अति भयो सवारी दुर्घटना

सम्पादक
मंसिर २५, २०७१

१. नेपालमा सवारी  दुर्घटनाको क्रम यति बढेको छ कि कतिपय मानिस अलि लामो यात्रामा जान नै डराएका छन्।  दशैँ यता बस, ट्रक, जीप, मोटरसाइकल दुर्घटना अत्यधिक मात्रामा भएको छ। दुर्घटना पनि स-सानो होइन, दर्जनौ मानिसको ज्यान जाने गरी भएका छन्। जसले मानिसमा अथाह त्रास बढेको छ।

२. जाजरकोटको सदरमुकामबाट सुखेतको लागि छुटेको बस जाजरकोटको भीरबाट सीधै खस्दा करिब ५० जनाको ज्यान गएको छ। त्यहाँ केही मानिस अझै पनि हराइरहेको बताइएको छ।  त्यस बसमा कति मानिस चढेका थिए भने अझ सम्म्ा कसैले भन्न सकेका छैनन्।

३. त्यसपछि पनि एक-दुर्इ दिन फरक गरेर बसहरु दुर्घटनामा परेका छन् र मानिस दुर्घटनाको शिकार भएका छन्। एक अपुष्ट रिपोर्ट अनुसार दिनको चारजनाको दरले दुर्घटनामा मर्ने गरेका छन्। दुर्घटनामा परी घाइते र अङ्ग-भङ्ग हुनेको सङ्ख्या पनि उत्तिकै हुने गर्दछ।

४. यसबीच, राजधानीमा पनि धेरै दुर्घटना भएका छन्। राजधानीमा दशैं यता प्रहरीले धेरै कर्डाई गरेको समाचार आइरहेकै बेलामा पनि दुर्घटनाको संख्या बढ्दै जानु विडम्बना हो। राजधानीमा स्कुटर चलाउने किशोरीले पनि बसको ठक्करबाट ज्यान गुमाउनु परेको छ।

५. किन यसरी सवारी दुर्घटना भइरहेछ, यसबारे गहिरो अध्ययन गर्नु पर्ने र सवारी दुर्घटना रोक्नु पर्ने आवाज जताततैबाट आइरहेका छन्। दुर्घटनाको कारण कसैले सडकको अवस्था, कसैले चालकको लापरवाही, कसैले सवारी नियमको उल्लङ्घन र कसैले सवारी साधनको अवस्थालाई दिने गरेका छन्।

६. बसमा सिटभन्दा बढी मानिस राख्नु, बस चलाउनु भन्दा पहिले यान्त्रिक गडबडी छ-छैन त्यसको राम्ररी निरीक्षण नगर्नु, सवारी चालकले मादक पदार्थ सेवन गरी गाडी चलाउनु र कतिपय ठाउँमा बसका सह-चालकले चलाएर पनि गाडी दुर्घटना भएको कुरा बाहिर आएको छ।

७. सवारी दुर्घटना अति भएको छ। यो सबैले देखेको र भोगको कुरा हो। यसलाई न्यूनीकरण गर्नु पर्दछ भन्ने सबैका मुखबाट आएको आवाज हो। यसको न्यूनिकरणका लागि क-कसले प्रयास गर्ने त्यो छलफलको कुरा हुन सक्दछ। सबैले आफूले राम्रो गरेको, सकेसम्म गरेको भन्ने गर्दछन्। हामी कहाँ दोष स्वीकार्न कोही पनि तयार हुँदनन्। सबै जस लिन मात्र चाहन्छन्। त्यस कारण हामी छोटकरीमा यत्ति भन्न सक्छौं कि दुर्घटना न्यूनिकरण गर्न सम्बद्ध सबै पक्ष लाग्नु पर्दछ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width