सिभिल हाइड्राे र रामज्याेति  विवाद  

आदर्श समाज सम्वाददाता
फागुन २८, २०७६
hhhhh

भीमपाणि बराल-लेखनाथ । पोखरा महानगरपालिका वडा २६ र १४ सिमाना विजयपुर खोलामा ४.५ मेगावाट क्षमताको निर्माणाधीन सिभिल हाइड्रोपावर आयोजना र स्थानीय रामज्योति माविबीच विवाद उत्कर्षमा पुगेको छ ।

विद्यालयले संरक्षण एवं भोगचलन गर्दै आएको जग्गामा बिनासहमति निर्माण अघि बढाएको भन्दै पटक–पटक निर्माण कार्य रोक्न गरेको आग्रह बेवास्ता गरेकोमा यसतर्फ आफ्नो गम्भीर ध्यानाकर्षण भएको विद्यालयले जनाएको छ ।रामज्योति माविले मंगलबार पत्रकार सम्मेलन गरी २ वर्षदेखि निर्माण जारी रहेको हाइड्रोपावरले यसअघि ध्यानाकर्षण गराउँदा पनि अटेरी गरी बलमिच्याइँ प्रवृत्ति देखाएको भन्दै यसबारे सरोकारवालाको ध्यान जानुपर्ने जनायो।

यसअघि निर्माण सम्पन्न भगवती हाइड्रोपावरलाई रामज्योतिले भोगचलन गर्दै आएको ४ सय १७ रोपनी जग्गामध्येबाट १ सय ४५ रोपनी दिने सहमति भए पनि सोही ठाउँको दक्षिणतर्फको जग्गामा निर्माण हुन लागेको सिभिललाई उक्त जग्गा दिने कुनै सहमति नभएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष रंगनाथ तिमिल्सेनाले बताए ।सिभिल हाइड्रोपावर कम्पनीका प्रबन्ध निर्देशक इ. वसन्तमोहन भट्टराईले ५२१ कित्ता रहेको उक्त जग्गामा कोही कसैको लालपूर्जा नरहेको र नेपाल सरकारको नाममा रहेको पर्तिजग्गामा सचिवस्तरीय निर्णयबाट स्वीकृतिपछि नियम र कानूनमा रही काम गरेको दाबी गरे । उनले कसैको उक्साहट एवं निहित स्वार्थ राखेर काम रोक्नु विकासविरोधी कार्य हो भने ।

पोखरा २६ का वडा सदस्य खड्गबहादुर रानाभाटले विद्यालयले संरक्षण गर्दै आएको जग्गा सार्वजनिक सम्पत्ति भएको र संरक्षणमा सबै जुट्नुपर्ने बताए । उक्त जग्गामा निर्माण गरिएको टहरा भत्काउन पोखरा महानगरले समेत आदेश दिइसकेको उनले जानकारी दिए ।विद्यालय परिवारको अग्रसरता र सक्नेरी रिठ्ठेपानी विकास निर्माण सरोकार एवं संरक्षण समितिका संयोजक रमेश रानाभाटको नेतृत्वमा गएको टोलीले समस्या समाधान नभएसम्म निर्माण अघि बढाउन नदिने भन्दै हाइड्रोको काम रोकेको थियो ।रानाभाटका अनुसार विद्यालय एवं स्थानीयको माग सम्बोधनमा कम्पनीले तत्परता देखाएको आरोप लगाए ।

Related News

सम्बन्धित समाचार

hero news full width