गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले प्रदेशका सबै ११ जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग बुधबार भिडियो कन्फरेन्स गरेका छन् । मुलुकका ७ प्रदेशमध्ये गण्डकीका मुख्यमन्त्रीले सम्बन्धित जिल्लाका प्रजिअसँग यसरी मंगलबार गरेको छलफल पहिलो हो।
मुख्यमन्त्रीका प्रेस संयोजक विक्रम न्यौपानेले कोरोना भाइरस जोखिम न्यूनीकरण गर्दै लकडाउनका बेला प्रदेशका सबै जिल्लाले साझा धारणा बनाउँदै अघि बढ्न मुख्यमन्त्री कन्फरेन्समा जुट्नुभएको जानकारी दिए।
न्यौपानेका अनुसार गण्डकीमा हालसम्म कोरोना रोकथामको उपाय सन्तोषजनक रहेको र आगामी दिनमा थप के गर्न सकिन्छ भन्नेबारे सबै जिल्लाका प्रजिअले सम्बन्धित जिल्लाको बारेमा ब्रिफिङ गरेका थिए । बुधबार बिहान ११ बजेदेखि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेर मुख्यमन्त्रीले गरेको सुरु गरेको कन्फरेन्समा मुस्ताङका प्रजिअ हुँदै ब्रिफिङ कास्कीमा प्रजिअसम्म आइपुगेर टुंगिएको थियो ।
करिब ३ घण्टासम्म चलेको सो छलफलमा लकडाउनका बेला भर्जिन ठाउँमा कृषि उपज, उत्पादनमूलक तथा हाइड्रोपावर लगायतमा सामाजिक दुरी कायम गर्दै काम जारी राख्न सकिनेबारे छलफल भएको थियो । यसरी काम अघि बढाउँदा संक्रमण जोखिमलाई ध्यान दिँदै बाहिरबाट कोही पनि मानिसलाई भित्र जान नदिइने र भित्र रहेका पनि बाहिर जान नपाउने उपाय अवलम्बन गर्नुपर्नेमा सचेतना अपनाइनेछ।
जिल्लाको शान्तिसुरक्षा समेत यतिबेला सन्तोषजनक रहेको प्रजिअहरुले बताएका थिए । यस्तै, कास्की सहित स्याङ्जा, पर्वत, लमजुङ, गोरखा, म्याग्दी जिल्ला कोरोना संक्रमण हुन नदिन थालिएको कदम सन्तोषजनक रहेको बताइयो ।
स्याङ्जाका प्रजिअले आफूकहाँ पर्सनल प्रोटेक्टिभ इक्प्युमेन्ट (पीपीई) पर्याप्त रहेको र आफूले अन्य जिल्लालाई पनि पठाउन सक्ने बताएका थिए । प्रदेशभित्र क्वारेन्टाइनमा बसेकाहरुलाई कम्तिमा २१ दिनसम्म राख्नुपर्ने विषयमा पनि छलफल भएको थियो।
कन्फरेन्समा कास्की सहित लमजुङ, म्याग्दी, पर्वत, बागलुङ, स्याङ्जा, मनाङ, मुस्ताङ, गोरखा, तनहुँ, नवलपुर जिल्लाका प्रजिअहरु मुख्यमन्त्रीसँग जोडिएका थिए ।
गण्डकीमा हालसम्म २ जना महिलालाई कोरोनाको संक्रमण भेटिएको छ । ४ सय २१ जनाको पीसीआर टेष्टका लागि स्वाब संकलन गरिएकोमा ४ सय १३ जनाको रिपोर्ट नेगेटिभ आएको छ । ६ जनाको नतिजा आउन बाँकी छ । प्रदेशमा हालसम्म ३ हजार १ सय ७ जनाको ¥यापिड डायनोस्टिक टेस्ट (आरडीटी) किट परीक्षण गरिएको छ।
Related News
सम्बन्धित समाचार
सार्वजनिक लेखा समितिमा बहस: बजेटमा फिक्सिङ भयो
सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’
राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु
जनप्रियको वार्षिकोत्सवमा सम्मान
खेलकुद पत्रकार मञ्च गण्डकीमा एमबि आस्था निर्वाचित
hero news full width
मुख्य समाचार
पुम्दीकोटमा धार्मिक महोत्सवको तयारी
बयानपछि लामिछानेलाई परिवारको जिम्मा
माघ १०, २०८१गण्डकी प्रदेशका पत्रकारलाई धितोपत्र बजार र वस्तु विनिमय बजारसम्बन्धी तालिम
माघ ९, २०८१सुरक्षा माग्दै वडाका जनप्रतिनिधि प्रहरीमा
माघ ९, २०८१पाेखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव
माघ ८, २०८१सूर्यदर्शन सहकारी ठगी : धरौटीमा छुटेकालाई थुनामा पठाउन उच्चमा निवेदन
माघ ८, २०८१