१. नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा.) का अध्यक्ष के.पी.शर्मा ओलीको नेतृत्वमा गठित सरकारले नेत्रबिक्रम चन्दको नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई प्रतिबन्ध लगाएको छ। एउटा कम्युनिष्ट पार्टीको सरकारले अर्को कम्युनिष्ट पार्टीको गतिविधिमा प्रतिबन्ध लगाएको घटना राजनीतिक वृत्तमा चर्चित भएको छ।
२. नेपाल कम्युनिष्ट पार्टी नामको पार्टीलाई पहिलो पटक २००८ सालमा तत्कालीन सरकारले प्रतिबन्ध लगाएको थियो। त्यसबेलाको सरकारले लगाएको त्यो प्रतिबन्ध लामो समयसम्म आलोचनाको विषय भएको थियो चार वर्ष पछिको सरकारले त्यो प्रतिबन्ध हटाएको इतिहास स्मरणीय छ।
३. तत्कालीन माओवादी पार्टीले सशस्त्र द्वन्द्व गरेको बेला पनि माओवादी पार्टीप्रति सरकारले कठोर कदम चालेको थियो। पछि गिरिजाप्रसाद कोइरालाको नेतृत्वको सरकारले शान्तिवार्ता गरेर त्यो पार्टीलाई राजनीतिको मूलधारमा ल्याएको थियो। आज त्यही माओवादी सम्मिलित नेपाल कम्युनिष्ट पार्टीको सरकारले सत्ता संचालन गरिरहेको छ।
४. विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले एनसेल टावरमा विस्फोट गरेको, चन्दा आतङ्क मच्चाएको कार्यलाई कसैले राम्रो मानेका छैनन्। बम, बारुद, हत्या, आतङ्कको राजनीति अहिले बर्जित छ। तैपनि सत्तारुढ पार्टीकै नेताहरुले पनि कहिलेकाहीँ यस्तो गरिएन भने फेरि अर्को माओवादी जन्मिने धम्की दिने गरेका हुन्।
५. विप्लव माओवादी तत्कालीन माओवादीबाटै अलग्गिएर गएको पार्टी हो। अलग्गिएर गएपछि त्यसका नेताहरु अर्ध भूमिगत किसिमले आफ्नो गतिविधि संचालन गर्दै आएका छन्। सरकारले प्रतिबन्ध लगाएपछि उनीहरु पूर्ण भूमिगत भएकाछन्। प्रहरीले उनीहरुमाथि निगरानी बढाएको छ। केही हतियार पनि बरामद गरेको छ।
६. सरकारले आफूले समयमै प्रतिबन्ध लगाएको जनाएको छ भने सत्तारुढ पार्टीकै वरिष्ठ नेताहरु आफूहरुसँग विचार विमर्श नै नगरी सरकारले गरेको त्यस कार्यलाई अपरिपक्व निर्णय भन्ने गरेका छन्। यो सरकारको काम कुरा यस्तो छ कि त्यसले आवश्यक काम गर्दा पनि अनावश्यक विवाद निम्त्याउने गर्दछ।
७. सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा.) र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी दुवै एउटै स्कूलिङबाट प्रशिक्षित पार्टी हुन्। सिद्धान्त र आदर्शमा तिनीहरुका बीच त्यति भेद छैन। कुनै बेला एकले अर्कालाई सिद्ध्याउने गरी वाक युद्ध गर्ने के.पी. ओली र पुष्पकमल दाहाल एउटै पार्टीमा अटाउन सक्छन भने भोलि विप्लवसँग एकता हुँदैन भन्ने केही छैन। कम्युनिष्ट कम्युनिष्ट नै हुन् उनीहरुको मिलनविन्दु हुन्छ। मिल्नलाई दबाब पनि आउन सक्छ। राजनीतिमा असम्भव भन्ने हुँदैन भन्छन्। हिजोका शत्रु आजका मित्रु , आजका शत्रु भोलिका मित्रु भन्ने गर्दछन्। यी सबै कुरालाई ख्याल गरेर दुवै पक्षले वार्ताको ढोका खुल्ला गरिराख्नु पर्दछ। वार्ताबाटै समस्याको समाधान गर्नु पर्दछ। हतियारको राजनीति गर्नु हुँदैन। निषेधको राजनीति पनि दुबै पक्षले त्याग्नु पर्दछ। लोकतन्त्रमा कसैले कसैलाई निषेध गर्नु हुँदैन। सबै पक्ष अटाउने व्यवस्था नै लोकतन्त्र हो। लोकतन्त्रको सौन्दर्य नै यही हो। आज हामी लोकतन्त्रमा छाँै भन्ने कुरा दुवै पक्षले राम्ररी बुझ्नु पर्दछ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१