पर्यावरण शब्दले हावापानी (सूर्यको प्रकाश, तापक्रम, वायुमण्डलीय चाप, आर्द्रता, वर्षा), माटोको अवस्था (माटोको जलाशं, माटोभित्रको हावा, माटोको तापक्रम, माटोको कण, माटोको बनौट र जीवाणयुक्त माटो) र भौगोलिक (डाडाकाँडाको उचाइ, भिरालोपन, डाँडा फर्केको दिशा, उपत्यका वा समथर जग्गा) स्थिति भन्ने बुझाउँछ।
‘पोखराको हावापानी कस्तो छ? ’
‘सुन्दर र मनोरम। ’
हावापानी या वातावरण जे भने पनि जवाफ यही हुन्छ। पोखराको प्राकृतिक स्वरुप रमणीय छ भन्दा पनि त्यही कुरो बुझिन्छ। बोलचालको भाषामा हावापानी भन्ने गरिन्छ। तर यस बाहेक पोखराको पर्यावरण रमाइलो छ भन्दा अझ व्यापक अर्थ हुन्छ। हावापानी पर्यावरणकै एक तत्व हो।
पर्यावरण भन्नाले कुनै पनि वनस्पति वा जीव वरपर भएको वातावरणसितको पारस्परिक सम्बन्ध हो। उदाहरणको लागि स्याउ (वनस्पति) चिसो वातावरण हुर्कन्छ, बढ्छ, फुल्छ, फल्छ। स्याउलाई हुर्कन, बढ्न चाहिने अवस्था त्यस वरपर भएको वातावरण त हो तर यसलाई मुस्ताङ्गको पर्यावरणीय अवस्थामा स्याउ खेती राम्रो हुन्छ भन्दा राम्रो हुन्छ।
यसले हावापानी, माटोको अवस्था र भौगोलिक स्थिति (डाँडाकाँडाको भिरालोपन, उचाइ वा उत्तरदक्षिण या पूर्वपश्चिम कता फर्केको भूमि) हो भन्ने बुझाउँछ। तर पोखरामा स्याउ खेती गर्ने हो भने फुल्ने, फल्ने नै हुँदैन अर्थात् खेती हुँदैन। यसको मूल कारण हो पोखरामा स्याउ खेतीका लागि हुने पर्यावरण मिल्दैन्। पर्यावरण मिल्दैन भन्नुको अर्थ हावापानी मात्र नभई माटो र डाडाकाँडाको अवस्था पनि हो।
पर्यावरण शब्दले हावापानी (सूर्यको प्रकाश, तापक्रम, वायुमण्डलीय चाप, आर्द्रता, वर्षा), माटोको अवस्था (माटोको जलाशं, माटोभित्रको हावा, माटोको तापक्रम, माटोको कण, माटोको बनौट र जीवाणयुक्त माटो) र भौगोलिक (डाडाकाँडाको उचाइ, भिरालोपन, डाँडा फर्केको दिशा, उपत्यका वा समथर जग्गा) स्थिति भन्ने बुझाउँछ। पर्यावरणका अवयवहरु यस प्रकार छन्।
हावापानीः हावापानी भन्नाले हावा र पानी मात्र नभइ अन्य अजैविक तत्वहरु पनि बुझिन्छ। सूर्यको प्रकाश, तापक्रम, आद्र्रता, बतास, वर्षा, वायुमण्डलीय चाप आदि हावापानी अन्तर्गतकै अवयव हुन्। प्रकाशः सूर्यको प्रकाश हावापानीको एक तत्व हो। प्रकाश बिना जीवन रहन सम्भव छैन। प्रकाशका प्राकृतिक स्रोतहरु धेरै छन्, जस्तैः सूर्यबाट निस्कने उज्यालो, चन्द्रमाको रोशनी, ताराबाट निस्कने प्रकाश र चमकदार जीव जस्तै जुनकीरीबाट निस्कने पिलपिल उज्यालो