अन्तर्राष्ट्रिय मानवअधिकार दिवस

सम्पादक
मंसिर २४, २०७१

१. आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस। आज जताततै मानव अधिकारका सम्बन्धमा चर्चा परिचर्चा हुन्छ। प्रतिवेदन प्रकाशित गरिन्छ। गोष्ठी र सेमिनारको आयोजना गरिन्छ। यो दिवसको महत्त्वका सम्बन्धमा वक्ताहरूले बोल्ने गर्दछन् र मानव अधिकारको आवश्यकता र औचित्यता माथि जोड दिएर कार्यक्रम सकिन्छ।

२. मानव अधिकार मानिसको नैर्सर्गिक अधिकार हो। यो अधिकार प्राप्त हुनुपर्ने सम्बन्धमा सबैले बोल्ने गर्दछन्। तर मानव अधिकार हनन भएका थुप्रै घटना भएका देखिन्छन्। संयुक्त राष्ट्रसङ्घ लगायत विश्वका विभिन्न सङ्घसंस्थाहरूले मानव अधिकारमा जोड दिने गरेका छन् तर स्थितिमा खासै सुधार भएको छैन।

३. प्रजातान्त्रिक मुलुकमा मानव अधिकार आयोग राख्ने पनि चलन छ। हाम्रै देशमा पनि मानव अधिकार आयोगको संवैधानिक व्यवस्था छ। तर त्यो आयोग त्यत्ति प्रभावकारी भएको देखिँदैन। आयोगले कतै मानव अधिकार हनन् भएको घटना उल्लेख गरी दोषीलाई कारबाहीका लागि लेखापढी गर्दछ। तर त्यसको कार्यान्वयन यहाँ विरलै हुन्छ।

४. अदालतबाट ज्यान सजायँ पाएका मानिस पनि यहाँ खुलेआम हिँड्ने गर्दछन्। अपराधी पक्राउ गर्न आमरण अनसन बसेर पनि नभएको घटना यहीँ छन्। मानिस आमरण अनसन बसेर ज्यान गयो तर अपराधी पक्रिएन। मानव अधिकारको यो दयनीय अवस्था हो।

५. आजकै दिन महिला हिंसाको विरोधमा सञ्चालित १६ दिने अभियानको अन्तिम दिन पनि हो। यो १६ दिने अभियान महिलाहरूले विभिन्न कार्यक्रम राखी मनाउँदै आएका छन्। उनीहरूले ठूल्ठूलो स्वरले कराउन त थालेका छन् तर सम्बद्ध पक्षहरूले त्यो स्वर सुनेर पनि नसुनेझैं गरी बसिरहेका छन्।

६. अहिले पनि पितृप्रधान समाज भनेर प्रष्ट देखाउने चलन छ। १६ दिने अभियानकै बेलामा पनि महिला हिंसाका घटना भएको समाचार आइरहेका छन्। त्यो हिंसाको विरोधमा केही महिलाले उजुरी पनि गर्दछन्। तर त्यस्तो उजुरीलाई कतै वास्ता नगर्ने, कतै ज्यादै ठूलो केश भएको छ भने त्यसलाई मिलापत्र गरि फर्काउने गरिन्छन्। प्रशासनको यस्तो रवैयाले गर्दा शिक्षित महिलाहरू पनि चुरिने र कुटिने भएका छन्।

७. मानव अधिकार हनन गर्नेमाथि उचित कारबाही भएको छैन। अपराध अनुसारको सजायँ नभएकाले अपराधीहरू प्रत्यक्ष अप्रत्यक्ष प्रोत्साहित भएका छन्। जसले गर्दा यस्तो घटना हुन सकेको छैन। मानव अधिकारका लागि वकालत गर्ने सङ्घसंस्था एवं आयोगमा बस्नेहरू अब बढी संवेदनशील हुनुपर्दछ र मानव अधिकार उल्लङ्घनकर्ताहरूलाई सजायँ दिलाउन निरन्तर प्रयास गर्नुपर्दछ र त्यसको अनुशरण गरिरहनुपर्दछ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width