एकल साँझमा सुमन भक्कानिँदा

आदर्श समाज सम्वाददाता
चैत्र २, २०७६

-चिरीच्याट्ट परेर स्टेज उक्लिएपछि सुमनले आफूलाई एकल साँझको अवसर दिएको भन्दै सबैप्रति आभार व्यक्त गरे । ‘जुनसुकै स्रष्टाको सपना एकल साँझ हुन्छ, मलाई अवसर जुटाउने सप्तरंगी सांस्कृतिक प्रतिष्ठान नेपाल लगायत सबैप्रति हार्दिक आभार व्यक्त गर्दछु ।’ यसो भन्दै आफ्ना अनन्य मित्र बीबी अनुरागीको नाम लिँदा उनी भक्कानिए । पोखरा उद्योग वाणिज्य संघको सभाहलमा शुक्रबार साँझ आयोजित ‘सुमन श्रापित एकल सांगीतिक साँझ–२०७६’ को शुरुवाती दृष्य थियो, यो । सुमन भावुक बन्दा हलमा उपस्थित दर्शकमा समेत मौनता छायो ।

गीतकार, साहित्यकार तथा पत्रकार सुमन श्रापितले सो सन्नाट्टा विस्तारै चिर्दै ‘अब कसैले गल्ति नगरौं…’ भन्दै सांगीतिक माहोलको दैलो उघारो । त्यसअघि उनले आफ्नो गाउँ बागलुङको तित्याङलाई गीतमा ढाले । कार्यक्रममा बीबी अनुरागी मुख्य प्रस्तोता थिए । अनुरागीसहित एकल साँझमा गायक–गायिकाले सुमनका डेढ दर्जन गीत पस्के । राष्ट्रभक्ति भावको ‘अब कसैले गल्ति नगरौंपछि..’, ‘बादल फाटेको बेला, हिमाल खुलेको जस्तै…’ बोेलको गीत प्रस्तुत भयो । त्यसपछि क्रमशः ‘मेरो धड्कन तिमी…’, ‘कहिले साँझ, कहिले रंगीन..’, ‘टलक–टलक टल्किने..’, ‘तिम्रो मधुर मुस्कान…’, ‘कहिले ओराली…’, ‘दिलराजा दिलरानी…,’ ‘मेरी पियारी..’, ‘तिमीलाई त जहाजमा…’, ‘आमाबाट सिकेँ मैले…’, ‘जसलाई मुटुको अंश ठानेकी थिएँ…’, ‘तिमीलाई देख्नेबित्तिकै..’, ‘काली–काली दिलवाली..’, अच्छा लेकिन क्या बात…’, ‘पूर्वबाट पश्चिममा आयौ..’ हुँदै ‘सिरीमा सिरी…’ गीतमा आएर टुंगिएको थियो ।

कार्यक्रममा अनुरागीसहित स्मृति शाही, अर्जुन सुनाम, सुनिता दुलाल, जीवन परियार, तुलसा क्षत्री, इन्दु बानियाँ, कल्पना गौतम, सूचना गैह्रे, रुपेश भण्डारी, योगेश गौतम, सरिता शाहीले सुमनका गीत सुनाउँदा उपस्थित दर्शकको उस्तै थियो ।लाइभ म्यूजिकको साथमा भएको कार्यक्रममा संगीतमा प्रविन्दर सिंह, राजा मुखिया, रञ्जन गायक, गुप्त गुरुङ, मइपाल लामा, उमेश थापा, सुदीप गायक, तेज केसी, सुमन तामाङ र अमित गुरुङले संगीतमा सघाए ।यसका अलावा गीतकार सुमनले आफ्नो स्थायी ठेगाना बाग्लुङ तित्याङसम्बन्धी गीत समेत आफ्ना आवाजमा सुनाए ।

