अग्रज पत्रकार उपाध्याय रहेनन्

सम्पादक
माघ २, २०७३

१. अग्रज पत्रकार मणिराज उपाध्यय नेपाली पत्रकार जगतका अविस्मरणीय व्यक्तित्व हुन्। उनले आफ्नो बुढेसकाल र शारीरिक दुर्बलताका कारण पेशागत रुपमा पत्रकारिताबाट टाढा रहे पनि यस क्षेत्रमा कार्यरत पत्रकारहरूलाई सधै सल्लाह, सुझाव र निर्देशन दिने क्रम जारी राखेका थिए। उनलाई सबै पत्रकारले बडो आदर र सम्मानका साथ ‘मणि दाई’ भन्थे। उनको ९४ वर्षको उमेरमा काठमाण्डौमा निधन भयो।

२. मणिराज उपाध्याय पहिलो पुस्ताका पत्रकार थिए। कृष्णप्रसाद भट्टराईको सभापतित्वमा २०१२ सालमा गठित नेपाल पत्रकार संघको उनी संस्थापक सचिव भएका थिए। उनी पत्रकारलाई संस्थागत रुपमा अघि बढ्न सधै प्रेरित गर्दथे। पटक-पटक अस्तित्वको संकटमा परेको संघलाई गतिशील बनाएर अघि लैजान उनले प्रयास गरेका थिए।

३. उनले समाज दैनिक पत्रका दर्ता गरेर आफूलाई पत्रकारिताको क्षेत्रमा प्रस्तुत गरेका थिए। त्यस बेला पत्रिका चलाउनु भनेको फलामको च्यूरा चपाउनुसरह थियो। पत्रिकाका लागि न पूर्वाधार थियो, न वातावरण नै थियो। जनताले पनि त्यसको महत्व बुझेका थिएनन्। पत्रिका पढ्नेको संख्या पनि थिएन। त्यस्तो कठिन अवस्थामा उनले यस क्षेत्रमा हाम फालेका थिए।

४. त्यस बेला नेपालमा प्रजातन्त्र त आएको थियो तर प्रजातान्त्रिक प्रणालीको अभ्यास भएको थिएन। मानिसहरू प्रजातान्त्रिक हक, अधिकारको वकालत त गर्दथे तर अर्काको अधिकारको सम्मान गर्ने भावना विकास भएको थिएन। पत्रकारले केही लेख्यो कि प्रशासनले पुर्र्जी काटेर बोलाउँथे र चित्तबुझ्दो जवाफ पाएन भने थुन्ने आदेश दिइन्थ्यो। वरिष्ठ पत्रकार उपाध्याय पनि त्यसरी पटक-पटक थुनुवामा परेका थिए।

५. २०१७ सालमा पञ्चायती व्यवस्था प्रारम्भ भएपछि प्रजातान्त्रिक हक, अधिकारमा बन्देज लाग्यो। पत्रिकामा सेन्सर गरियो। स्वतन्त्र प्रेस भन्ने नै भएन। स्तुति गानको प्रवृत्ति बढ्यो। पत्रकारहरू दुर्इ खेमामा विभाजित भए। पञ्चायती व्यवस्थाका समर्थकले एउटा पत्रकार संघ सञ्चालन गरे भने त्यसका विपक्षीले अको संघ सञ्चालन गरे।

६. पञ्चायत इतरकाहरुले आफ्नो संघको अस्तित्व कायम राख्न ज्यादै मुस्किल परेको बेला थियो त्यो। त्यस्तो संकटको बेला उनी नेपाल पत्रकार संघको सभापति बनेका थिए। उनको नेतृत्वले पत्रकारलाई नैतिक साहस दिएको थियो। त्यो पञ्चायतको अन्तिम बेला थियो र जहाँ जे कुरा पनि निर्णायक किसिमले गर्नु पथ्यो। ज्यादति बढ्दै गएको थियो। त्यस बेला निडरता र बुद्धिमत्ताको ज्यादै खाँचो थियो। जुन कुरा पत्रकार र देशले उनीबाट पाएका थिए।

७. पञ्चायतमा बहुदलीय व्यवस्थाको पुनःस्र्थापना गर्न पत्रकारको भूमिकाको सर्वदा प्रशंसा गरिएको थियो। त्यसमा उनको नेतृत्वलाई महत्वपूर्ण मानिएको थियो। उनको समाचार सम्पादन उल्लेख्य मानिन्थ्यो। उनको सम्पादकीय सबैले हेर्ने गर्दथे। उनी सबैसँग मित्रवत् व्यवहार गर्दथे। नव आगन्तुकलाई प्रेरणा र प्रोत्साहन दिन्थे। उनी कुशल थिए, भद्र थिए र सबैसँग शालीनताको व्यवहार गर्दथे। उनको निधनबाट हामीले एक प्रजातान्त्रिक योद्धा गुमाएका छौं। एउटा युगको अन्त भएको छ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width