सफल पोखरा अन्तराष्ट्रिय म्याराथनको तयारी पूरा

आदर्श समाज सम्वाददाता
फागुन २, २०७६
Pokhara Marathon Pressmeet

पोखरा । पोखरामा एक दिनपछि हुन गइरहेको १४ औं संस्करणको सफल पोखरा अन्तराष्ट्रिय म्याराथनको तयारी पूरा भएको छ ।

भुतपुर्व खेलाडी मञ्च नेपालको आयोजनामा हुने यस संस्करणको म्याराथनको संपूर्ण तयारी पूरा भएको  आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो ।

मञ्चका अध्यक्ष तेज गुरुङले म्याराथनको अन्तिम तयारीबारे जानकारी गराउँदै भने, ‘यस पटकको म्याराथनमा ७ हजार दौडने अपेक्षा छ । गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङ प्रमुख संरक्षक र पोखरा महानगरपालिकाका मेयर मानबहादुर जि.सी. संरक्षक रहेको म्याराथनको सबै तयारी पूरा भइसकेको छ ।’

अध्यक्ष गुरुङले पोखरालाई विश्वसामु चिनाउन म्याराथनले सहयोग पु¥याउने उल्लेख गरे । म्याराथनले पोखराको खेल पर्यटन र प्रबद्र्धन गर्ने उद्देश्यसहित म्याराथनलाई निरन्तरता दिएको गुरुङको भनाई थियो ।

अध्यक्ष गुरुङले पोखरा महानगरपालिकाले म्याराथनलाई आफ्नो प्रमुख ईभेन्टको रुपमा सहकार्य गर्दै आएको उल्लेख गरे । अध्यक्ष गुरुङले विदेशस्थित विभिन्न देशबाट पोखरा म्याराथनलाई सहयोग प्राप्त भएको जनाए । विदेशमा रहेर क्रियाशील नेपालका विभिन्न संघसंस्था, पोखरेली मञ्च यु.के., सहारा यु.के, हङकङ नेपाली समाज, अमेरिकास्थित बोष्टनमा बसोबास गर्नेहरुले सहयोग म्याराथनलाई सहयोग पु¥याएको अध्यक्ष गुरुङले जानकारी दिए ।

पोखरा म्याराथनका लागि पोखरेली मञ्च यूकेका अध्यक्ष मानप्रसाद गुरुङ, पोखरा म्याराथन युकेका संयोजक मञ्जु गुरुङ पोखरा आइसकेका छन् । भलिबलकी पूर्व राष्ट्रिय खेलाडी मञ्जु गुरुङ र धावक पाण्डव महतो पनि म्याराथनमा दौडँदैछन् ।

यतिखेर, मञ्जु र पाण्डब दुबैले क्यान्सर रोगलाई जितेर खेलकुद र सामाजिक अभियानमा जुटेका छन् । समयमा रोगका बारेमा जानकारी भए उपचार गर्न सकियो भने क्यान्सर जस्तो रोग पनि निको हुने सन्देश दिनका लागि आफ्नो दोस्रो पटक पोखरा म्याराथनको १० किलोमिटरमा सहभागी हुन लागेको पूर्व खेलाडी गुरुङले बताइन् ।

पोखरासँग भगिनी सम्वन्ध रहेको जापानको कोमागाने शहरको उत्कृष्ट धावक समेत सहभागिताका लागि पोखरा आइसकेका छन् । पोखरा म्याराथनलाई विश्व शान्तिको कामना गर्दै ‘पिस टर्च’ सहित दौडन १३ विभिन्न देशका २१ जना विदेशी धावकहरु पोखरा आइसकेका छन् । टोलीको नेतृत्व युनेस्कोका पूर्व अध्यक्ष डेभिडसन लिङ्कन हेप्वर्नले गर्नेछन् ।

पोखरा महानगर, अर्को वर्षदेखि १५ औं सस्करणको म्याराथनको मुख्य आयोजकका रुपमा पोखरा महानगरपालिका रहनेछ ।

पोखराका प्रतिष्ठित औद्योगिक प्रतिष्ठान लक्ष्मी गु्रप अन्तर्गत सुजल डेरीको उत्पादन सफल दुधले मुख्य प्रायोजन गर्ने म्याराथनको सुरुवात पोखरा रंगशालाबाट हुनेछ । यस पटकको म्याराथन विगतको भन्दा भिन्दै हुने आयोजक भूतपूर्व खेलाडी मञ्चले जनाएको छ ।

यस पटकको म्यराथन विजेताका लागि पुरस्कार राशीमा समेत बृद्धि गरिएको छ । म्याराथन विजेताले २ लाख, उपविजेताले १ लाख, तेस्रो हुने खेलाडीले ७५ हजार र शान्त्वना स्थान हासिल गर्नेले १५ हजार प्राप्त गर्नेछन् ।

महिला र पुरुष दुवैतर्फका १० कि. मि. दौडका विजेताले समान १५/१५ हजार, दोस्रोले १०/१० हजार र तेस्रो हुनेले ५/५ हजार पुरस्कार पाउनेछन् । विद्यालयका छात्रछात्रा दुबैतर्फ ५ कि.मि.को दौड विजेताले समान १०/१० हजार, दोस्रो हुनेले ७/७ हजार र तेस्रो हुनेले ४/४ हजार पुरस्कार पाउनेछन् ।

फरक क्षमता भएकाहरुका लागि आयोजना गरिएको १ सय मिटरको दृष्टीविहीन र ह्वीलचियर दौडका महिला, पुरुष दुबैतर्फका विजेताले ५/५ हजार, दोस्रो हुनेले ३/३ हजार र तेस्रो हुनेले २/२ हजार पुरस्कार पाउनेछन् ।

Related News

सम्बन्धित समाचार

  • गण्डकी प्रदेश स्क्वास ‍¥याकेट संघमा रञ्जित

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । गण्डकी प्रदेश स्क्वास तथा ‍र्‍याकेट संघको अध्यक्षमा अशोक रञ्जित सर्वसम्मत निर्वाचित भएका छन् । संघको पोखरामा बिहीबार सम्पन्न…
  • खेल्छ गण्डकी अभियानमा ३५ बालक सहभागी

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । सहारा क्लब पोखराको आयोजना तथा प्रदेश खेलकुद परिषद गण्डकीको सहकार्यमा ‘खेल्छ गण्डकी’ मार्फत् सहारा एकेडेमीमा सञ्चालन भएको १४…
  • तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    लमजुङ । ‘सुखी गाउँ’ घलेगाउँमा नयाँ वर्ष अवसरमा सञ्चालित सातौं स्मार्ट भिलेज गोल्ड फुटबल कप उपाधि तनहुँको फ्रेन्डसीप क्लबले जितेको…
  • लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास…
  • वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    लमजुङ । क्ब्होलासोथार गाउँपालिकाद्वारा सञ्चालित प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधि पुरूषतर्फ वडा ४ ले हात पारेको छ । गाउँपालिकाको…

hero news full width