आदि हुन्। यी मध्ये सबैभन्दा शक्तिशाली प्रकाश सूर्यबाट निस्केको उज्यालो हो। यो वनस्पति तथा जीव हुर्कन बढ्नको लागि अत्यन्त प्रभावकारी हुन्छ। वनस्पतिहरुले सूर्यकिरण प्रयोग गरेर खाना बनाउँदछन्। बोटविरुवाका पातमा पाइने ससाना सूक्ष्म छिद्र जसलाई स्टोमाटा भनेर चिनिन्छ। यो छिद्र स्वतः खुल्ने र बन्द हुन्छ। यसो हुनुमा प्रकाशको भूमिका हुन्छ। दिउँसोको उज्यालोले गर्दा स्टोमाटा खुला रहन्छ भने रातमा स्टोमाटाका छिद्र आफसेआफ बन्द हुन्छ। यसले बोटविरुवाको कोषभित्र रहने हावा बाहिरभित्र गराउन निकै सहज गराउँछ। बोटबिरुवामा हरियो देखिने हरितकण पनि प्रकाशकै माध्यमद्वारा बन्दछ। यति मात्र नभई फुलाउने, फलाउने काममा प्रकाशको आवश्यकता पर्दछ। इन्जाइम तथा हमोर्नलाई उत्पादनमा प्रकाश बिना हुँदैन्।
तापक्रमः भन्नाले तातोपन या चिसोपनको मात्रा हो। यसले मूलतः शरीरभित्र हुने रासायनिक क्रिया (मेटाबालिजम), बृद्धि र विकास, जीव वा वनस्पतिको रंग, जीवहरु छरिएर रहनु वा एकत्रित रहनुमा तापक्रमको उल्लेखनीय प्रभाव पार्दछ। यो परिवर्तनीय तत्व हो, जुन समय, मौसम, अक्षांश, उचाइ, जमिनको ढाल, दिशा, माटोको दिशा आदिसित सम्बन्ध राख्दछ। बोटविरुवाले खाना बनाउने प्रक्रियालाई प्रकाश संश्लेषण क्रिया भनिन्छ। तलमाथि केही तापक्रम भएमा खाना बनाउने दर घटबढ हुन्छ। हमोर्न र इन्जाइम निकाल्न पनि तापक्रमको भूमिका निकै नै हुन्छ। यसले वृद्धि र विकासमा प्रभाव पार्दछ।
केही व्याक्टेरिया, प्रोटोजोवा छोडेर धेरैजसो प्रजातिहरु वनस्पति तथा जीवहरु ५ डिग्री सेल्सियसदेखि ३५ डिग्री सेल्सियससम्म बाँच्ने गर्दछन्। उच्च र कम तापक्रममा जीव तथा वनस्पतिको बृद्धि तथा विकास नै असन्तुलित अवस्थामा हुन्छन्। यसकै आधारमा खासखास किसिमका वनस्पतिहरु जाडो स्थानमा पाइन्छन् भने केही वनस्पतिहरु गर्मी स्थानमा मात्र पाइने गर्दछन्। त्यसरी नै उच्च तापक्रमले जराबाट तानेको पानीदर तीव्र बनाइदिन्छ र उत्सेदन क्रिया छिटोछिटो गराइदिन्छ, श्वासप्रश्वास छिटोछिटो हुन्छ। यसको फलस्वरुप बोटबिरुवा सुक्न थाल्दछ। यति मात्र नभइकन जीवहरुका व्यवहार, सन्तानोत्पत्ति क्रिया, भ्रुणको विकास र मृत्युमा समेत प्रभाव पुर्याउँदछ। बढी तापक्रममा काम गर्दा छालाको रंगमा समेत परिवर्तन आउँछ।
