दोश्रो सृजना कप आजदेखि

आदर्श समाज सम्वाददाता
फागुन ७, २०७६

पोखरा ।सृजना कप सामुदायिक मावि छात्र/छात्रा भलिबल प्रतियोगिता बुधबारदेखि शुरु हुँदैछ । कास्की जिल्ला भलिबल संघ र सृजना विकास केन्द्र सिमलचौर पोखराको संयुक्त आयोजनामा पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा फागुन १० सम्म सो प्रतियोगिता संचालन हुनेछ ।

प्रतियोगिताको बुधबार राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालले उद्घाटन गर्ने कार्यक्रम रहेको कास्की जिल्ला भलिबल संघका अध्यक्ष भीम पराजुलीले जानकारी दिए । प्रतियोगिताअन्तर्गत बुधबार छात्रतर्फ भद्रकाली मावि र गौरीशंकर मावि, माछापुच्छ्रे मावि र शुक्ला गण्डकी मावि, तालवाराही मावि र शुक्रराज मावि, वाराही मावि र नवीन मावि, विन्दबासिनी मावि र पार्दी मावि, मेश्रम बराह मावि र शिद्ध बराह मावि, छोरेपाटन मावि र जनप्रकाश मावि तथा रत्नशोभा मावि र शान्ति मावि प्रतिष्पर्धामा उत्रिने अध्यक्ष पराजुलीले जानकारी दिए ।

त्यस्तै, छात्रातर्फ कालिका मावि र छोरेपाटन मावि, वाराही मावि र अमरसिंह मावि, विन्दबासिनी मावि र गौरीशंकर मावि, सिद्ध बराह मावि र महेन्द्र मावि प्रतिष्पर्धामा उत्रिने छन् ।प्रतियोगितामा छात्रतर्फ २७ र छात्रातर्फ १५ गरि कुल ४२ टिमले प्रतिष्पर्धा गर्ने सृजना विकास केन्द्रका अध्यक्ष मीनप्रसाद भट्टराईले बताए । प्रतियोगितामा कास्कीका सामुदायिक विद्यालयले मात्र सहभागिता जनाउँदैछन् । प्रतियोगितामा कक्षा १२ सम्मका विद्यार्थीहरु मात्र सहभागी हुन पाउनेछन् ।

उपाधि विजेता छात्र÷छात्रा दुवैतर्फलाई ५०÷५० हजार, उपविजेतालाई ३०÷३० हजार र तृतीय हुने विद्यालयलाई १५÷१५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी छात्र तथा छात्रालाई जनही ५÷५ हजारसहित ट्रफी तथा अन्य उत्कृष्ट स्पाइकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट लिफ्टर, उत्कृष्ट सर्भर र उत्कृष्ट प्रशिक्षकलाई १÷१ थान भलिबल प्रदान गरिने सृजना विकास केन्द्रका प्रथम उपाध्यक्ष ईन्द्रप्रसाद पौडेलले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

  • गण्डकी प्रदेश स्क्वास ‍¥याकेट संघमा रञ्जित

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । गण्डकी प्रदेश स्क्वास तथा ‍र्‍याकेट संघको अध्यक्षमा अशोक रञ्जित सर्वसम्मत निर्वाचित भएका छन् । संघको पोखरामा बिहीबार सम्पन्न…
  • खेल्छ गण्डकी अभियानमा ३५ बालक सहभागी

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । सहारा क्लब पोखराको आयोजना तथा प्रदेश खेलकुद परिषद गण्डकीको सहकार्यमा ‘खेल्छ गण्डकी’ मार्फत् सहारा एकेडेमीमा सञ्चालन भएको १४…
  • तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    लमजुङ । ‘सुखी गाउँ’ घलेगाउँमा नयाँ वर्ष अवसरमा सञ्चालित सातौं स्मार्ट भिलेज गोल्ड फुटबल कप उपाधि तनहुँको फ्रेन्डसीप क्लबले जितेको…
  • लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास…
  • वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    लमजुङ । क्ब्होलासोथार गाउँपालिकाद्वारा सञ्चालित प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधि पुरूषतर्फ वडा ४ ले हात पारेको छ । गाउँपालिकाको…

hero news full width