी महत्वका प्रगतिशील कदम चालेका थिए तर राजा महेन्द्रलाई त्यो मञ्जुर भएन र उनले बिपीलाई जेल राखेर प्रजातन्त्र नै निलम्बन गरे । त्यो देशको लागि दुर्भाग्य थियो ।

पञ्चायतको ३० वर्षको कार्यकालमा अनेक किसिमका चुनाव भए । तर ती उल्लेखनीय भएनन् । बहुदलीय व्यवस्थाको पुनस्र्थापनापछि २०४८ सालको चुनावले नेपाली कांग्रेसका नेता गिरिजाप्रसाद कोइरालालाई प्रधानमन्त्री बनायो । उनीमाथि पनि धेरैले आशा गरेका थिए । तर ३ वर्षमै उनले मध्यावधि चुनाव गराए । चुनावमा कसैको बहुमत आएन र स्थिर सरकार गठन हुन सकेन । त्यो यस्तो बेला थियो, जुन बेला सरकार ९/९ महिनामा फेरिन्थ्यो । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पहिलो पटक प्रधानमन्त्री हँुदा पनि मानिसहरुले उनले अवश्य केही गर्लान् भनी आशाको नजरले हेरेका थिए । त्यसबेला देशमा उनको प्रभाव नै अर्कै थियो । वातावरण अनुकूल थियो तर उनी अनावश्यक कुरामा अल्झेको कारण राजीनामा गर्नुपर्‍यो । उनको कार्यकाल पनि उल्लेखनीय रहेन । त्यसपछि अवाधिक चुनाव त भए तर त्यत्ति उल्लेख्य रहेनन् ।

यस किसिमले चुनाव चर्चा गर्दा २०७४ सालको चुनाव उल्लेखनीय मान्नु पर्दछ । त्यो चुनावमा एमाले र माओवादी एकतावद्ध भए । गठित नेपाल कम्युनिष्ट पार्टी र (नेकपा) ले झन्डै दुइतिहाइ बहुमत ल्यायो । बहुमतले २०१५ सालको आमचुनावलाई सम्झाएको थियो । मानिसमा अत्साह थियो, केही गर्छ भन्ने भावना पलाएको थियो । नेताले पनि अनेक सपना बाँडेका थिए । तर त्यसका नेताहरु आपसमा मिल्न सकेनन् । केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको वैमनस्यताले बहुमतको सरकार पतन भयो । तत्कालीन प्रधानमन्त्री ओलीले पटक–पटक संसद विघटन गरे । तर सर्वोच्च अदालतले त्यसलाई पुनस्र्थापना गर्‍यो । त्यसैको परिणाम कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वमा गठबन्धन सरकार गठन भएको छ । त्यही सरकारले चुनाव सम्पन्न गर्न गइरहेको छ । चुनावमा भ्रष्टाचारविरुद्धको नारा चर्केको छ । विकासको कुरा उठेको छ । युवाशक्तिको महत्व र युवालाई निर्णयक तहमा पुर्‍याउनु पर्ने आवाज बुलन्द भएको छ । यी सबै दृष्टिबाट यो चुनावको दूरगामी महत्व छ । मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा चुनाव सफल पार्नु नितान्त आवश्यक छ ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width