वायुमण्डलीय आर्द्रताः हावामा रहेको चिसोपनलाई आद्र्रता भनिन्छ। जाडो याममा वायुमा धेरै आद्र्रता रहन्छ भने गर्मी याममा कम। आर्द्रता कम भन्नुको अर्थ सुख्खा हुनु हो। यसले पनि वनस्पति तथा प्राणीको जीवनमा धेरै प्रभाव पार्दछ। बढी आद्र्रता छ भने पानी तान्ने क्षमता र उत्सेदन क्रियाको दर घट्दछ। बोटविरुवाले जराबाट तानेको पानी बाहिर वाफको माध्यमद्वारा उडेर जान्छ। यसलाई उत्सेदन क्रिया भनिन्छ। आद्र्रताले वीउबिजन तथा ढुसीहरुका स्पोरहरु उमार्न सहयोग गर्दछ। रुखमाथि उम्रने बोट अर्किड, झ्याऊजस्ता वनस्पतिलाई हुर्कन बढ्न मद्दत गर्दछ।
बतासः वायुमण्डलमा विभिन्न प्रकारका ग्याँस रहेका हुन्छन्। यसमध्ये वायुमा हुने अक्सिजन, कार्वनडाइअक्साइड, नाइट्रोजन आदि ग्याँस बढी हुन्छ। गतिशील अवस्थाको वायुलाई बतास भनिन्छ। यस प्रकारको बतासले बोटविरुवाका फूलमा परागसेचन क्रिया गराउँदछ। फल तथा बीउ, बिजाणुहरु उडाएर लैजाने र अन्यत्र स्थानमा फैलाउने गर्दछ। बतासले हल्लाएका केही झारपातहरु केही हदमा च्याप्टो बन्ने गर्दछन्। मनाङ्ग, मुस्ताङ्गजस्ता बतास चलिरहने स्थानमा सल्लो, धुपीजस्ता रुखहरु बतासले गर्दा अर्को दिशातिर फकेर्र बसेका हुन्छ।
वर्षाः जल बोटविरुवाको लागि अत्यन्तै महत्वपूर्ण हावापानीको तत्व हो। यो प्रकृतिमा शीत, हिउँ वा सिमसिमे पानीको रुपमा पनि हुने गर्दछ। जीव तथा वनस्पतिका वृद्धि र विकासमा यसले ठूलो सहयोग पुर्याउँछ। कम वर्षा हुने स्थानमा सिउँडी, घिउकुमारी, केतुकीजस्ता वनस्पति पाइन्छन्। यस्ता वनस्पतिलाई जेरोफाइटिक प्लान्ट वा सुख्खा स्थानमा हुने वनस्पति भनिन्छ। राम्रो वर्षा हुने स्थानमा उष्ण प्रदेशीय जंगल पाइन्छ। वर्षाले गर्दा वनस्पतिको स्वरुप नै बदलिन्छ।
माटोसम्बन्धी तत्व पृथ्वीको माथिल्लो भागको कार्वनिक पदार्थयुक्त सूक्ष्म जीवाणु बाँच्न र वनस्पति उम्रन सक्ने आधार भागलाई माटो भनिन्छ। यसले बोटविरुवालाई पौष्टिक तत्व र पानी उपलब्ध गराउँछ। माटोमा भएको जलांशले बोटविरुवामा जल प्रदान गर्दछ। माटोमा भएको हावाले जरामा हावा खेल्न, बीउ उमार्न, सूक्ष्मजीवाणुलाई बचाइ राख्न मद्दत गर्दछ। त्यसरी नै माटोमा पनि निश्चित तापक्रम हुनुपर्दछ। यसले बोटविरुवा र सूक्ष्म जीवाणुको जीवन्त बनाउँछ र राम्रोसित हुर्कनबढ्न सहज गराउँछ। यसका साथसाथै ज्यादै चिसो र खँदिलो माटोले जरामा चोट पुर्याउँछ। यस अवस्थामा हिलो बढी मात्रामा हुने माटोमा हुने गर्दछ। बलौटे, हिलो, रातो, गेंग्रान, ग्रेभाल भएको आदि माटाका प्रकार हुन्।
भौगोलिक तत्वः पृथ्वीको धरातलीय स्थिति भौगोलिक तत्वमा पर्दछ। यस अन्तर्गत उचाइ, पर्वतको भिरालोपन, डाँडाकाँडाको दिशाले वनस्पति फस्टाउन समेत ठूलो भूमिका खेल्दछ।
