महिलालाई आत्मनिर्भर बनाउँदै वडा कार्यालय

आदर्श समाज सम्वाददाता
वैशाख २६, २०८१
ward 12

पोखरा । पोखरा वडा १२ कार्यालयले महिलाहरुका लागि विभिन्न किसिमका कार्यक्रम गर्दै आएको छ । सिलाइ कटिङ, बाजा बजाउने, कम्प्युटर तालिमदेखि पछिल्लो समय वाद्यवादन तालिमसम्म सञ्चालन गरेको छ । वडाले १ महिनासम्म मादल, खैजडी, मुजुरा लगायतका वाद्यवादन बजाउने तापिलम सञ्चालन गरेको वडाध्यक्ष सन्तोष बास्तोलाले बताए ।

उनका अनुसार वडाका महिलालाई सीप सिकाएर आत्मनिर्भर गराउन सहयोग पुग्ने लक्ष्यका साथ कार्यक्रम गरिएको हो । कला संस्कृतिको संरक्षण र जगेर्ना गर्ने उद्देश्यले आमा समूहलाई वाद्यवादन सामग्री प्रदान गरिएको उनले बताए ।
तालिममा वडाका ३७ जना महिलाले भाग लिएका थिए ।

वडाका १८ आमा समूहका प्रतिनिधिलाई वडाले छुट्याएको १ लाख ५० हजार बजेटबाट मादल, मुजुरा तथा खैजडी बजाउन सिकाउने तालिम दिइएको हो । यस्ताखालका कार्यक्रमले फुर्सदिला महिलालाई सीप सिकेर आर्थिकस्तर उकास्न सहयोग पुग्ने सहभागी विष्णु माया पौडेलले बताइन् । सीप सिकेका महिलालाई विवाह, व्रतबन्ध एवं छरछिमेकमा हुने विभिन्न किसिमका सांस्कृतिक कार्यक्रममा सहभागिता जनाउन सहयोग पुग्ने कार्यक्रम संयोजक एवं वडा सदस्य शान्ति कोइरालाले बताइन् ।

Related News

सम्बन्धित समाचार

hero news full width