डिफेण्डिङ च्याम्पियन थ्रीस्टारलाई हराउँदै नेपाल पुलिस फाइनलमा

आदर्श समाज सम्वाददाता
फागुन २८, २०७६
173A0844

पोखरा, २८ फागुन । साविक विजेता रुस्लान थ्री स्टार क्लबलाई ३–० को फराकिलो गोलअन्तरले हराउँदै विभागीय नेपाल पुलिस क्लब १८ औं आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ ।

आयोजक सहारा क्लब पोखराले आयोजना गरेको क्याराभानदेखि जारी संस्करणसम्म १८ पटकको सहभागितामा ६ पटकको विजेता पुलिसले १६ औं संस्करणमा समेत थी्रस्टारलाई हराउँदै उपाधिमाथि कब्जा जमाएको थियो ।

प्यारापिटमा उल्लेख्य दर्शकमाझ भएको प्रतियोगिताको पहिलो सेमिफाइनलमा पाँचौ पटकसम्मको विजेता थी्रस्टारको चुनौती पन्छाउन पुलिसका लागि नीरकुमार राईले २ र कप्तान भरत शाहले १ गोलको योगदान दिए ।खेलको ८ औं मिनेटमै कप्तान शाहले गोल गर्दै टिमलाई अग्रता दिएकोमा दोस्रो हाफको ५१ औं र ७२ औं मिनेटमा राईले २ गोल गरेका हुन् ।

थ्रीस्टारले पाहुना टोली गान्तोक सिटी क्लबलाई र पुलिसले आयोजक सहारा क्लबलाई पराउँदै गर्दै आपसी भेट गरेका थिए । प्रतियोगितामा नीरकुमार राई म्यान अफ दी म्याच भए ।बिहीबार हुने दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लब र मनाङ मस्र्याङ्दी क्लबबीच प्रतिष्पर्धा हुने आयोजक सहारा क्लब पोखराले जनाएको छ ।शनिबार हुने फाइनलको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

Related News

सम्बन्धित समाचार

hero news full width