नेशन जिताउन समिति

आदर्श समाज सम्वाददाता
फागुन ६, २०७६
pun

पोखरा ।  नेपाल आइडल सिजन–३ को उत्कृष्ट ९ मा पर्न सफल नेशन पुनलाई जिताउन पोखरामा सहयोग समिति गठन गरिएको छ । नारायण पुनको संयोजकत्वमा २७ सदस्यीय कमिटीको सहसंयोजकमा वीनित जोजिजू,महासचिवमा मनकुमार श्रेष्ठ, सचिव सुरज थापामगर, आर्थिक संयोजक लक्ष्मी बुदुजा रहेका छन् । लक्ष्मीलाई इन्द्र गर्बुजा, तारा गर्बुजा र उदेश पुनले सहयोग गर्नेछन् ।

यस्तै, प्रचारप्रसार विभागमा सन्तोष बस्याल र उमेश पुन, संघसंस्था समन्वयमा मेजन पुन, वैदेशिक समन्वयमा जंग वुदुजा सहित सदस्यमा कृष्ण भण्डारी, जीवन गुरुङ, राहुल थापा, विष्णु पोखरेल, प्रकाश पौडेल, भक्तबहादुर पुन, शिव गर्बुजा, प्रेम पुन, नरबहादुर पुन, दुधबहादुर राम्जाली, टेकबहादुर पाइजा, प्रेम थापा मगर, माया पुन, शिव पाइजा र खिमन शेरपूर्जा रहेका छन् । सल्लाहकारमा राज पौडेल, राजकुमारी पुन, हर्कबहादुर पुन, पदमराज ढकाल, नवराज बराल, क्या. बलबहादुर पाइजा, सुनिल थापा, प्राज्ञ रमेश श्रेष्ठ, रामचन्द्र पौडेल, रामभक्त जोजिजू, रुद्र श्रीष, दीपेन्द्र श्रेष्ठ, क्या. रवीन्द्र गर्बुजा, खेम गर्बुजा, संगीता पुन मगर, पे्रमशंकर बरुवाल रहेका छन् ।

एपीवान टेलिभिजनबाट प्रसारित रियालिटी सो नेपाल आइडलको तेस्रो संस्करणमा पोखराका नेशन पुनसहित ममता गुरुङ र मुस्कान रानाभाट उत्कृष्ट ९ मा छन् । म्याग्दीका नेशन सानैदेखि संगीतमा रुचि राख्थे । पोखराबाटै उनको सांगीतिक यात्राको शुरुवात भयो । उनी हाल पोखरा ३ नदीपुर बस्छन् । नेशन जिताउन समिति गठन गरिए पनि ममता गुरुङ र मुस्कान रानाभाटको पक्षमा हालसम्म समिति गठन गरिएको छैन ।

Related News

सम्बन्धित समाचार

  • स्मृतिहरु नै बेचिन थालेपछि…

    आदर्श समाज सम्वाददाता वैशाख १०, २०८१
    पोखरा । ‘म गीता छोएर भन्न सक्छु, सम्झना भन्ने केटीसित मेरो जीवनकालमा कतै भेट भएकै छैन,’ नाटकको मुख्यपात्र (लक्ष्मण डुम्रे)…
  • ‘मनसरा’ बाट आशावादी मिरुना

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । बहुप्रतिक्षित नेपाली फिल्म ‘मनसरा’ २१ वैशाखदेखि प्रदर्शन तयारी छ । फिल्म लेखक तथा निर्देशक उपेन्द्र सुव्वा फिल्म युनिटसहित…
  • पाइन खबर साँझमा हरिदेवीका गीत

    आदर्श समाज सम्वाददाता चैत्र ९, २०८०
    पोखरा ।  ‘घरको मालिक परदेशमा गएको,                धेरै भयो केही खबर नपाको    …
  • अभिनेता एकै किसिमको भूमिकामा सीमित हुनु हुँदैन : अभिनेता आचार्य   

    आदर्श समाज सम्वाददाता फागुन २८, २०८०
    काठमाडौं ।  गत वर्ष प्रदर्शन भएको नेपाली चलचित्र ‘महापुरुष’ मार्फत अभिनेता हरिवंश आचार्य नेपाल सरकारकोतर्फबाट अभिनेतालाई प्रदान गरिने राष्ट्रिय चलचित्र…
  • पृथक निर्देशन र छायांकनको ‘रंगेली’   

    आदर्श समाज सम्वाददाता फागुन २८, २०८०
    काठमाडौं ।  शक्ति र प्रभावको द्वन्द्व र संवादमा केन्द्रित नेपाली कथानक चलचित्र ‘रङ्गेली’ अहिले प्रदर्शनमा रहेको छ । निर्देशक अर्जुन…

hero news full width