विभिन्न मुलुकले आफ्ना नागरिकलाई फिर्ता लैजाने क्रम जारी

rss रासस
चैत्र १५, २०७६
4-copy_1535508530-1000×0

कोभिड–१९ को सङ्क्रमण्ण फैलन नदिन सरकारले चैत ११ देखि १८ गतेसम्म देशभर लकडाउन गरेको अवधिमा विभिन्न परिस्थितिमा नेपालमा रोकिएका विदेशी नागरिकको उद्धार तथा सम्बन्धित मुलुकमा फर्काउने काम भइरहेको छ ।

विभिन्न मुलुकका नेपालस्थित दूतावासले परराष्ट्र मन्त्रालयसँगको समन्वयमा आफ्ना नागरिकलाई फिर्ता लैजान शुरु गरेका हुन् । शुक्रबार कतार एयरको चार्टर्ड उडानबाट फ्रेन्ससहित युरोपका ३०४ नागरिक स्वदेश फर्किएका थिए । आज पनि कतार एयरवेजको दुई उडानबाट विदेशी नागरिक स्वदेश जाँदैछन् ।

नेपालमा झण्डै १० हजार पर्यटकले प्रवेशाज्ञा थपेर बसेका छन् । कतिपय पर्यटक भने विभिन्न पर्यटकीय गन्तव्यमा रोकिएका छन् । लुक्ला, जोमसोम, पोखरालगायत गन्तव्यबाट पर्यटकलाई जहाजबाट उद्धार गरी काठमाडौँ ल्याएर सम्बन्धित मुलुकमा पठाउने काम भइरहेको छ ।

यसैबीच नेपालका विभिन्न स्थानमा रहेका पर्यटकको खोजी, उद्धार तथा पर्यटकको सङ्ख्या व्यवस्थापनमा नेपाल पर्यटन बोर्ड खटिएको छ । बोर्डले शुक्रबार सूचना जारी गरी कुन मुलुकका नागरिक कुन स्थानमा छन् जो कोहीले विवरण उपलब्ध गराइदिन अनुरोध गरेको थियो । बोर्डका प्रमुख कार्यकारी अधिकृत डा धनन्जय रेग्मीले नेपालमा रोकिएका पर्यटकको उद्धार गरी उनीहरुको मुलुक फर्काउने कार्य धमाधम भइरहेको राससलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार नेपालका विभिन्न गन्तव्यबाट अहिले ५२६ पर्यटकको उद्धार गर्नुपर्नेछ । तीमध्ये २२६ जनाको शुक्रबार उद्धार गरिएको छ । आज माउण्टेन उडानमार्फत १०० जनाको उद्धार गरी काठमाडौँ ल्याइनेछ । यस्तै पोखरामा रोकिएका ३०० पर्यटकलाई जहाजमार्फत काठमाडौँ ल्याइने तथा जोमसोमबाट ६० जना पर्यटकलाई काठमाडौँ ल्याइनेछ । नेपालमा कति सङ्ख्यामा पर्यटक रोकिएका छन् उनीहरुको यकिन विवरण आज साँझसम्म आउने बोर्डले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

    • सहरी क्षेत्रका विद्यालय बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय

      Avatar आदर्श समाज सम्वाददाता वैशाख ६, २०७८
      पोखरा । सरकारले सहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ। सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रमुख सहरी…
    • Avatar आदर्श समाज सम्वाददाता वैशाख ६, २०७८
      संघीय संसद अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय पोखरा ।  सरकारले संसदको हिउँदे अधिवेशन अन्त्यको सिफारिस गरेको छ। बालुवाटारमा सोमबार बिहान…
    • मन्त्रिपरिषद् बैठक बस्दै, बन्द होलान् त मुलुकभरका विद्यालय

      Avatar आदर्श समाज सम्वाददाता वैशाख ६, २०७८
      पोखरा । कोरोना नियन्त्रण र समसामयिक वियषका बारेमा निर्णय गर्न  मन्त्रिपरिषद् बैठक बालुवाटारमा बस्दै छ। आजको मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमण…
    • आज र भोलि देशभर भिटामिन ए खुवाइँदै

      Avatar आदर्श समाज सम्वाददाता वैशाख ६, २०७८
      पोखरा । सरकारले देशभर आज र भोलि राष्ट्रिय भिटामिन कार्यक्रमअन्तर्गत बालबालिकालाई ‘ए’ खुवाउँदैछ। दोस्रो चरणअन्तरर्गत वैशाख ६ र ७ मा…
    • भेडीगोठमा झलल बिजुली, सरर्र मोटर

      Avatar आदर्श समाज सम्वाददाता वैशाख ६, २०७८
      लमजुङ । बेलायती सेनामा छाती नाप्न जानु अघि मजनबहादुर गुरुङलाई लागेको थिएन आफ्नो गाउँमा यति धेरै विकास होला । जन्मे,…

    hero news full width

    sanil ads

    wordlink ads