सुमन एकल साँझ तयारी तीव्र

आदर्श समाज सम्वाददाता
फागुन २१, २०७६
suman srapit (1)

पोखरा।सप्तरंगी सांस्कृतिक प्रतिष्ठानको आयोजनामा हुने सुमन श्रापित एकल सांगीतिक साँझ–२०७६ तयारी तीव्र पारिएको छ । सोको लागि मूल आयोजक समितिको बैठक मंगलबार पोखरामा सम्पन्न भयो । बैठकले कार्यक्रम सभ्य र भव्य रुपमा सम्पन्न गर्न कुनै कसर बाँकी नराख्ने निर्णय गरेको प्रतिष्ठान महासचिव एवं कार्यक्रम मूल आयोजक समिति महासचिव मनकुमार श्रेष्ठले जानकारी दिए ।

पोखरा उद्योग वाणिज्य संघको सभाहलमा फागुन ३० मा एकल साँझ हुँदैछ ।आयोजक प्रतिष्ठानका संस्थापक नवराज बरालको अध्यक्षतामा बसेको बैठकमा कार्यक्रमको लागि गठित विभिन्न ९ वटा उपसमितिका संयोजक, सहसंयोजक एवं सदस्यको उपस्थिति थियो । उनीहरुले हालसम्म भए गरेका प्रगति विवरणबारे जानकारी दिँदै सुझाव दिएका थिए । राजधानीबाहिर रहेर सबैभन्दा बढी गीत रेकर्ड गराउने सुमनले कार्यक्रमबाट आफू उत्साहित रहेको भन्दै सहयोगको लागि सम्पूर्ण आग्रह गरेका छन् ।

बाग्लुङ नगरपालिका–९, तित्याङका सुमन हाल पोखरा–१८ बस्छन् । लामो समयदेखि पोखरालाई कर्म भूमि बनाएका उनी साहित्य, संगीत र पत्रकारितामा क्रियाशील छन् । बीबी अनुरागी सङ्गीत घराना काठमाडौं अध्यक्ष, अन्तर्राष्ट्रिय नेपाली गीतसङ्गीत मञ्च महासचिव, डागर स्मृति प्रतिष्ठान सचिव, जरोटुप्पो संरक्षण साहित्य समाज, सप्तरङ्गी सांस्कृतिक प्रतिष्ठान लगायत संघसंस्थामा आवद्ध उनी हालसम्म दर्जनौं पुरस्कार तथा सम्मानबाट सम्मानित छन् । २०७४ मा वर्ष गीत पुस्तक पुरस्कारबाट सम्मानित उनले आधा दर्जन फिल्ममा गीत लेखेका छन् भने थुप्रै एल्बम एवं पुस्तक प्रकाशित गरेका छन् ।

प्रतिष्ठानले यसअघि हरिदेवी कोइराला, पद्यराज ढकाल, दुर्गाबहादुर शाह बाबा, खिम गुरुङ प्हाएआलीको एकल साँझ सम्पन्न गरिसकेको प्रतिष्ठान अध्यक्ष पद्यराज ढकालले बताए । प्रतिष्ठानबाट गीतकारको भने यो पहिलो एकल साँझ हो । यस्तै, सर्वाधिक राशिको नृत्य प्रतियोगिता गरेको प्रतिष्ठानले पोखरामै पहिलो पटक विश्व संगीत दिवस मनाउने कार्यको शुरुवात गरेको थियो ।

Related News

सम्बन्धित समाचार

  • छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित

    आदर्श समाज सम्वाददाता वैशाख ९, २०८१
    पोखरा । छन्द दिवस अवसरमा शनिबार माधव वियोगी वाङ्मय प्रतिष्ठानले छन्दकविता वाचक शिव त्रिपाठीलाई छन्द बचाऊँ वाचनकला पुरस्कार प्रदान गरेको…
  • सबीको अपरिभाषित आभा लोकार्पित

    आदर्श समाज सम्वाददाता वैशाख ९, २०८१
    काठमाडौं । मुक्तक साधनामा २ दशकदेखि क्रियाशील सबी श्रेष्ठको कृति ‘अपरिभाषित आभा’ शनिबार काठमाडौंमा लोकार्पण गरिएको छ । आवरण प्रकाशनले…
  • छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । छन्द दिवस अवसरमा शनिबार माधव वियोगी वाङ्मय प्रतिष्ठानले छन्दकविता वाचक शिव त्रिपाठीलाई छन्द बचाऊँ वाचनकला पुरस्कार प्रदान गरेको…
  • सिर्जनशीलमा दार्शनिक ज्ञानको प्रबोधीकरण

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखरामा शनिबार कवि शिरोमणि लेखनाथ पौड्यालका काव्यमा अद्वैत वेदान्त दर्शन शीर्षकको अनुसन्धानमा केन्द्रित रही प्रबोधीकरण…
  • सबीको अपरिभाषित आभा लोकार्पित

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    काठमाडौं । मुक्तक साधनामा २ दसकदेखि क्रियाशील सबी श्रेष्ठको कृति ‘अपरिभाषित आभा’ शनिबार काठमाडौंमा लोकार्पण गरिएको छ । आवरण प्रकाशनले…

hero news full width