पोखरा इन्जिनियरिङ कलेजमा टेक्निकल एक्स्पो

आदर्श समाज सम्वाददाता
फागुन २, २०७६
expo photp

पोखरा, १ फागुन । पोखराको फिर्केमा रहेको पोखरा इन्जिनियरिङ कलेजमा टेक्निकल एक्स्पो सुरु भएको छ । विद्यार्थीहरुले विकास गरेका उत्कृष्ट प्रोजेक्टहरुको प्रदर्शनी गर्नका लागि सातौं संंस्करणको एक्स्पो आयोजना गरिएको हो ।

एक्स्पोलाई एक कार्यक्रमका बीच सम्बोधन गर्दै नास्टका पूर्व उपकुलपति जीवराज पोखरेलले विद्यार्थीलाई पछिल्लो प्रविधिसँग ज्ञात गराएर माटो सुहाउदो यान्त्रिक उत्पादनमा सक्रिय गराउनुपर्ने बताए । उनले एक्स्पोले विद्यार्थीलाई नयाँ प्रविधि उत्पादनमा सघाउने र सीप आदानप्रदान समेत हुने भएकोले यस्ता कार्यक्रमलाई प्रोत्साहन गर्नुपर्ने बताए ।

एक्पो २ दिनसम्म चल्ने छ । कलेजभित्रैका ३ वटा फ्याकल्टीमा अध्ययनरत विद्यार्थीहरुले बनाएका प्राविधिक बस्तुहरु प्रदर्शनीमा राखिएको छ । ४० भन्दा बढी स्टल रहेको कलेजले जनाएको छ । कलेज र स्वतन्त्र विद्यार्थी परिषद्को संयुक्त आयोजनामा एक्स्पो भएको हो । सिभिल, आर्किटेक्चर र कम्प्युटर इन्जिनियरिङ तर्फका विद्यार्थीबीच प्रतिश्पर्धा हुने र प्रत्येक फ्याकल्टीमा पहिलो हुनेले १० र दोेश्रो हुनेले ५ हजार पुरस्कार पाउने छन् । यस्तै, सोही अवसरमा इन्टर कलेज सफ्ट्वेयर कम्पिटिसन पनि भएको छ ।

कलेजका प्रिन्सिपल ई. लेखबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन विद्यार्थी परिषदका सहसचिव समिप रानाभाट र सदस्य सरिना गौतमले गरेका थिए । कार्यक्रममा नेपाल इन्जिनियरिङ एशोसियसनका गण्डकी अध्यक्ष बाबुराम भण्डारी, शिक्षक रजनी श्रेष्ठ, विद्यार्थी रजी गुरुङ लगायतले बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

  • विद्युतीय सवारीसाधनमा आकर्षण

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    गण्डकी । प्रदेश राजधानी पोखरासहित गण्डकीका सहरी क्षेत्रमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दो छ । यातायात व्यवसायीले सार्वजनिक सेवाका लागि पनि…
  • पोखरामा ‘विज्ञान, प्रविधि र नवप्रवर्तनका क्षेत्रमा देखापरेका प्रवृत्तिहरू’ सम्मेलन   

    आदर्श समाज सम्वाददाता फागुन ११, २०८०
    गण्डकी ।  वन विज्ञान अध्ययन संस्थान, पोखरा क्याम्पस र गण्डकी प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्ठानद्वारा संयुक्त रूपमा आयोजित दुईदिने ‘विज्ञान,…
  • साइबर अपराधविरुद्ध सचेतना

    आदर्श समाज सम्वाददाता माघ ८, २०८०
    पोखरा । नेपाल दशनामी युवा समिति गण्डकी प्रदेशको आयोजना तथा जिल्ला प्रहरी कार्यालय कास्कीको समन्वयमा सचेतना कार्यक्रम गरिएको छ ।…
  • टिकटक बन्द गरे/नगरेकाबारे जवाफ दिन निर्देशन   

    आदर्श समाज सम्वाददाता मंसिर १३, २०८०
    काठमाडौ‌ं ।  नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द गरे/नगरेका विषयमा २४ घण्टाभित्र जवाफ दिन इन्टरनेट सेवा प्रदायक कम्पनीलाई निर्देशन दिएको छ…
  • साइबर सुरक्षासम्बन्धी कार्यशाला

    आदर्श समाज सम्वाददाता मंसिर ६, २०८०
    पोखरा । पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रद्वारा आयोजित एवं युरोपियन इजुकेशन एण्ड कल्चर एक्ज्यूकिटिभ एजेन्सीको आर्थिक सहयोगमा पोखरामा साइबर सुरक्षासम्बन्धी अन्तर्राष्ट्रिय…

hero news full width