सुटिङस्थल योजना सेलायो

आदर्श समाज सम्वाददाता
फागुन १५, २०७६
pppp

पोखरा । सरकार गठन भएकै वर्ष नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मुस्ताङ, मनाङ र उत्तरी गोरखाको चुमनुब्री क्षेत्रको पर्यटन पूर्वाधारमा जोड दिइने घोषणा गरिएको थियो । पहिलो वर्ष ल्याइएको १ अर्ब रुपैयाँ बजेट खर्चै नभई कार्यकाल सकेको सरकारले तोकिएका यी तीनवटै क्षेत्रमा पनि काम गरेन ।

दोश्रो नीति तथा कार्यक्रममा यीनै क्षेत्रलाई फिल्म सुटिङस्थलरुपमा विकास गर्ने घोषणा भयो । बजेट वक्तव्यमार्फत् १ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको थियो । तर एकसुका पनि खर्च भएन । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले समय अभावका कारण यो बजेट खर्च गर्न नसकेको निष्कर्ष निकालेको छ । उसैगरी २०७६/०७७ को पनि बजेट र नीति तथा कार्यक्रममा प्राथमिकताका साथ उल्लेख गरिएको यो योजना कार्यान्वयन हुने संकेत देखिँदैन ।

पर्यटनमन्त्री विकास लम्साल संघ सरकारले पनि फिल्म सिटी बनाउन लागेका कारण आफूहरु पछि हटेको बताए । ‘लमजुङ र गोरखाको पालुङटार क्षेत्रमा बनाउने कुरा पनि गरेको हो । तर यसको प्रक्रिया नै लामो हुने रहेछ,’ उनले भने, ‘डीपीआर बनाएको पनि छैन । बजेट पनि धेरै लाग्ने रहेछ । हाम्रो क्षमताले भेट्ने देखिएन ।’ उनले भनेझैं लमजुङ क्षेत्रमा बनाउने भनिएको फिल्म सिटी प्रदेश सरकारको योजनामा छैन ।मुस्ताङ, मनाङ र उत्तरी गोरखामा पनि अहिले काम गर्न नसकिने बताए । सुटिङस्थल निर्माण कामले गति नलिएको उनको भनाइ छ । ‘पर्यटन गुरुयोजना बनाउँदै छौं । त्यसमा समेटिएला । त्यसपछि कसले के गर्ने भन्ने कामको बाँडफाँट पनि हुन्छ । अहिलेलाई यो काम अघि बढ्दैन,’ उनले भने ।

के हुँदैछ लमजुङको फिल्म सिटी ?

लमजुङको बेशीसहरमा ५ हजार रोपनी क्षेत्रफलभित्र स्मार्ट फिल्म सिटी निर्माणको लागि स्काई इन्टरटेनमेन्ट प्रालि र इटालीको एरिया होल्डिङ्स एसआरएलबीच सम्झौता भएको थियो । अत्याधुनिक प्रविधिसहित झण्डै १६ वटा फिल्म छायांकनस्थल निर्माण गर्ने लक्ष्यसहित सञ्चालन गर्न लागिएको यो परियोजना सम्झौताको लामो समय बितिसक्दा पनि अघि बढ्न सकेको छैन । तीन महिनाभित्रै काम थाल्ने सम्झौता थियो । तर सम्झौताको ६ महिना कटिसक्दा समेत काम नहुँदा स्थानीय अन्यौलमा छन् ।

मेयर गुमानसिंह अर्यालले निर्माणको लागि जग्गा उपलब्ध गराए पनि काम अघि नबढेको बताए । ‘सम्झौता भएको छ । अरु केही खबर आएको छैन । इटालीयन सरकारले निर्माणका लागि स्वीकृति दिएको भन्ने पनि सुनेको छु,’ उनले भने, ‘माघको १५ गते आउने कुरा थियो, आएनन् ।’ लमजुङ दरबार क्षेत्रको जग्गा नगरपालिकाले उपलब्ध गराएको छ । झण्डै ६ अर्बको लगानीमा फिल्म सिटी निर्माणको प्रस्ताव गरिएको हो ।

सात वर्षमा परियोजना सम्पन्न गर्ने लक्ष्य छ । १६ वटा चलचित्र एकैपटक छायांकन गर्न सकिने गरी निर्माण हुने परियोजनामा तारेहोटल, चलचित्रको अध्ययन गर्ने कलेज, केबलकार, अर्गानिक फार्म, विभिन्न खेलकुदस्थल र मौलिक पहिचान सहितका भौतिक संरचना बनाउने बताइएको छ । स्काइ इन्टरटेनमेन्ट प्रालिका अध्यक्ष आकाश अधिकारीले काम अघि बढिरहेको बताए । ‘काम भैरहेको छ । इटाली र जापानबाट टोली आउनुपर्ने हो । कोरोनाका कारण आउन सक्नुभएन,’ उनले भने, ‘ग्राउण्ड म्यापिङ गरिरहेका छौं । वहाँहरु आउने वित्तिकै थप काम देखिन्छ ।’ उनका अनुसार डीपीआर बनाउने काम भैरहेको छ ।

Related News

सम्बन्धित समाचार

  • स्मृतिहरु नै बेचिन थालेपछि…

    आदर्श समाज सम्वाददाता वैशाख १०, २०८१
    पोखरा । ‘म गीता छोएर भन्न सक्छु, सम्झना भन्ने केटीसित मेरो जीवनकालमा कतै भेट भएकै छैन,’ नाटकको मुख्यपात्र (लक्ष्मण डुम्रे)…
  • ‘मनसरा’ बाट आशावादी मिरुना

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । बहुप्रतिक्षित नेपाली फिल्म ‘मनसरा’ २१ वैशाखदेखि प्रदर्शन तयारी छ । फिल्म लेखक तथा निर्देशक उपेन्द्र सुव्वा फिल्म युनिटसहित…
  • पाइन खबर साँझमा हरिदेवीका गीत

    आदर्श समाज सम्वाददाता चैत्र ९, २०८०
    पोखरा ।  ‘घरको मालिक परदेशमा गएको,                धेरै भयो केही खबर नपाको    …
  • अभिनेता एकै किसिमको भूमिकामा सीमित हुनु हुँदैन : अभिनेता आचार्य   

    आदर्श समाज सम्वाददाता फागुन २८, २०८०
    काठमाडौं ।  गत वर्ष प्रदर्शन भएको नेपाली चलचित्र ‘महापुरुष’ मार्फत अभिनेता हरिवंश आचार्य नेपाल सरकारकोतर्फबाट अभिनेतालाई प्रदान गरिने राष्ट्रिय चलचित्र…
  • पृथक निर्देशन र छायांकनको ‘रंगेली’   

    आदर्श समाज सम्वाददाता फागुन २८, २०८०
    काठमाडौं ।  शक्ति र प्रभावको द्वन्द्व र संवादमा केन्द्रित नेपाली कथानक चलचित्र ‘रङ्गेली’ अहिले प्रदर्शनमा रहेको छ । निर्देशक अर्जुन…

hero news full width