नेकपा म्याग्दीका जनपरिषद प्रमुख पक्राउ

आदर्श समाज सम्वाददाता
फागुन १०, २०७६
DSC_1003

????????????????????????????????????

साधन राम्जाली -म्याग्दी ,१० फागुन । सरकारद्धारा प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (विप्लब )म्याग्दीका जनपरिषद प्रमुख जगेन्द्र बहादुर पुन ‘जगत’ पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय ,दरबाङ्गका प्रहरी निरीक्षक राजेन्द्र प्रसाद अधिकारीको नेतृत्वमा खटिएको टोलीले प्रमुख पुनलाई जिल्लाको मालिका गाउँपालिका– ३ आदिभाराबाट पक्राउ गरेको हो ।

५६ वर्षीय पुनलाई विशेष सुचनाका आधारमा शुक्रबार आदिभाराबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । पुन माथि जिल्लामा एनसेल टावरमा आगजनी ,जनप्रतिनिधिहरुलाई जबजस्ती चन्दा माग गरी आन्तङिकत गर्ने , कालोमोसो दली अभद्र व्यवहार गर्ने ,निर्माण व्यवसायीहरुका निर्माण उपकरणहरु (डोजर ईत्यादी)मा आगजनी गरी अपराधिक क्रियाकलापमा संलग्न रहेको आरोप छ । प्रमुख पुनलाई थप अनुसन्धानका लागि बेनी ल्याइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरिक्षक तथा सुचना अधिकारी धु्रबप्रसाद शर्माले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width