नेपाल सरकारद्वारा वैशाख ३ गतेसम्म लकडाउन गर्ने निर्णय

Avatar आदर्श समाज सम्वाददाता
चैत्र २४, २०७६
RSS_Cabinet_Meeting_2076-12-24(2)

फाइल फाेटाे

पोखरा, २४ चैत । नेपाल सरकारले जारी लकडाउनलाई वैशाख ३ गतेसम्म थप गर्ने निर्णय गरेको छ । सोमबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले दुई हप्तादेखि जारी लकडाउन वैशाख ३ गतेसम्म थप गर्ने निर्णय गरेको हो ।

यस अघि सरकारलाई सुदुर पश्चिम प्रदेश सरकार र कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समितिले लकडाउन लम्ब्याउन सिफारिस गरेका थिए । चैत ११ गतेदेखि १८ गतेसम्म लागु गरिएको लकडाउन चैत १८ देखि २५ सम्म पहिलो पटक र २५ देखि ३ गेतसम्म दोस्रो पटक लम्ब्याउने निर्णय सरकारले गरेको हो । अन्तराष्ट्रिय हवाई उडान पनि बैशाख ३ सम्म रोक्ने निर्णय सरकारले पहिले नै गरिसकेको छ ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    मुख्य समाचार

    sanil ads

    wordlink ads