उचाइः जति माथिमाथि उचाइमा पुगिन्छ, त्यति नै कम तापक्रम हुन्छ। लगभग १६५ मिटर माथि पुगेपछि १ डिग्री सेल्सियसको दरले तापक्रम घट्दै जान्छ। उच्च पहाडी भेगमा वायुको तीव्रता बढी हुने, निम्न वायुमण्डलीय चाप रहने, धेरै आद्रता हुने र वर्षा कम हुने हुन्छ। जति माथिको उचाइ हुन्छ, वनस्पति पनि त्यसै अनुसार कमकम मात्रामा फैलिएको हुन्छ। यसरी उचाइले वनस्पतिको मात्रा निर्धारण गर्दछ ।
पर्वतको दिशाः हरेक डाँडाकाँडाका उत्तरी भाग या दक्षिणी भाग वा पूर्वीभाग या पश्चिमी भाग गरी दुई भाग हुन्छ। डाँडाकाँडा फर्केको आधारमा पनि वनस्पति फरक पर्दछन्। दक्षिणी भागतिर फर्केको भूभागमा बढी लामो समयसम्म सूर्यको प्रकाश रहन्छ र बढी मात्रामा वर्षा हुन्छ। त्यसैले यस क्षेत्रमा राम्रोसित वनस्पति हुर्के बढेको हुन्छ।
तर उत्तरी क्षेत्रमा सूर्यको प्रकाश अल्लि कम अवधिमा लाग्ने र हिमालतिर फर्केको भागमा केही चिसो हुने हुँदा वर्षा पनि कम मात्रामा हुन्छ। तसर्थ यस भूभागमा कम मात्रामा बोटविरुवा हुन्छन्। घाम कम मात्रामा लाग्नेतिर उन्यू जातिका प्रजातिहरु बढी मात्रामा देखिन्छन्।
डाँडाकाँडाका भिरालोपनः जुन डाँडाकाँडा बढी मात्रामा भिरालो हुन्छ, त्यतापट्टिको भागमा कम वनस्पति हुन्छ। जहाँ कम मात्रामा भिरालो हुन्छ, त्यतापट्टिको भागमा बढी वनस्पति हुन्छ। बढी भिरालो जमीनमा भूक्षय, पहिरो र पानी पनि यथेष्ट मात्रामा पाउन सक्दैनन्। त्यसरी नै रुखहरु पनि बढी गहिराइसम्म जान सक्दैनन् र रुखहरु ढल्ने हुन्छन्।
समग्रमा भन्दा हावापानी र पर्यावरण शाब्दिक अर्थमै फरक छन्। हावापानीले वायुमण्डलीय अवस्थालाई प्रतिनिधित्व गर्दछ भने पर्यावरणले यो सहित माटो र डाँडाकाँडाको अवस्था समेत प्रतिनिधित्व गर्दछ।
Related News
सम्बन्धित समाचार
कास्की कांग्रेसको शिखर पुरूषको अवसान
जून ओर्लेको रात र त्यसको आलोक
नयाँ बिहानी: आदर्श समाजको २९ औं वर्ष
गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका ४ वर्ष र आगामी कार्यदिशा
राणा कालमै हलो जोत्ने क्रान्तिकारी पं. मुक्तिनाथ
hero news full width
मुख्य समाचार
ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
वैशाख २४, २०८१सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
वैशाख २४, २०८१मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
वैशाख २४, २०८१