मानव मिलन संस्थाद्वारा वृद्धाश्रममा कम्मल

आदर्श समाज सम्वाददाता
माघ ११, २०७६
radha krishna

पोखरा ।मानव मिलन संस्था, पोखराले पोखरा–३२ लामेआहालस्थित राधाकृष्ण वृद्धाश्रममा ६० थान कम्मल वितरण गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि मानव मिलन संस्था स्याङ्जाका अध्यक्ष नारायणप्रसाद पौडेलले शिक्षा, स्वास्थ्य र सेवामा समर्पित संस्थाले वृद्धाश्रममा आश्रित ज्येष्ठ नागरिकलाई जाडो मौसममा कम्मल वितरण गर्न पाउँदा ज्यादै खुसी लागेको बताए । उनले ज्येष्ठ नागरिक राष्ट्रका गहना भएको र उनको खुसी पार्नु भनेको आशीष मिल्नु हो भन्दै मानव मिलन संस्थाले अन्य क्षेत्रमा समेत सेवाका काम गरेको चर्चा गरे ।

मावन मिलन संस्था लेखनाथका सल्लाहकार तथा युवा नेता गुरु बरालले नेपालकेशरी डा मणिभद्र मुनीजी महाराजको आशीष कृपाले आफूहरुले विभिन्न क्षेत्रमा सेवाका काम गर्न पाएको चर्चा गर्दै आगामी दिनमा अझ बढी सहयोग गर्ने वचन व्यक्त गरे ।मानव मिलन संस्था, पोखराका अध्यक्ष रेशमीराज सुवेदीको अध्यक्षतामा भएको सो कार्यक्रममा राधाकृष्ण वृद्धाश्रमका अध्यक्ष प्रेम लिगलले स्वागत र मानव मिलन अन्तर्राष्ट्रिय महिला विभाग सचिव सावित्री शर्माले सञ्चालन गरेकी थिइन् ।

Related News

सम्बन्धित समाचार

hero news full width