प्रमुख अतिथि अग्रज गीतकार कालीप्रसाद रिजालले मानिसको अस्तित्वसँगै गीत आएको बताए । उनले पोखरा गीतसंगीतको क्षेत्रमा अगाडि रहेको पनि बताए । प्रतिष्ठान संस्थापक अध्यक्ष एवं मूल आयोजक समिति संयोजक नवराज बरालले कलाकार उपचार सहयोगार्थ हालसम्म हरिदेवी कोइराला, पदमराज ढकाल, दुर्गाबहादुर शाह बाबा र खिम गुरुङ प्हाएआलीको एकल साँझ सम्पन्न भइसकेको जानकारी दिए । कार्यक्रममा प्रतिष्ठान अध्यक्ष पदमराज ढकाल र महासचिव मनकुमार श्रेष्ठ लगायतले बोलेका थिए ।

सो अवसरमा विश्वभर फैलिएको कोरोना भाइरस संक्रमणविरुद्ध सचेतना समेत दिइएको थियो । राजधानीबाहिर रहेर सबैभन्दा बढी गीत रेकर्ड गराउने सुमन बाग्लुङ नगरपालिका–९, तित्याङका हुन् । उनी लामो समयदेखि पोखरामा रहेर सांगीतिक क्षेत्रमा रमाइरहेका छन् । बीबी अनुरागी सङ्गीत घराना काठमाडौं अध्यक्ष, अन्तर्राष्ट्रिय नेपाली गीतसङ्गीत मञ्महासचिव, डागर स्मृति प्रतिष्ठान सचिव, जरोटुप्पो संरक्षण साहित्य समाज, सप्तरङ्गी सांस्कृतिक प्रतिष्ठान लगायत संघसंस्थामा आवद्ध उनी हालसम्म दर्जनौं पुरस्कार तथा सम्मानबाट सम्मानित छन् । २०७४ मा वर्ष गीत पुस्तक पुरस्कारबाट सम्मानित उनले आधा दर्जन फिल्ममा गीत लेखेका छन् भने थुप्रै एल्बम एवं पुस्तक प्रकाशित गरेका छन् । कार्यक्रम सफल पार्न विभिन्न ९ वटा उपसमिति गठन गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

  • स्मृतिहरु नै बेचिन थालेपछि…

    आदर्श समाज सम्वाददाता वैशाख १०, २०८१
    पोखरा । ‘म गीता छोएर भन्न सक्छु, सम्झना भन्ने केटीसित मेरो जीवनकालमा कतै भेट भएकै छैन,’ नाटकको मुख्यपात्र (लक्ष्मण डुम्रे)…
  • ‘मनसरा’ बाट आशावादी मिरुना

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । बहुप्रतिक्षित नेपाली फिल्म ‘मनसरा’ २१ वैशाखदेखि प्रदर्शन तयारी छ । फिल्म लेखक तथा निर्देशक उपेन्द्र सुव्वा फिल्म युनिटसहित…
  • पाइन खबर साँझमा हरिदेवीका गीत

    आदर्श समाज सम्वाददाता चैत्र ९, २०८०
    पोखरा ।  ‘घरको मालिक परदेशमा गएको,                धेरै भयो केही खबर नपाको    …
  • अभिनेता एकै किसिमको भूमिकामा सीमित हुनु हुँदैन : अभिनेता आचार्य   

    आदर्श समाज सम्वाददाता फागुन २८, २०८०
    काठमाडौं ।  गत वर्ष प्रदर्शन भएको नेपाली चलचित्र ‘महापुरुष’ मार्फत अभिनेता हरिवंश आचार्य नेपाल सरकारकोतर्फबाट अभिनेतालाई प्रदान गरिने राष्ट्रिय चलचित्र…
  • पृथक निर्देशन र छायांकनको ‘रंगेली’   

    आदर्श समाज सम्वाददाता फागुन २८, २०८०
    काठमाडौं ।  शक्ति र प्रभावको द्वन्द्व र संवादमा केन्द्रित नेपाली कथानक चलचित्र ‘रङ्गेली’ अहिले प्रदर्शनमा रहेको छ । निर्देशक अर्जुन…

hero news full width