लमजुङ । लमजुङमा आयोजना गरिएको ठाडोभाकाको प्रथम खुल्ला प्रतियोगितामा ज्येष्ठ नागरिकहरू रमाएर गाउँने र नाच्ने गरे । सो प्रतियोगिता ठाडोभाका लोककला प्रतिष्ठान नेपालको चौथो स्थापना दिवसका अवसरमा दुई दिनसम्म सञ्चालन गरिएको हो ।
प्रतियोगिता राइनास नगरपालिकाको प्रवद्र्धनमा गरिएको हो । सोही नगरपालिका– १० प्यारजुङ गाउँको बुद्धमिलन माविको हातामा सञ्चालन गरिएको हो । उक्त प्रतियोगितामा कार्यक्रम थलो रहेकै गाउँ प्यारजुङको टोली प्रथम भएको निर्णायक समितिका संयोजक वरिष्ठ लोकसंगीतकर्मी एवम् वरिष्ठ लोकगायक कृष्ण गुरुङले जानकारी दिए ।
उनका अनुसार दोस्रो हुनेमा सोही वडाको उपल्लो बोराङ गाउँको टोली रह्यो । उनका अनुसार ती दुवै टोलीमा क्रमशः पहिलो हुने टिममा पुरुषतर्फ आशबहादुर विक नेतृत्वको आशबहादुर गुरुङ, दलबहादुर गुरुङ तथा काशीमाया तामाङ, सन्तमाया तामाङ र बुद्धिमाया तामाङ थिए । यसैगरी, लक्ष्मी गुरुङ नेतृत्वको टोलीमा महिलातर्फ दिलकुमारी गुरुङ र धनकुमारी गुरुङ तथा पुरुषतर्फ कृष्णप्रसाद न्यौपाने, लक्ष्मीकान्त न्यौपाने दशरथ न्यौपाने रहेका थिए ।
प्रतियोगितामा तेस्रो स्थान हासिल गर्नेमा दूधपोखरी गाउँपालिका– ५ बाघकोटको चन्द्रबहादुरभन्ने धनबहादुर गुरुङको टोलीले हासिल गरेको निर्णायक समितिका सदस्य लोकगायिक हरिमाया गुरुङले बताइन् । उनका अनुसार उक्त टोलीमा पुरुषतर्फ रामबहादुर गुरुङ र तोबहादुर घले रहेका थिए । त्यस टोलीको महिलातर्फ रत्नकुमारी घले, गीतामाया घले र मोतीकुमारी घले सहभागी थिए । उक्त प्रतियोगिताका संयोजक कृष्ण गुरुङले दिएको जानकारी अनुसार अत्यन्त प्रतिस्पर्धात्मक रहेको प्रतियोगितामा आफूहरूलाई निर्णय गर्न निकै कठिन भएको थियो । पहिलो हुने टिम र दोस्रो हुने टिमका बीचमा मात्र तीन अंकको फरक रह्यो भने तेस्रो हुने टिम र पुरस्कारबाट बाहिरिने टिमका बीचमा शून्य थोप्लो पाँच अंकको मात्र फरक रह्यो गुरुङले भने ।
प्रतियोगितामा पहिलो हुने जोडी समूहलाई २५ हजार, दोस्रो जोडी समूहलाई १५ हजार र तेस्रो हुने जोडी समूहलाई १० हजार नगद र प्रमाणपत्र प्रदान गरिएको थियो । त्यसैगरी, प्रतियोगितामा भाग लिन आएका सहभागी टोलीलाई तीन हजार रुपैयाँका दरले बाटो खर्च दिइएको आयोजक समितिका आयोजक प्रतिष्ठानका सचिव कृष्ण आलेले बताए । उनले भने, ‘प्रतियोगितमा लमजुङ, तनहूँ र गोरखाका दश जोडी अर्थात २० समूहले भाग लिएका थिए ।’
प्रतियोगिताका विजेताहरूलाई राइनास नगरपालिकाका उपमेयर धनकुमारी गुरुङ, दूधपोखरी गाउँपालिकाका अध्यक्ष छुपिमाया गुरुङ, आयोजक संस्थाका संरक्षक बुद्धिमान दुरा ‘धम्पु’, पूर्वप्रजिअ एवम् प्रतिष्ठानका सल्लाहकार रमेश चन्द्र अधिकारीले संयुक्त रूपमा पुरस्कार र प्रमाणपत्र वितरण गरेको सचिव कृष्णबहादुर आलेले जानकारी दिए । राइनास नगरपलिकाका उपमेयर गुरुङले पुरस्कार वितरण गर्दै आफ्नो ठाउँमा प्रतियोगिताको थलो रोजेर दुरदराजमा रहेका प्रतिभाको उजागर गर्ने कार्य सराहनीय रहेको बताउँदै यस्ता कार्यमा नगरपालिका सहकार्य गर्न तयार रहेको बताइन् ।
दूधपोखरी गाउँपालिकाका अध्यक्ष छुपिमाया गुरुङले दुई पालिकाको सीमा क्षेत्रमा प्रतियोगिता स्थल रोजेर दुवै पालिकाका लुप्त प्रतिभालाई उजागर गर्न गरेको प्रयासको प्रसंशा गर्दै अवसर पायो भने प्रतिभाहरू निस्कने रहेछन् भन्ने कार्यक्रमले सिद्ध गरेको छ यस्ता कार्यलाई निरन्तरता दिनु पर्छ, त्यसका लागि आफ्नो पालिका सहयोग गर्नेछ भन्ने प्रतिवद्धता व्यक्त गरिन् । निर्णायक समितिका संयोजक कृष्ण गुरुङले हिजोआज सुनिने टाककुटे दोहोरी खहरे हो भने ठाडोभाका सहितका नानिला, सालैजो आदि भाग हिम नदी हुन् भने ।
अधिकांश प्रतियोगिता ५० वर्ष माथिका भएको आयोजक समितिका कार्यकारी सदस्य सीता दुराले जानकारी दिइन् । उनले भनिन् ‘प्रतियोगितामा १९ वर्ष उमेरका नवीन बरालदेखि ७२ वर्षीया लक्ष्मी गुरुङले भाग लिएका थिए ।’उक्त प्रतियोगिताका आयोजकलाई खाने बस्ने प्रवन्ध स्थानीय गाउँमा रहेका तीनवटा आमा समूह सिर्जनशीलता, सत्यदेवी र इन्द्रकमलले गरेका थिए ।प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा उनले भने अब हरेक वर्ष प्रतिष्ठानले स्थापना दिवसका अवसरमा जिल्लाका विभिन्न स्थानमा रोटेसनका प्रतियोगिता सञ्चालन गर्ने जानकारी दिए । कार्यक्रममा पूर्वप्रअ एवम् प्रतिष्ठानका सल्लाहकार रमेश चन्द्र अधिकारीले धन्यवाद मन्तव्य व्यक्त गर्दै आफूहरूले यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताए । उक्त प्रतियोगिताको उदघाटन गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकस लम्सालले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
कसको हातमा पर्ला वर्ष खेलाडीको उपाधि ?
गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान गर्दै
मुग्लिन–पोखरा सडक खण्डमा १३ वटा पुल सम्पन्न, ११ निर्माणाधीन
प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
hero news full width
मुख्य समाचार
सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
वैशाख २५, २०८१मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
वैशाख २५, २०८१ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
वैशाख २४, २०८१फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१