चलचित्र पत्रकार संघमा सिटौला

आदर्श समाज सम्वाददाता
चैत्र ४, २०७६
film

पोखरा । चलचित्र पत्रकार संघको अध्यक्षमा दिनेश सिटौला निर्वाचित भएका छन्। काठमाडांैमा सोमबार सम्पन्न निर्वाचनमा उनले अध्यक्षका प्रत्यासी डब्बु क्षेत्री, अनिल यादव र गीता अधिकारीलाई पराजित गर्दै निर्वाचित भएका हुन् ।

विजयी सिटौलाले कुल खसेको १ सय ३८ मतमध्ये ७०, क्षेत्रीले ३९, यादव र अधिकारीले १४–१४ मत प्राप्त गरेको जनाइएको छ । उपाध्यक्ष कार्यक्रममा जीवन पराजुली, उपाध्यक्ष महिला दीपज्योति थापा र उपाध्यक्ष संगठनमा कुवेर डंगोल निर्विरोध भएका थिए। उपाध्यक्ष कार्यक्रममा जीवनले कुवेर गिरीलाई पराजित गरेका हुन् ।

महासचिवमा समीर बलामी निर्वाचित भए । उनले समीर बलामीलाई हराए । सचिव रघुनाथ सापकोटा, सचिव (समावेशी) मा विशाल हसिन राई, कोषाध्यक्षमा प्रदीप कार्की र सह–कोषाध्यक्षमा विनोद पोखरेल निर्वाचित भए।सदस्यमा दीपक गुरुङ (समावेशी) र सुरक्षा भट्टराई (महिला) निर्विरोध भएका थिए। आशीष ओली, गोपी कृष्ण चापागाई, मिलन ढुङ्गाना, मनिष अञ्जान, नवीन गिरी र सृष्टि पोखरेल निर्वाचित भए ।

Related News

सम्बन्धित समाचार

  • स्मृतिहरु नै बेचिन थालेपछि…

    आदर्श समाज सम्वाददाता वैशाख १०, २०८१
    पोखरा । ‘म गीता छोएर भन्न सक्छु, सम्झना भन्ने केटीसित मेरो जीवनकालमा कतै भेट भएकै छैन,’ नाटकको मुख्यपात्र (लक्ष्मण डुम्रे)…
  • ‘मनसरा’ बाट आशावादी मिरुना

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । बहुप्रतिक्षित नेपाली फिल्म ‘मनसरा’ २१ वैशाखदेखि प्रदर्शन तयारी छ । फिल्म लेखक तथा निर्देशक उपेन्द्र सुव्वा फिल्म युनिटसहित…
  • पाइन खबर साँझमा हरिदेवीका गीत

    आदर्श समाज सम्वाददाता चैत्र ९, २०८०
    पोखरा ।  ‘घरको मालिक परदेशमा गएको,                धेरै भयो केही खबर नपाको    …
  • अभिनेता एकै किसिमको भूमिकामा सीमित हुनु हुँदैन : अभिनेता आचार्य   

    आदर्श समाज सम्वाददाता फागुन २८, २०८०
    काठमाडौं ।  गत वर्ष प्रदर्शन भएको नेपाली चलचित्र ‘महापुरुष’ मार्फत अभिनेता हरिवंश आचार्य नेपाल सरकारकोतर्फबाट अभिनेतालाई प्रदान गरिने राष्ट्रिय चलचित्र…
  • पृथक निर्देशन र छायांकनको ‘रंगेली’   

    आदर्श समाज सम्वाददाता फागुन २८, २०८०
    काठमाडौं ।  शक्ति र प्रभावको द्वन्द्व र संवादमा केन्द्रित नेपाली कथानक चलचित्र ‘रङ्गेली’ अहिले प्रदर्शनमा रहेको छ । निर्देशक अर्जुन…

hero news full width