पोखरा । नेपाल आइडल सिजन–३ को उत्कृष्ट ९ मा पर्न सफल नेशन पुनलाई जिताउन पोखरामा सहयोग समिति गठन गरिएको छ । नारायण पुनको संयोजकत्वमा २७ सदस्यीय कमिटीको सहसंयोजकमा वीनित जोजिजू,महासचिवमा मनकुमार श्रेष्ठ, सचिव सुरज थापामगर, आर्थिक संयोजक लक्ष्मी बुदुजा रहेका छन् । लक्ष्मीलाई इन्द्र गर्बुजा, तारा गर्बुजा र उदेश पुनले सहयोग गर्नेछन् ।
यस्तै, प्रचारप्रसार विभागमा सन्तोष बस्याल र उमेश पुन, संघसंस्था समन्वयमा मेजन पुन, वैदेशिक समन्वयमा जंग वुदुजा सहित सदस्यमा कृष्ण भण्डारी, जीवन गुरुङ, राहुल थापा, विष्णु पोखरेल, प्रकाश पौडेल, भक्तबहादुर पुन, शिव गर्बुजा, प्रेम पुन, नरबहादुर पुन, दुधबहादुर राम्जाली, टेकबहादुर पाइजा, प्रेम थापा मगर, माया पुन, शिव पाइजा र खिमन शेरपूर्जा रहेका छन् । सल्लाहकारमा राज पौडेल, राजकुमारी पुन, हर्कबहादुर पुन, पदमराज ढकाल, नवराज बराल, क्या. बलबहादुर पाइजा, सुनिल थापा, प्राज्ञ रमेश श्रेष्ठ, रामचन्द्र पौडेल, रामभक्त जोजिजू, रुद्र श्रीष, दीपेन्द्र श्रेष्ठ, क्या. रवीन्द्र गर्बुजा, खेम गर्बुजा, संगीता पुन मगर, पे्रमशंकर बरुवाल रहेका छन् ।
एपीवान टेलिभिजनबाट प्रसारित रियालिटी सो नेपाल आइडलको तेस्रो संस्करणमा पोखराका नेशन पुनसहित ममता गुरुङ र मुस्कान रानाभाट उत्कृष्ट ९ मा छन् । म्याग्दीका नेशन सानैदेखि संगीतमा रुचि राख्थे । पोखराबाटै उनको सांगीतिक यात्राको शुरुवात भयो । उनी हाल पोखरा ३ नदीपुर बस्छन् । नेशन जिताउन समिति गठन गरिए पनि ममता गुरुङ र मुस्कान रानाभाटको पक्षमा हालसम्म समिति गठन गरिएको छैन ।
Related News
सम्बन्धित समाचार
२८ वैशाखदेखि फिल्म ‘खजुरे ब्रो’
स्मृतिहरु नै बेचिन थालेपछि…
‘मनसरा’ बाट आशावादी मिरुना
पाइन खबर साँझमा हरिदेवीका गीत
अभिनेता एकै किसिमको भूमिकामा सीमित हुनु हुँदैन : अभिनेता आचार्य
hero news full width
मुख्य समाचार
कसको हातमा पर्ला वर्ष खेलाडीको उपाधि ?
गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान गर्दै
वैशाख २६, २०८१मुग्लिन–पोखरा सडक खण्डमा १३ वटा पुल सम्पन्न, ११ निर्माणाधीन
वैशाख २६, २०८१प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
वैशाख २५, २०८१गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
वैशाख २५, २०८१सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१