१. नेपाली कांग्रेसलाई सत्ता फाप्दैन भन्ने कुनै बेला आम चर्चाको विषय भएको थियो। हुन पनि पार्टी सत्तामा पुग्यो कि नेताहरु आपसमा विवाद गर्दथे। विवाद पनि एक पटक होइन, जति पटक सत्तामा पुग्यो, उति नै पटक विवाद भएको देख्ने र भोग्नेहरुले कांग्रेसलाई सत्ता फाप्दैन भन्ने गरेका थिए।
२. प्रजातन्त्रको पुनर्बहाली भएको पहिलो निर्वाचनमा नेपाली कांग्रेसले बहुमत ल्याएर सरकार गठन गरेको थियो। आफ्नो बहुमत भएको संसद विघटन गरी सरकार मध्यावधि निर्वाचन गर्यो। सरकार गुम्यो। पछि आफ्नै प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिने बेलामा सांसदहरु लुकाउने काम गरियो र फेरि सरकार गुम्यो।
३. निर्वाचन जितेर प्रधानमन्त्री भएकालाई आफ्नै पार्टीका नेताले राजीनामा मागे। राजीनामाको क्रम बढ्यो। विवाद यति चरममा पुग्यो कि पार्टी नै विभाजित भयो। मौकाको ताकमा बसिरहेका राजा ज्ञानेन्द्रले सत्ता आफ्नो हातमा लिए। सबै हेरेका हेर्यै भए, जिल्ल परे।
४. अहिले कांग्रेस सत्तामा छैन, सत्ता बाहिर छ। सत्ता बाहिर भएर पनि विवाद उत्तिकै छ। हिजो सत्ता फाप्दैनसम्म भनिएको थियो भने अहिले प्रमुख प्रतिपक्षी हुन पनि नफापेको हो कि भन्नु पर्ने स्थिति आउन लागेको आशंका गरिएको छ। नेताहरु पाइला–पाइलामा विवाद गर्दैछन्। कतिपय कांग्रेसले प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्न नसकेको गुनासो गर्दैछन्।
५. धेरै समय पछि पार्टीले जनजागरण अभियान ल्याएको थियो। अभियानको पहिलो चरण सम्पन्न हुँदा त्यसले केही आश देखाएको पनि थियो। तीन चरणमा पूरा हुने भनिएको त्यो अभियानको दोस्रो चरण नेताहरुको विवादको कारण त्यसै ओझेलमा परेको छ। अर्थात दोस्रो चरण शुरुआत नै हुन सकेको छैन।
६. निरन्तर चलिरहेको विवाद पनि यति चर्को कि निर्धारित कार्यक्रमलाई समेत वास्ता गरिएन। अहिले महाधिवेशनको विवादले पार्टीलाई नै हल्लाइदिएको छ। अनुशासन र अन्तर्घातको कुरा पनि चर्को रुपले उठेको छ। कारबाहीको डण्डा चलिरहेको छ।
७. यसैबीच सरकारले उपचुनावको घोषणा गरेको छ। पार्टीहरुका लागि यो ठूलो अवसर हो। नेताहरुले आपसको विवाद टुङ्गयाएर सम्पूर्ण ध्यान उपचुनावमा केन्द्रित गरे भने नेताहरुलाई एकताबद्ध गराउन उपचुनावले सघाउ पुर्याउन सक्छ। यो अवसरलाई उनीहरुले के कसरी, लिन्छन्, त्यो निकट भविष्यले देखाउने छ। यो कांग्रेसी नेताहरुको मतिको कुरा हो। मति राम्रो भए गति आउन सक्छ। हेरौं, तिनीहरुले यसलाई कसरी उपयोग गर्छन्।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१