१. रौतहट जिल्लाको पिपरिया दोस्तिया गाविसका दलित समुदायमाथि शुक्रबार राति आफूलाई उपल्लो जातिका बताउने समूहले सुनियोजित आक्रमण गरेका छन्। आक्रमणमा उनीहरुले बस्तीको ८५ वटै घरमा तोडफोड, कुटपिट र लुटपाट गरेका छन्। आक्रमणबाट दलितहरु केही घाइते भएका छन् भने दलितहरुको सामानहरु तोडफोड गरिदिएका छन्।
२. दलितहरु हिन्दूको मन्दिर प्रवेश गरेको विषयमा विवाद भएको बताइएको थियो। विवादकै कारण उपल्लो जातिकाले त्यहाँ त्यो ताण्डव नृत्य देखाएका थिए। दलितका भाडाँकुँडादेखि लिएर पानीखाने धारा आदि पनि तोडफोड गरिदिएका छन्। त्यसरी तोडफोड गरिएपछि आक्रमणकारीहरु भागेका छन् भने केही समातिएका छन्।
३. यो२१ औं शताब्दीमा पनि जातीय भेदभाव मान्नु, छुवाछूतको व्यवहार गर्नु र मन्दिरमा प्रवेश गर्न नदिनु आर्श्चर्य र दुःखलाग्दो विषय हो। आजको युग समानताको युग हो। अहिले सबै समान छन् र समान हुन चाहन्छन्। यस्तो बेलामा कुन जमानाको वर्णयवस्था ल्याएर आफ्नै समाजको अंगलाई भेदभाव गरिनु सप्तआर्श्चर्यमध्ये कै एक हो भन्नु अत्युक्ति नहोला।
४. दलितहरु आफूलाई हिन्दू समाजकै एक अंग मानेर श्रद्धावस हिन्दू मन्दिर प्रवेश गर्न चाहान्छन्। र, त्यहाँ स्थापित मूर्ती दर्शन गर्न चाहन्छन् भने त्यसलाई एक ठूलो अवसरको रुपमा लिनुपर्दछ र उनीहरुलाई सहजतापूर्वक दर्शन गर्न प्रोत्साहित गर्नुपर्दछ। त्यो कुरा स्थानीयहरुले सहज सहजतापूर्वक दर्शन गर्न प्रोत्साहित गर्नुपर्दछ। त्यो कुरा स्थानीयहरुले सहजतापूर्वक गर्न सकेनन् भने समाजका अगुवाहरुले त्यसको पहल गर्नुपर्दछ।
५. आजको युगमा दलित, उपेक्षित र अपहेलित भएर मानिसहरु धेरै रहिरहन सक्दैनन्। यो कुरालाई बडो महत्त्वका रुपमा लिनुपर्दछ। फेरि अहिले धर्म परिवर्तन गर्न चाहनेहरु अनेक लोभ र प्रलोभन लिएर यताउता सल्बलाइरहेको अवस्था छ। त्यसरी प्रलोभन देखाउनेहरुको जालमा ती दलितहरु फसे भने त्यसको परिणाम के होला, त्यो कुरा पनि सोच्नु पर्दछ।
६. धर्म निरपेक्षताको नाममा धर्म परिर्वतन गर्न चाहनेहरु खुल्लमखुल्ला घुमिरहेका छन् र गरिब, निर्धा, निमुखा र अशिक्षितहरुलाई आफ्नो जालमा पारिरहेका छन्। प्रशासन मूकदर्शक भएर रहेको छ। राजनीति गर्नेहरुलाई आफ्नो के हो, अर्काको के हो मतलब छैन। उनीहरुका लागि गाई र गधा एउटै जस्तै छ। यस्तो अवस्थामा समाजका अगुवाहरुले केही भूमिका निर्वाह गर्नु नितान्त आवश्यक छ।
७. जातीय भेदभाव गर्नु र मन्दिर पस्न नदिनु हाम्रो पुरातन पन्थी एवं विछडिएको समाजको एक नमूना हो। त्यो स्थितिलाई सकेसम्म छिटो तिलाञ्जली दिएर फ्याँक्नु पर्दछ। ऐन, कानुन र संविधानले पनि त्यसको अपील गरिसकेको अवस्था छ। सरकारले त्यसरी आक्रमण गर्नेहरुलाई कानुन अनुसार कारबाही गर्नुपर्दछ र समाजका अगुवाहरुले पनि आइन्दा त्यस्तो गर्न दिनुहुँदैन।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
भलिबलमा अटल हिमाल
वैशाख २३, २०८१गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
वैशाख २३, २०८१गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
वैशाख २३, २०८१मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
वैशाख २३, २०८१