उद्धारमा गुनासो नहोस्

सम्पादक
वैशाख २०, २०७२

१. विनाशकारी भूकम्प आएको एक साता बितेको छ। एक साता बिते पनि त्यसले के-कति विनास गर्‍यो, त्यसको लेखाजोखा भएको छैन। अहिले पनि उद्धार टोलीहरू आफ्नो काममा व्यस्त छन्। उता, राहत सड्ढलन गर्नेहरू यताउताबाट राहत सड्ढलन गरिहेका छन् भने राहत वितरण गर्नेहरू आफ्नो लक्षित स्थानमा पुगेर राहत वितरण गरिरहेका छन्।

२. नेपालमा भएको यो विनासका बेला विदेशी धेरै राष्ट्र र संस्थाहरूले पनि हामीलाई सहयोग गरिरहेका छन्। सरकारले कतिपय विदेशी टोलीलाई यहाँ व्यवस्थापन गर्न नसकिने सम्भावना भएकाले आउनबाट रोकेको छ। नेपालमा आएका टोलीले आफ्नो क्षमता, प्रविधि र बुद्धिले भेटेसम्म गरिरहेका छन्। जसका लागि हामीले आभार प्रकट गर्नु पर्दछ।

३. हाम्रो यस्तो आपद्विपद्का बेलामा पनि उद्धारका लागि आएका टोलीका सम्बन्धमा लेख्नु पर्दा हामीलाई ज्यादै नरमाइलो लागिरहेछ। विदेशबाट, खास गरी भारतबाट उद्धारका लागि आएको टोलीले आफू खुशी काम गरेको, काममा भन्दा प्रचारमा बढी ध्यान दिइएको, पीडितलाई ओसारपसार गर्ने क्रममा आफ्नालाई प्राथमिकता दिएको तथा उद्धारका अतिरिक्त अर्कै उद्देश्य राखेको गुनासो बढ्दै गएको छ।

४. तिनीहरूको विस्तारवादी स्वभाव र पेल्ने बानीले गर्दा कतिपयले सार्वभौमिकताको सवाल पनि उठाएका छन्। एकीकृत माओवादी र नेपाल किसान मजदूर पार्टीले प्रष्ट रुपले गुनासो गरेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तिनीहरूले जे-जसरी आसन जमाएर बसेका छन्, यो आपत्तिजनक छ। यसमा नेपाली सञ्चार क्षेत्रले पनि असन्तोष जनाएको छ।

५. विदेशबाट आएका सबै उद्दार टोली नेपालीको कमाण्डमा कार्यरत हुनु पर्ने संरचना सरकारले तयार गरेको छ। अरु देशबाट आएका टोलीले त्यही संरचनाअन्तर्गत काम गरिरहेका छन्। तिनीहरू कुनै पनि टोलीका सम्बन्धमा त्यस्तो केही गुनासो नेपालीले गरेका छैनन्। भारतबाट आएका टोलीका सम्बन्धमा पनि कुनै गुनासो गर्न नपरोस् भन्ने नेपाली चाहन्छन्।

६. नेपालको सबै देशसँग मित्रवत सम्बन्ध छ।  नेपालको छिमेकी भारत र चीनसँगको सम्बन्ध अत्यन्त घनिष्ठ छ भने पाकिस्तानसँग पनि उत्तिकै राम्रो सम्बन्ध छ। यो मित्रवत् सम्बन्ध सँधै कायम रही रहोस् भन्ने नेपालीको चाहना छ। नेपालमा भएका कुनै काम, कार्वाहीले कसैलाई बाधा अवरोध नहोस् र शंका पनि उत्पन्न नहोस् भन्ने हामी चाहन्छौँ।

७. नेपाल एक स्वतन्त्र र सार्वभौम सम्पन्न राष्ट्र हो। एतिहासिक कालदेखि नै यो सार्वभौम र स्वतन्त्र रही आएको छ र यस्तै अवस्थामा रहन चाहन्छ। यो देश असंलग्न रहन चाहन्छ। आफ्नो देशबाट कहिँ, कसैलाई हानी, नोक्सानी नहोस् र शंकास्पद काम नहोस् भन्ने चाहन्छ। यो सड्ढटको घडीमा सबैले निष्पक्ष रही मानवताको नाताले काम गरुन् भन्ने हाम्रो चाहना छ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width