जाजरकोटमा महामारी

सम्पादक
वैशाख ४, २०७२

१. तीन साता पहिले जाजरकोटमा देखिएको स्वाइन फ्लूले अहिले महामारीको रूप लिएको छ। विशेषत पंैक टालेगाउँ अर्छी, सक्ला, नामकवाडा, रोकामा, भजकोट, कर्ताङलगायतका गाउँमा दुर्इ हजार भन्दा बढी विरामी रहेको बताइएको छ। सरकारले जनाए अनुसार त्यो रोगबाट मर्नेहरूको सङ्ख्या १७ पुगेको छ।

२. छ वर्ष पहिले पनि त्यहाँ हैजा र झाडापखालाको महामारी फैलिएको थियो। विशेषज्ञहरूका अनुसार त्यहाँ सरसफाइको अभावमा बराबर महामारी रोग फैलिने गरेको छ। त्यहाँका अधिकांश मानिस भारतको विभिन्न ठाउँमा रोजगारीको लागि जाने गरेको र उनीहरू घर र्फकंदा विभिन्न रोग लिएर आउने गरेको पनि बताइएको छ।

३. त्यही आशड्ढामा सीमा नाकामा हेल्थ डेक्स स्थापना गरी नेपालमा आउनेलाई जाँच्ने गरिएको छ। त्यसरी आउनेलाई रुघाखोकी लाग्ने, ज्वरो आउने छ/छैन त्यो खोज्ने गरिएको छ। स्वास प्रश्वासको समस्या हुनेलाई स्वास्थ्य चौकीमा पठाउने गरिएको छ। साथै स्वास्थ्य चेतना फैलाउन विभिन्न प्रयास पनि गरिएको छ।

४. तर महामारीकै रूपमा फैलिएपछि साधारण रोकथामका उपाय प्रभावकारी हुँदैनन्। सुरुमा त्यहाँ देखिएको रोग के हो कस्तो हो भन्नेमा बित्यो। दिनहुँ मानिस मर्न थालेपछि बल्ल सरकारको ध्यान आकृष्ट भयो। विशेषज्ञहरूले त्यस रोगलाई मौसमी फ्लू भएको बताएका छन् र त्यसै  अनुसार अहिले उपचार भइरहेको छ।

५. यतिञ्जेल रोग धेरै ठाउँमा र धैरै जनामा फैलिएकोले नियन्त्रण गर्न मुस्िकल परेको छ। त्यहाँ एकातिर चिकित्सकको अभाव छ भने अकोर्तिर औषधिको अभावक छ। अस्पताल र स्वास्थ्य चौकीमा त्यति धेरै बिरामी कसरी राख्ने त्यो पनि समस्या भएको छ। स्वास्थ्यकर्मीसमेत विरामी पर्न थालेपछि अर्को समस्या थपिएको छ।

६. स्वास्थ्यमन्त्री खगराज अधिकारीले स्थलगत निरीक्षण गरी फर्केका छन्। मन्त्रीले निरीक्षण गरेपश्चात् उपचारमा गति थपिएको छ। तर स्थानीय जनप्रतिनिधि त्यसलाई पर्याप्त मान्दैनन्। त्यहाँका सभासद्हरूले प्रधानमन्त्रीलाई भेटेर त्यहाँ स्वास्थ्यकर्मी चिकित्सक र औषधिको परिणाम बढाउन आग्रह गरिरहेका छन्।

७. जाजरकोटको ३/४ गाविसमा फैलिएको स्वाइन फूलु अहिले अरु गाउँमा पनि फैलिएको छ। यसको सङ्क्रमण दैलेखतिर पनि जाला कि भन्ने त्यहाँ पनि सतर्कता अपनाइएको छ। हाल बेमौसममा पानी परिरहेको र त्यो पानीले गर्दा मौसममा चिसोपना रहिरहेको छ। यस्तो चिसोमा फूलको किटाणुहरू सक्रिय रहने भएकाले यो समस्या केही समय लम्बिन सक्ने विशेषज्ञहरूले बताएका छन। अवस्था त्यस्तो भयावह भएकोले सरकारले चिकित्साटोली र औषधिहरू पर्याप्त पठाएर महामारी रोक्न आवश्यक छ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width