गिरीको अध्यक्षतामा चलचित्र पत्रकार संघ कास्की गठन

आदर्श समाज सम्वाददाता
माघ २९, २०७६
film photo

विष्णुप्रसाद सापकोटा -पोखरा,२८ माघ । चलचित्र पत्रकार संघ कास्की शाखाको चौथो अधिबेशनबाट अध्यक्षमा अरुण गिरी निर्वाचित भएका छन् । पोखरामा मंगलवार सम्पन्न अधिवेशनले गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

गिरीले निकटतम प्रतिद्धन्दी राजाराम पौडेललाइ झिनो मतान्तरले पराजित गरे । उपाध्यक्षमा सन्तोष सुवेदी निर्विरोध चयन भएका छन् । सचिवमा प्रभु अधिकारी निर्वाचित भएका छन् । त्यस्तै सह–सचिवमा सन्तोष बस्याल निर्विरोध चयन भएका छन् ।संघको सदस्यमा शंकर तिवारी, आशिष पुरी, प्रकाश राज तिवारी, बिनिता सुनार निर्विरोध चयन भएका हुन् । केन्द्रीय प्रतिनिधिमा बोधराज रेग्मी र सुशन घिमिरे चयन भएका छन् ।नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश संयोजक त्रिभूवन पौडेलको संयोजनमा रहेको निर्वाचन समितिले निर्वाचन सम्पन्न गरेको हो ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीले मनोरञ्जन क्षेत्र सबैभन्दा बिक्ने क्षेत्र भएकाले यसमा कलम चलाउनेहरुको पोखरामा अभाव खड्किएको अवस्थामा नयाँ कार्यसमितिले ध्यान दिने विश्वास व्यक्त गरे ।नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष त्रिभूवन पौडेलले मोफसलमा व्यावसायिक रंगपत्रपत्रिकाको माहोल थालनी गर्नु पर्ने बताए । नयाँ कार्यसमितिबाट पोखरा रंग पत्रकारितामा धेरै अपेक्षा गरेको उनको भनाइ थियो ।

चलचित्र पत्रकार संघका केन्द्रीय संगठन उपाध्यक्ष दीनेश सिटौलाले पत्रकारले इमान्दार भएर काम गर्नु पर्ने उल्लेख गरे । चलचित्र पत्रकारितामा निश्पक्ष भएर लाग्न नयाँ कार्यसमितिका पदाधिकारीलाई उनको आग्रह थियो । ‘पछिल्लो समयमा चलचित्र पत्रकारितामा नकारात्मक धारणा आएका छन्’, उनले भने, ‘यसले समाजमा चलचित्र प्रति दर्शकहरुको रुचिलाइ घटाएको छ, ।’ उक्त कुरालाइ ध्यानमा राखी काम गर्नुपर्ने उनको भनाइ थियो । कार्यक्रममा चलचित्र पत्रकार संघ कास्कीका संस्थापक अध्यक्ष श्रीराम सिग्देलले मोफसलमा पत्रकारिता बिट अवधारणबाट वाच्न नसकेको बताएका छन् । गण्डकी प्रदेशले पोखरालाई फिल्म सिटी घोषित गरेता पनि विट पत्रकारितामा मोफसल अझै पछि रहेको उनको भनाई थियो । निर्वतमान अध्यक्ष रेम विकको कार्यसमितिले यसअघि पोखरामा चलचित्र पत्रकारिता कार्याशाला गोष्ठी, पोखरा फिल्म सोसाइटी र गुरुङ फिल्म एशोसिएसन नेपालको सहकार्यमा चलचित्र समीक्षा कार्यक्रम गर्दै आइरहेको थियो ।

Related News

सम्बन्धित समाचार

  • स्मृतिहरु नै बेचिन थालेपछि…

    आदर्श समाज सम्वाददाता वैशाख १०, २०८१
    पोखरा । ‘म गीता छोएर भन्न सक्छु, सम्झना भन्ने केटीसित मेरो जीवनकालमा कतै भेट भएकै छैन,’ नाटकको मुख्यपात्र (लक्ष्मण डुम्रे)…
  • ‘मनसरा’ बाट आशावादी मिरुना

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । बहुप्रतिक्षित नेपाली फिल्म ‘मनसरा’ २१ वैशाखदेखि प्रदर्शन तयारी छ । फिल्म लेखक तथा निर्देशक उपेन्द्र सुव्वा फिल्म युनिटसहित…
  • पाइन खबर साँझमा हरिदेवीका गीत

    आदर्श समाज सम्वाददाता चैत्र ९, २०८०
    पोखरा ।  ‘घरको मालिक परदेशमा गएको,                धेरै भयो केही खबर नपाको    …
  • अभिनेता एकै किसिमको भूमिकामा सीमित हुनु हुँदैन : अभिनेता आचार्य   

    आदर्श समाज सम्वाददाता फागुन २८, २०८०
    काठमाडौं ।  गत वर्ष प्रदर्शन भएको नेपाली चलचित्र ‘महापुरुष’ मार्फत अभिनेता हरिवंश आचार्य नेपाल सरकारकोतर्फबाट अभिनेतालाई प्रदान गरिने राष्ट्रिय चलचित्र…
  • पृथक निर्देशन र छायांकनको ‘रंगेली’   

    आदर्श समाज सम्वाददाता फागुन २८, २०८०
    काठमाडौं ।  शक्ति र प्रभावको द्वन्द्व र संवादमा केन्द्रित नेपाली कथानक चलचित्र ‘रङ्गेली’ अहिले प्रदर्शनमा रहेको छ । निर्देशक अर्जुन…

hero news full width