१. वैशाख १२ गते र २९ गते गएको विनाशकारी भूकम्पले धनजनको अपार क्षति गरेको छ। त्यो भूकम्पको क्रममा गएको पराकम्पनहरूले सबैलाई त्रसित पारेका छन्। मानिसहरू यत्ति डराएका छन् कि एउटा ट्रक बस आए पनि र कहिलेकाहीँ रुखको पात हल्लिए पनि भूकम्प आएको जस्तो भएको छ।
२. यस किसिमले भयभीत भएको नेपाली मानसिकतालाई बीचबीचमा गरिने अनर्गल हल्ला र प्रचारले समस्यामाथि समस्या थपिएको छ र कमजोर हृदयलाई अरु कमजोर पारेको छ। समयको क्रमले यस्ता हल्लाहरू असत्य र अवास्तविक सावित गरिसकेको छ। तैपनि कमजोर मनन नै हो- साँच्चै भइहाल्छ कि भनेर डराउने गरेका छन्।
३. नेपालमा गएको भूकम्पले धेरै मानिसको मानसिक र मनोवैज्ञानिक स्थितिलाई प्रभाव पारेको छ। कोही टोलाइरहने गर्दछन् भने कोही जेमा पनि शंकाको दृष्टिले हेर्ने गर्दछन्। जो देखे पनि डराउनेहरू पनि छन्। कतिको मुटुमा नै प्रभाव पारेको छ। ठूलो स्वर सुनेपछि झस्कने र तर्सनेहरू धेरै छन्।
४. समाजमा यस्तो स्थिति भएकोले धार्मिक क्षेत्रमा लागेकाहरूले योग र ध्यान सिकाएर उनीहरूको आत्मबल बढाउने गरेका छन् भने चिकित्सक र मनोचिकित्सकहरू आफ्नै किसिमले उपचार गरिरहेका छन्। स्कुलका शिक्षकहरूले आफ्ना छात्रछात्रालाई त्यो त्रासदीबाट उनीहरूको मन परिवर्तन गर्न नाचगान र खेलकुदमा जोड दिँदैछन्।
५. तैपनि विद्यालयहरूमा विद्यार्थीको उपस्थिति बढ्न सकेको छैन। विद्यार्थीहरू विद्यालय जान डराउँछन्। उनीहरूमध्ये केहीले आज त भूकम्प आउछ रे नि भन्छन्। बालकहरूको मुखबाट त्यस्तो शब्द निस्केपछि आमा बाबुले पनि आज नजाऊ त भैगो भन्ने गरेका छन्। विद्यालय परिवार आफै हैरान भएको छ।
६. यस्तो अनर्गल हल्लाले के कति नोक्सान भएको छ, त्यसको मूल्याड्ढन त भएको छैन, तर यसले धेरै नोक्सान गरेको छ। नेपाली जनजीवनलाई र निराश तुल्याएको छ। समाजलाई यस्तो बनाउँदा कसलाई फाइदा हुन्छ। त्यो अनर्गल हल्ला गर्नेहरूले सोच्नुपर्ने हो।
७. भूकम्प सम्बन्धमा त्यसरी हल्ला गर्नेहरूले गरेको भविष्यवाणी कहिले मिलेको छैन। कुनै पनि ज्योतिष शास्त्रले र विज्ञानले पनि यस विषयमा तोकेर भन्न सकेको छैन। त्यसरी भन्न सक्ने भए वैशाख १२ पूर्व किन कसैले त्यो भविष्यवाणी गरेन – एउटा घटना भएपछि अनि त्यसरी अनर्गल हल्ला गर्नेहरूले बिनाप्रमाण र बिनाआधार भविष्यवाणी गर्छन्। जसबाट पीडित सर्वसाधारण सशंकित हुन्छन्, भयभीत हुन्छन्। हरेक दृष्टिबाट कमजोर, निराश र अशक्त प्राय भएकालाई अरु कमजोर पार्दछन्। यस्तो गर्नु कदापि उचित होइन। यो एक किसिमको अन्धविश्वास हो। यसलाई कदापि प्रश्रय दिनुहुँदैन। सरकार र समाजका अगुवाहरूले पनि यसमा गम्भीर भएर सोच्नुपर्दछ र त्यस्तो कुराको बेलैमा खण्डन गरी जनतालाई आश्वस्त पार्नुपर्दछ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
एकातिर खोला, अर्कैतिर पुल
ढुंगाबालुवा चोरी निकासीमा संलग्न ५ गाडी नियन्त्रण
जेठ ६, २०८१एमाले मुस्ताङको अध्यक्षमा दीपक लालचन
जेठ ६, २०८१काम चलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको आधारपत्र परिमार्जन, पाण्डे सरकारले तय गरेको सोच समेत फेरियो
जेठ ६, २०८१एचआइभी संक्रमणले पढाइबाट वञ्चित
जेठ ५, २०८१उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
जेठ ५, २०८१